हिन्दू धर्ममा माता सरस्वतीलाई विद्या, बुद्धि, कला र संगीतकी देवी मानिन्छ। विशेष गरी वसन्त पञ्चमीका दिन वा कुनै पनि बिहीबारदेखि माता सरस्वतीको व्रत बस्ने परम्परा छ। यो व्रत विशेष गरी विद्यार्थी, कलाकार र बुद्धिजीवीहरूका लागि अत्यन्त फलदायी मानिन्छ।
व्रतको तयारी र संकल्प
- बिहान सबेरै (ब्रह्म मुहूर्तमा) उठेर नुहाउने। यस दिन पानीमा अलिकति गङ्गाजल र सर्स्यु मिसाएर नुहाउनु राम्रो मानिन्छ।
- सफा, सम्भव भए पहेँलो वा सेतो रङको कपडा लगाउनु।
- पूजा स्थानमा पूर्व वा उत्तर दिशातर्फ फर्किएर पण्डित (गुरु) द्वारा व्रत बस्छु भनी प्रतिज्ञा (सङ्कल्प) गर्नुपर्छ र गोदान सङ्कल्प (गौदान) गराएर पूजा सुरु गर्नुपर्छ।
पूजा विधि
- एउटा चौकीमा सेतो कपडा ओछ्याएर माता सरस्वतीको मूर्ति वा तस्बिर स्थापना गर्नुहोस्। साथमा गणेश भगवानको पनि स्थापना गर्नुहोस् (कुनै पनि पूजामा गणेशजीको पूजा पहिले गरिन्छ)।
- मूर्तिमा जल छर्केर पवित्र बनाउनुहोस्।
- माता सरस्वतीलाई पहेँलो चन्दनको टीका लगाउनुहोस् र पहेँलो वा सेतो फूल चढाउनुहोस्।
- आफ्नो किताब, कापी, कलम वा संगीतका वाद्यवादनहरूलाई पनि माताको अगाडि राखेर पूजा गर्नुहोस्।
- धूप र दियो बाल्नुहोस्।
- मातालाई पहेँलो मिठाई, खिर वा फलफूलको भोग (प्रसाद) चढाउनुहोस्।
- ॐ ऐं सरस्वत्यै नम: मन्त्रको १०८ पटक जप गर्ने
सरस्वती बन्दना
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता। या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवै: सदा वन्दिता। सा मां पातु सरस्वती भगवती नि:शेषजाड्यापहा॥
सरस्वती स्तोत्र
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी। हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१॥
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती। तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी॥२॥
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा। सप्तमं चैव कौमारी अष्टमं वरदायिनी॥३॥
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी। एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४॥
द्वादशै तानि नामानि त्रिसन्ध्यं य: पठेन्नर:। जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५॥
व्रतका नियम र ध्यान दिनुपर्ने कुराहरू
- सात्त्विक भोजन: व्रतको दिन पूर्ण रूपमा सात्त्विक रहनुपर्छ। यस दिन तामसिक भोजन (माछा, मासु, लसुन, प्याज) र मदिरा पूर्ण रूपमा वर्जित हुन्छ।
- सद्भाव: यस दिन कसैलाई पनि अपशब्द नबोल्ने, झूटो नबोल्ने र कसैको अपमान नगर्ने (किनभने वाणीमा सरस्वतीको वास हुन्छ)।
- अध्ययन: व्रतको दिन कम्तीमा केही समय अध्ययन वा सिर्जनात्मक काममा बिताउनु राम्रो मानिन्छ।
पूजा सकिएपछि प्रसाद परिवार र साथीभाइहरूमा बाँड्नुहोस् र आफू पनि ग्रहण गर्नुहोस्। यो व्रत श्रद्धापूर्वक गर्नाले एकाग्रता बढ्ने र विद्या-बुद्धि प्राप्त हुन्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका