पूर्वफाल्गुनी २७ नक्षत्रहरू मध्ये एघारौँ नक्षत्र हो। यो सिंह राशिमा १३°२०' देखि २६°४०' सम्म फैलिएको हुन्छ। यो नक्षत्र सौन्दर्य, प्रेम, सुख, रचनात्मकता र आरामसँग जोडिएको छ। यसको प्रतीक खाटको पछिल्लो खुट्टा (Bed/Hammock) हो, जसले विश्राम र आनन्दलाई जनाउँछ।

  1. राशिः सिंह (Leo)
  2. नक्षत्र स्वामी ग्रहः शुक्र
  3. देवताः भृगु ऋषि – वैभव, कला, सौंदर्य र प्रेमका गुरु
  4. स्वभावः स्थिर (Satvik), रचनात्मक, सृजनात्मक, रमणीय
  5. प्रतीकः बिस्तारिएको शयन (Bed, Couch) आराम, स्नेह, प्रेम, वैभव र विश्रामको प्रतीक

सकारात्मक पक्ष

  1. आकर्षक, सम्मोहक व्यक्तित्व, मधुर मुस्कान, राम्रो कद र लावण्यमय
  2. रचनात्मक, कलात्मक प्रतिभा, कला, संगीत, नृत्यमा उत्कृष्ट
  3. उदार, वफादार र ईमानदार
  4. शान्तिप्रिय र विवादबाट टाढा रहने
  5. भाग्यशाली र समाजमा सम्मान प्राप्त गर्ने
  6. प्रेम सम्बन्धमा गहिरो रोमान्टिक र भावुक
  7. आशावादी र जीवनलाई आनन्दसँग बाँच्ने

चुनौतीपूर्ण पक्ष

  1. आलस्य वा स्वार्थी बन्न सक्ने
  2. जिद्दी र छिट्टै रिसाउने
  3. आफ्नो स्वतन्त्रतामा अतिक्रमण भए रिसाउने
  4. वैवाहिक जीवनमा सुरुमा उत्साह भए पनि पछि सन्तुलन मिलाउन कठिन हुन सक्छ

करियर र रुचि क्षेत्र
यो नक्षत्रका व्यक्तिहरू आफ्नै मालिक बन्न मन पराउँछन्, त्यसैले व्यापार वा स्वतन्त्र पेशा उनीहरूका लागि उत्तम हुन्छ। उनीहरू कठोर परिश्रमी हुन्छन् तर कसैको अधीनमा काम गर्न मन पर्दैन।

उपयुक्त करियर क्षेत्रहरू

  1. होटल, पर्यटन, आतिथ्य, Hospitality
  2. वित्तीय क्षेत्र, Investment Banking, Finance, Portfolio Management
  3. शिक्षा, प्रशासन र नेतृत्व, Teaching, Administration
  4. चिकित्सा र विज्ञान, डाक्टर, वैज्ञानिक क्षेत्रमा पनि राम्रो
  5. सामाजिक कार्य र परोपकारका क्षेत्र

उनीहरूमा सफलता र सम्मान प्राप्त गर्ने बलियो योग हुन्छ, विशेष गरी रचनात्मक र सौन्दर्य सम्बन्धी क्षेत्रमा। साथी र राम्रा मान्छेहरूलाई कसरी स्वागत गर्नु पर्छ भन्ने धेरै राम्रो गरी जान्नुहुन्छ। सहज स्वभावको हुनाले तपाईले पहिले नै अन्य मान्छेले को सोच्दै छ भन्ने थाहा पाउनुहुन्छ।केही क्षण अत्यन्त साथ दिएर अचानक त्यो साथीसँग टाढिने स्वभाव हुन्छ। तपाई इमानदार तरीकाले काम गर्न चाहनुहुन्छ र जीवनमा उन्नतिको लागि सधैं साँचो र धार्मिक बाटो रोज्नुहुन्छ। जीवन नै बिताउन भनेर बनाएको घर अचानक बेचेर परिवर्तन गर्नुपर्ने हुन्छ। सोचाइ साह्रै नै शान्तिपूर्ण सत्यको बाटोमा आफ्नो जीवन बिताउन चाहने तर पनि विवाद कलह क्लेशमा फसिरहनुपर्ने हुन्छ। दयालु हुनाको कारणले अरूले मद्दतको लागि नभने तापनि उनीहरूले अनुरोध गर्नु अघि त्यहाँ पुग्नुहुन्छ। तपाईको अरूलाई निर्भरता गराउने केही कार्य गर्न पनि मन पराउनु हुँदैन। काममा अग्रजहरूलाई ज्यादै महत्व नदिनु तपाईको अर्को गुण हो जसले आफ्ना वरिष्ठदेखि लाभ नभएर हानि गराउँछ। एउटा बलिदानको मानसिकता हुनाले अरूबाट कुनै पनि प्रकारको लाभ लिन मन गर्नु हुँदैन। तपाईको परिवारसंग विशेष लगाव छ र यसैले गर्दा तपाई सधैं आफ्नो परिवारको लागि सबै कुरा समर्पण गर्न तयार रहनुहुन्छ।

+977-9844768353 +977-9823646855