यात्रामा वासस्थानबाट हिंड्दा पढ्ने मन्त्र
"गच्छ गौतम शीघ्रत्वं ग्रामेषु नगरेषु च। आसनं भोजनं शैय्यां स्थानं मे परिकल्पयः॥'
दिन र रात्रि बारबेला प्रयोग गर्ने तरिका
कुनैपनि दिनको दिनमानलाई ८ ले भाग गर्ने र आएको घडी पला एउटा बार बेलाको एउटा समय हुने गर्दछ। त्यसपछि अर्को बेलालाई क्रमशः जोड गर्दै जाने त्यही समय हुने गर्दछ। उदाहरणको लागिः आश्विन २१ गते सोमबारको दिनमान २९ घडी ०५ पला छ। यसलाई ८ ले भाग गर्दा ३ घडी ३८ पला भयो बजेमा १ घण्टा २७ मिनेट भयो। त्यसैले सोमबारको पहिलो बारबेला अमृत हो तसर्थ सूर्योदयको प्रथम ३ घडी ३८ पला अर्थात् बजेमा १ घण्टा २७ मिनेट सूर्योदय समयका जोड गर्ने त्यतिबेलासम्म अमृतबेला भयो। त्यसपछि क्रमशः अन्य बेलाहरु जोड गर्दै जानुपर्छ। तर कतिपय विद्वान्हरुले दिनमानलाई हिसाबै नगरी ३ घडी ४५ पलाको हिसाबले जोड गर्दै जाने गरेको पाइन्छ।
दिन बारबेला चक्र
सूर्योदयबाट तल दिएको घडि/पल्ला वा घण्टा/मिनेट जोड्ने
| घडि/पल्ला | ३।४५ | ७।३० | ११।१५ | १५।० | १८।४५ | २२।३० | २६।१५ | ३०।०० |
| घण्टा/मिनेट | १:३० | ३:०० | ४:३० | ६:०० | ७:३० | ९:०० | १०:३० | १२:०० |
| आइतबार | उद्वेग | चर | लाभ | अमृत | काल | शुभ | रोग | उद्वेग |
| सोमबार | अमृत | काल | शुभ | रोग | उद्वेग | चर | लाभ | अमृत |
| मंगलबार | रोग | उद्वेग | चर | लाभ | अमृत | काल | शुभ | रोग |
| बुधबार | लाभ | अमृत | काल | शुभ | रोग | उद्वेग | चर | लाभ |
| बिहीबार | शुभ | रोग | उद्वेग | चर | लाभ | अमृत | काल | शुभ |
| शुक्रबार | चर | लाभ | अमृत | काल | शुभ | रोग | उद्वेग | चर |
| शनिबार | काल | शुभ | रोग | उद्वेग | चर | लाभ | अमृत | काल |
रात्रि बारबेला चक्र
सूर्यास्तबाट तल दिएको घडि/पल्ला वा घण्टा/मिनेट जोड्ने
| घडि/पल्ला | ३।४५ | ७।३० | ११।१५ | १५।० | १८।४५ | २२।३० | २६।१५ | ३०।०० |
| घण्टा/मिनेट | १:३० | ३:०० | ४:३० | ६:०० | ७:३० | ९:०० | १०:३० | १२:०० |
| आइतबार | शुभ | अमृत | चर | रोग | काल | लाभ | उद्वेग | शुभ |
| सोमबार | चर | रोग | काल | लाभ | उद्वेग | शुभ | अमृत | चर |
| मंगलबार | काल | लाभ | उद्वेग | शुभ | अमृत | चर | रोग | काल |
| बुधबार | उद्वेग | शुभ | अमृत | चर | रोग | काल | लाभ | उद्वेग |
| बिहीबार | अमृत | चर | रोग | काल | लाभ | उद्वेग | शुभ | अमृत |
| शुक्रबार | रोग | काल | लाभ | उद्वेग | शुभ | अमृत | चर | रोग |
| शनिबार | लाभ | उद्वेग | शुभ | अमृत | चर | रोग | काल | लाभ |
राहुकालको जानकारी
राहुकाल हिन्दू ज्योतिषमा महत्त्वपूर्ण अवधारणा हो। यो यस्तो समय अवधि हो जसमा शुभ कार्यहरू गर्नबाट बच्नुपर्छ किनभने यसलाई अशुभ र बाधक मानिन्छ। राहुकालको गणना सूर्योदय र सूर्यास्तको आधारमा गरिन्छ र यो दैनिक रूपमा परिवर्तन हुन्छ। राहुकालको समय विभिन्न दिनका घण्टाहरूमा विभाजित गरिन्छ र यसको सही समय स्थान र दिनको आधारमा परिवर्तन हुन्छ। सामान्यतया, यो एक घण्टा र तीस मिनेटको अवधि हुन्छ।
यहाँ विभिन्न दिनहरूमा राहुकालको समयको सामान्य तालिका दिइएको छ
कुनैपनि दिनको दिनमानलाई ८ ले भाग गर्ने र आएको घडी पला एउटा बार बेलाको एउटा समय हुने गर्दछ। बारदिनको कतिऔँ खण्ड राहुकाल हुन्छ?
आइतबार ८ औँ खण्ड, सोमबार २ औँ खण्ड, मंगलबार ७ औँ खण्ड, बुधबार ५ औँ खण्ड, बिहीबार ६ औँ खण्ड, शुक्रबार ४ औँ खण्ड, शनिबार ३ औँ खण्डमा राहुकाल पर्दछ।
| बार | समय | देखि | सम्म |
| आइतबार | साँझ | ४ः३० | ६ः०० |
| सोमबार | बिहान | ७ः३० | ९ः०० |
| मंगलवार | दिउँसो | ३ः०० | ४ः३० |
| बुधबार | मध्यान्ह | १२ः०० | १ः३० |
| बिहीबार | दिउँसो | १ः३० | ३ः०० |
| शुक्रबार | बिहान | १०ः३० | १२ः०० |
| शनिबार | बिहान | ९ः०० | १०ः३० |
कालराहु दिशा ज्ञान
आइतबार कालराहु उत्तर दिशामा, सोमबार वायव्य दिशामा, मंगलबारमा पश्चिम दिशामा, बुधबार नैर्ऋत्य दिशामा, विहीबार दक्षिण दिशामा, शुक्रबार आग्नेय दिशामा, शनिबार पूर्वदिशामा कालराहु रहन्छन्। कालराहुलाई पृष्ठ वा बाँया पारेर यात्रा गर्नुपर्छ। सम्मुख र दाहिने परेमा अशुभ वा मरणाशन्न कष्ट हुन्छ। यात्रामा कालराहुलाई विशेष विचार गर्नुपर्छ।
शुक्र का विचार तथा फल
दैत्येज्यो ह्यभिमुखदक्षिणे यदि स्याद्, गच्छेयुर्न हि शिशुगर्भिणीनवोढाः।
बालश्चेत् व्रजति विपद्यते नवोढाः, चेद्वन्ध्या भवति च गर्भिणी त्वगर्भा॥
द्विरागमन (नयाँ दुलही माइतबाट घर फर्कने समय) मा यदि शुक्र अगाडि (सम्मुख) वा दायाँ (दक्षिण) पर्यो भने नवविवाहित, गर्भवती र बच्चा भएकी स्त्री आफ्नो पतिको घर जानु हुँदैन। यदि पतिको घर गएमा बच्चा भएकी स्त्रीको बच्चा मर्छ, गर्भवतीको गर्भपतन हुन्छ र नवविवाहित स्त्री बाँझो हुन्छिन्।
घाततिथि
गोस्त्रीझषे घाततिथिस्तु पूर्णा भद्रा नृयुक्कर्कटकेऽथ नन्दा। कौर्ष्याजयोर्नक्रघटे च रिक्ता जया धनुःकुम्भहरौ न शस्ताः॥
- वृष, कन्या र मीन राशि हुनेहरूका लागि पूर्णा (५, १०, १५) तिथि घातक हुन्छन्।
- मिथुन र कर्कट राशि हुनेहरूका लागि भद्रा (२, ७, १२) तिथि घातक हुन्छन्।
- वृश्चिक र मेष राशि हुनेहरूका लागि नन्दा (१, ६, ११) तिथि घातक हुन्छन्।
- मकर र तुला राशि हुनेहरूका लागि रिक्ता (४, ९, १४) तिथि घातक हुन्छन्।
- धनु, कुम्भ र सिंह राशि हुनेहरूका लागि जया (३, ८, १३) तिथि घातक हुन्छन्।
घातवार
नक्रे भौमो गोहरिस्त्रीषु मन्दश्चन्द्रो द्वन्द्वेऽर्कोऽजभे ज्ञश्च कर्के। शुक्रः कोदण्डालिमीनेषु कुम्भे जूके जीवो घातवारा न शस्ताः॥
| घातर चक्र | |||||||
| राशि | मेष | मिथुन | मकर | कर्कट | तुला र कुम्भ | वृश्चिक, धनु र मीन | वृष, सिंह र कन्या |
| घातक बार | आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार |
घात नक्षत्र
मघाकरस्वातिमैत्रमूलश्रुत्यम्बुपान्त्यभम्। याम्यब्राह्मेशसार्पञ्च मेषादेर्घातभं न सत्॥
| घात नक्षत्र चक्र | |||||||||||||
| राशि | मेष | वृष | मिथुन | कर्कट | सिंह | कन्या | तुला | वृश्चिक | धनु | मकर | कुम्भ | मीन | |
| घात नक्षत्र | मघा | हस्त | स्वाती | अनुराधा | मूल | श्रवण | शतभिषा | रेवती | भरणी | रोहिणी | आर्द्रा | अश्लेषा | |
योगिनी विचार
नवभूम्यः शिववह्नयोऽक्षविश्वेऽर्ककृताः शक्ररसास्तुरङ्गतिथ्यः। द्विदिशोऽमावसवश्च पूर्वतः स्युस्तिथयः सम्मुखवामगः न शस्ताः॥
योगिनीवास चक्र
घातलग्न
भूमि (१) द्वय (२) ब्ध्य (४) द्रि (७) दिक् (१०) सूर्य्या (१२)
ङ्गा (६) ष्टा (८) ङ्के (९) शा (११) ग्नि (३) सायकाः (५)
मेषादिघातलग्नानि यात्रायां वर्जयेत्सुधीः॥
| घातलग्न चक्र | ||||||||||||
| राशि | मेष | वृष | मिथुन | कर्कट | सिंह | कन्या | तुला | वृश्चिक | धनु | मकर | कुम्भ | मीन |
| घातलग्न | मेष | वृष | कर्कट | तुला | मकर | मिथुन | कन्या | वृश्चिक | धनु | कुम्भ | मिथुन | सिंह |
सर्वदिग यात्रा
मैत्रार्कपुष्याश्विनभैर्निरुक्ता यात्रा शुभा सर्वदिशासु तज्ज्ञैः।
अनुराधा, हस्त, अश्विनी र पुष्य यी चार नक्षत्रहरूमा सबै दिशाको यात्रा शुभ मानिन्छ। अर्थात्, यी नक्षत्रहरूमा यात्रा गर्दा परिघ दण्ड उल्लंघन, पृष्ठ चन्द्र र दिक्शूल जस्ता दोषहरू लाग्दैनन्।
सम्मुख शुक्रको अपवाद
यावच्चन्द्रः पूषभात्कृत्तिकाद्ये पादे शुक्रोऽन्धो न दुष्टोऽग्रदक्षे।
जबसम्म शुक्र रेवती, अश्विनी, भरणी र कृत्तिकाको प्रथम चरणमा रहन्छ, तबसम्म उनी 'अन्ध' (अन्धो) हुन्छन्। त्यसैले, त्यस समयमा सम्मुख (अगाडि) वा दक्षिण (दायाँ) भागमा शुक्र भए पनि त्यसको दोष लाग्दैन।
त्रिनवमी दोष
प्रवेशान्निर्गमं तस्मात् प्रवेशं नवमे तिथौ। नक्षत्रे च तथा वारे नैव कुर्यात् कदाचन॥
नगर वा गाउँमा प्रवेश गरेको दिनदेखि नवौँ नक्षत्र, नवमी तिथि र नवौँ बारमा पुनः यात्रा गर्नु हुँदैन। त्यसैगरी, यात्रा सुरु गरेको दिनदेखि नवौँ तिथि, नवौँ नक्षत्र वा नवौँ बारमा गन्तव्य स्थानमा प्रवेश कदापि गर्नु हुँदैन।
रवि आदि वारदोहद
रसालां पायसं काञ्जीं शृतं दुग्धं तथा दधि। योऽमृतं तिलान्नञ्च भक्षयेद्वारदोहदम्॥
यात्राका लागि अशुभ बार पर्यो भने अत्यावश्यक कामका लागि यी वस्तु सेवन गरेर यात्रा शुभ हुन्छ।
- आइतबार सखरखण्ड
- सोमबार खीर
- मंगलबार काँजी (अमिलो रस)
- बुधबार उमालेको दूध
- बिहीबार दही
- शुक्रबार काँचो दूध
- शनिबार तिल-भात
दिक्शूल ज्ञान
शनिं चंद्र त्यजेत्पूर्वा दक्षिणां च दिशं गुरौ। सूर्ये शुक्रे, पश्चिमां च बुधे भौमे तथोत्तराम्॥
- शनिबार, सोमबार पूर्व दिशामा दिशाशूल हुन्छ यो यात्रामा वर्जित छ।
- बिहीबार दक्षिण दिशामा दिशाशूल हुन्छ यो यात्रामा वर्जित छ।
- आइतबार, शुक्रबार पश्चिम दिशामा दिशाशूल हुन्छ यो यात्रामा वर्जित छ।
- मंगल, बुधबार उत्तर दिशामा दिशाशूल हुन्छ यो यात्रामा वर्जित छ।
यात्रामा सम्मुखादि शुक्रको फल
दक्षिणे दुखदः शुक्रः संमुखे हंति लोचनम् वाम पृष्ठे शुभोनित्यं रोधयेच्चास्तगः शुभम्॥
- यात्रामा शुक्र दाहिने भए दुःखदायक हुन्छ।
- यात्रामा शुक्र सम्मुख भए नेत्रपीडाकारक हुन्छ।
- यात्रामा शुक्र देब्रे र पछाडि भए शुभ हुन्छ।
- Note: पशु खरिदमा र सुत्केरीले यात्रा गर्दा शुक्रको अत्यन्त विचार गर्नुपर्दछ।
चन्द्रवास (कुन राशिमा चन्द्रमा कुन दिशामा रहन्छन्)
चन्द्रश्चरतिपूर्वादि क्रमेण दिक्चतुष्टयम्। मेषादिकेषु यात्रायां दक्षिणे सम्मुखे शुभः॥
मेषे च सिहे धनु पूर्वभागे, वृषे च कन्या मकरे च याम्ये। यग्मे तुला कुम्भसु पश्चिमायां कर्कालिमीन दिशिचोत्तरस्याम्॥
- चन्द्रमा पूर्व दिशादेखि दक्षिण हुँदै चारै दिशामा क्रमानुसार घुम्दछन्।
- मेषादि राशिहरूको यात्रामा दाहिने तथा सम्मुखको शुभ हुन्छन्।
- मेष सिंह, धन राशिको चन्द्रमा पूर्व दिशामा
- वृष, कन्या, मकरको दक्षिणमा
- मिथुन, तुला, कुम्भको पश्चिममा
- कर्क, वृश्चिक, मीन राशिको चन्द्रमा उत्तरमा रहन्छन्।
सम्मुख चन्द्रमाको फल
संमुखे अर्थलाभाय पृष्ठेचन्द्रे धनक्षयः। दक्षिणे सुखसंपत्तिर्वामे तु मरणं भवेत्॥
- सम्मुख चन्द्रमा भए अर्थलाभ र कार्य सफल हुन्छ।
- पछाडि चन्द्रमा भए धनहानि र कार्यमा बाधा हुन्छ।
- दाहिने चन्द्रमा भए संपत्तिकारक र कार्य सफल हुन्छ।
- देब्रे (बायाँ) चन्द्रमा भए मृत्युकारक हुन्छ।
यात्रामा तिथिको विचार
मासस्य प्रतिपद् श्रेष्ठा द्वितीया कामकारिणी। आरोग्यदा तृतीया च चतुर्थी कलहप्रदा॥
पंचमी च श्रियायुक्ता षष्ठी कलहकारिणी। भक्षपान समायुक्ता सप्तमी सुखदा सदा॥
अष्टमीव्याधिदा नित्यं नवमी मृत्युदास्मृता। दशमी भूरिलाभास्याच्चैकादश्यां च हेमदा॥
द्वादशी प्राणसंदेहा सर्वसिद्धा त्रयोदशी। शुक्ला वा यदि वा कृष्णावर्जनीया चतुर्दशी॥
पौर्णिमायाममायां च प्रस्थानं नैव कारयेत्। तिथिक्षये च मासांते ग्रहणांते दिनत्रयम्॥
यात्रामा तिथिको विचार प्रतिपदा श्रेष्ठ, द्वितीय कामकारिणी, तृतीया आरोग्यदायकं, चतुर्थी कलहप्रद, पञ्चमी श्रीप्रद, षष्ठी कलहप्रिय, सप्तमी सुखप्रद, अष्टमी व्याधिप्रद, नवमी मृत्युप्रद, दशमी लाभप्रद, एकादशी स्वर्गप्रद, द्वादशी प्राणसंदेह, त्रयोदशी सर्वसिद्धिदात्री छ तथा चतुर्दशी, पूर्णिमा र औँसी तिथि क्षय ग्रहणको तीन दिन यात्रामा वर्जित छ।
योगिनीवास विचार
प्रतिपत्सु नवम्यां च पूर्वस्यां दिशि योगिनी। अग्निकोणे तृतीयायामेकादश्यां तु सास्मृता॥
त्रयोदश्यां च पंचम्यां दक्षिणस्यां शिवप्रिया। द्वादश्यां च चतुर्थ्यां च नैर्ऋत्येकोणगामिनी॥
चतुर्दर्थ्यां च षष्ठ्यां च पश्चिमायां च योगिनी पूर्णिमायां च सप्तम्यां वायुकोणे तु पार्वती॥
दशम्यां च द्वितीयायामुत्तरस्यां शिवा वसेत्। ईशान्यां दर्श चाष्टम्यां योगिनी समुदाहृता॥
योगिनी सुखदा वामे पृष्ठे वांछितदायिनी। दक्षिणे धनहन्त्री च सम्मुखे मरणप्रदा॥
- प्रतिपदा र नवमी तिथिमा पूर्व दिशाको साइत गर्नु हुँदैन।
- द्वितीया र दशमी तिथिमा उत्तर दिशाको साइत गर्नु हुँदैन।
- तृतीया र एकादशी तिथिमा आग्नेय (South-East) दिशाको साइत गर्नु हुँदैन।
- चतुर्थी र द्वादशी तिथिमा नैऋत्य (South-West) दिशाको साइत गर्नु हुँदैन।
- पञ्चमी र त्रयदशी दक्षिण दिशाको साइत गर्नु हुँदैन।
- षष्ठी र चतुर्दशी पश्चिम दिशाको साइत गर्नु हुँदैन।
- सप्तमी र पूर्णिमा वायव्य (North-West) दिशाको साइत गर्नु हुँदैन।
सर्वदिग्गमन नक्षत्र
सर्वदिग्गमने हस्तः पूषाश्वौ श्रवणो मृगः। सर्वसिद्धिकरः पुष्यो विद्यायां च गुरुर्यथा॥
हस्त, रेवती, अश्विनी, श्रवण, मृगशिरा, पुष्य यी नक्षत्र समस्त दिशाका यात्रामा शुभ हुन्छ।
घरदेखि निस्किँदाको साईत
घर वा बसेको ठाउँ छोडी अन्यत्र जानलाई यात्रा भनिन्छ।
- यात्राको लागि उत्तम तिथिः २, ३, ५, ७, १०, ११, १३, १५
- यात्राको लागि उत्तम नक्षत्रः अश्वि. मृ. पु. ति. ह. अनु. श्र. ध. रे
- छाडिएका नक्षत्रः ३ उत्तरा.भ.कृ.आ.श्ले.म.चि.स्वा. वि. अशुभ र शेष मध्यम।
- राशि शूलः चन्द्रमा र लग्न सन्मुख वा दाहिने पर्ने दिशाका राशिको लग्न वा चन्द्रमा शुभ, अन्य अशुभ हुन्छ।
- दिशा शूलः पूर्वमा १, ९ तिथि ज्येष्ठा नक्षत्र शनि, सोमवार शूल हुन्छ।
- दक्षिणमाः ५, १३ तिथि ध. श. पूभा. उभा. उभा. रे. नक्षत्र बिहीवार शूल हुन्छ।
- पश्चिममाः ४, १४ तिथि रोहिणी नक्षत्र आइत, शुक्रवार शूल हुन्छ।
- उत्तरमाः २, १० तिथि उफा. नक्षत्र मङ्गल, बुधवार शूल हुन्छ।
- कालशूलः पूर्वमा सूर्योदय, दक्षिणमा मध्यान्ह, पश्चिममा सूर्यास्त, उत्तरमा मध्यरात्रि शूल हुन्छ नजानू।
- परिहारः एकै दिनमा पुगिने यात्रामा हिड्दा शूल र योगिनीको विचार नगरे पनि हुन्छ।
द्विग्द्वारी नक्षत्र
मृ.ति.ह.श्र सबै समयमा अश्वि.ति. ह. अनु. सबै दिशालाई शुभ छन्।
शुक्र बिचार
सम्मुखे दक्षिणे शुक्रे नो गच्छेत्तु कदाचन। गर्भिणीस्तु विगर्भास्यान्नवोढा वन्ध्यतामियात्॥
स्त्रीहरूले यात्रा गर्दा सम्मुख वा दाहिने शुक्र पार्नुहुँदैन।
तत्परिहारः “रेवत्यादि मृगान्तेच यावत्तिष्ठति चन्द्रमा। तावदन्धो भवेत्शुक्रः सम्मुखे दक्षिणे शुभः॥
"सम्मुख वा दाहिने शुक्रको दोष नलाग्ने दिन-रेवतीदेखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा हुँदा शुक्र अन्ध हुन्छ, सम्मुख वा दाहिने शुक्रको दोष लाग्दैन। शुक्र अस्त भएमा पनि दोष छैन।
यात्राबाट निवृत्त भएर गृहप्रवेश गर्दा - नवम दिन-वर्ष-मास ४, ६, ८, ९, १२, १४ तिथि छोडी अनु.चि.मू. ३ उत्तरा, रे. रो. यति नक्षत्रमा प्रवेश गर्नु शुभ हुन्छ।
विशेष- नवम दिन- वर्ष-मासमा प्रवेश गर्नै पर्ने भएमा रात परेपछि घरको प्रमुख व्यक्तिले आगन्तुकलाई बोलाएर प्रवेश गराउने चलन छ।
यात्रामा शुभ शकुन
ब्राह्मण, कन्या, भरिएको जलपात्र, दही, माछा, गाई, बाँधेको पशु, फूल, फल, रत्न, बाजा बजेको, सन्तानयुक्त महिला, चराको बोली. वेदमंन्त्र, मन्दिरको घण्टनाद आदि।
यात्रामा अशुभ शकुन
पतिता-सन्तानहीन-विधवा-गर्भीणी- रजस्वला-सुत्केरी महिला, जोगी, हिजडा, विष्टा, तेल, गडेउलो सर्प आदि सरिसृप, गधाको आवाज, खाली बा जुठा भाँडा, विरामी -विकल-नग्न- पागल-कपाल खौरेको मानिस, रित्तो गाग्री वा घडा, बिरालोले बाटो काटेको, कुकुर वा बिरालाको झगडा, उल्टो, जुत्ता-चप्पल, भिजेको, कपडा, हाच्छ्युँ आएको आदि।
विशेष- यात्रा गर्दा अपशकुन देखिएमा पहिला चोटी उभिएर ११ पटक, दोस्रो चोटी १६ पटक प्राणायाम गरी हिँड्ने, तेस्रा चोटी पनि अपशकुन भएमा यात्रा नगर्ने।
अत्यावश्यक वा पराधिनतामा शकुन र तिथि, नक्षत्र आदि विचार गर्न सम्भव हुँदैन अतः मनमा उत्साह लिएर भगवान्को स्मरण गरी यात्रा गर्नु योग्य छ।
मङ्गलं भगवान् विष्णुः मङ्गलं गरुडध्वजः। मङ्गलं पुण्डरीकाक्षो मङ्गलाय तनो हरिः॥
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
उत्तराषाढा नक्षत्र
श्रवण नक्षत्र
धनिष्ठा नक्षत्र
शतभिषा नक्षत्र
पूर्व भाद्रपदा नक्षत्र
उत्तर भाद्रपदा नक्षत्र
रेवती नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
विकटा मन्त्र
मेष राशिको मन्त्र
वृष राशिको मन्त्र
मिथुन राशिको मन्त्र
कर्कट राशिको मन्त्र
सिंह राशिको मन्त्र
कन्या राशिको मन्त्र
तुला राशिको मन्त्र
वृश्चिक राशिको मन्त्र
धनु राशिको मन्त्र
मकर राशिको मन्त्र
कुम्भ राशिको मन्त्र
मीन राशिको मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
कालसर्प समस्त मन्त्र
नवनाग नाम स्तोत्र
गणेश मन्त्र
पञ्चमुखी हनुमान मन्त्र
लक्ष्मी कुबेर मन्त्र
महालक्ष्मी मन्त्र
माला सिद्धि गर्ने मन्त्र
शक्ति-मुक्ति प्राप्ति मन्त्र
सुख प्राप्ति मन्त्र
अन्नपूर्णा मन्त्र
महालक्ष्मी मन्त्र
कुबेर मन्त्र
कुबेर मन्त्र
भय नाशक मन्त्र
सम्पत्ति प्राप्ति मन्त्र
सन्तान प्राप्ति मन्त्र
अन्नपूर्णा मन्त्र
कुबेर धनप्राप्ति मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
गणेश स्तुति श्लोक
गणेश मन्त्र
गणेश प्रार्थना
गणेश मन्त्र
महालक्ष्मी मन्त्र
बगलामुखी मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
महालक्ष्मी मन्त्र
लक्ष्मी गायत्री मन्त्र
दुर्गा मन्त्र
काली मन्त्र
पाप नाशक मन्त्र
आरोग्य र सौभाग्य प्राप्ति मन्त्र
प्रसन्नता प्राप्ति मन्त्र
शक्ति प्राप्ति मन्त्र
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
क्षेत्रीय गायत्री मन्त्र
वैश्य गायत्री मन्त्र
शुद्र गायत्री मन्त्र
नाग गायत्री मन्त्र
शिव गायत्री मन्त्र
सूर्य गायत्री मन्त्र
चन्द्रमा गायत्री मन्त्र
भौम गायत्री मन्त्र
बुध गायत्री मन्त्र
बृहस्पति गायत्री मन्त्र
शुक्र गायत्री मन्त्र
शनि गायत्री मन्त्र
राहु गायत्री मन्त्र
केतु गायत्री मन्त्र
विष्णु गायत्री मन्त्र
शिव गायत्री मन्त्र
गणेश गायत्री मन्त्र
दुर्गा गायत्री मन्त्र
सूर्य गायत्री मन्त्र
राम गायत्री मन्त्र
जानकी गायत्री मन्त्र
लक्ष्मण गायत्री मन्त्र
भरत गायत्री मन्त्र
शत्रुघ्न गायत्री मन्त्र
हनुमान् गायत्री मन्त्र
ब्रह्मा गायत्री मन्त्र
कृष्ण गायत्री मन्त्र
गोपाल गायत्री मन्त्र
राधा गायत्री मन्त्र
लक्ष्मी गायत्री मन्त्र
गरुड गायत्री मन्त्र
नृसिंह गायत्री मन्त्र
परशुराम गायत्री मन्त्र
हयग्रीव गायत्री मन्त्र
कार्तवीर्य गायत्री मन्त्र
स्कन्द गायत्री मन्त्र
नन्दिकेश्वर गायत्री मन्त्र
वृष गायत्री मन्त्र
कुबेर गायत्री मन्त्र
गुरु गायत्री मन्त्र
काम गायत्री मन्त्र
गौरी गायत्री मन्त्र
काली गायत्री मन्त्र
बगलामुखी गायत्री मन्त्र
सरस्वती गायत्री मन्त्र
अग्नि गायत्री मन्त्र
व्यास गायत्री मन्त्र
विष्णु गायत्री मन्त्र
शिव गायत्री मन्त्र
गणेश गायत्री मन्त्र
दुर्गा गायत्री मन्त्र
राम गायत्री मन्त्र
जानकी गायत्री मन्त्र
लक्ष्मण गायत्री मन्त्र
भरत गायत्री मन्त्र
शत्रुघ्न गायत्री मन्त्र
हनुमान् गायत्री मन्त्र
ब्रह्मा गायत्री मन्त्र
कृष्ण गायत्री मन्त्र
गोपाल गायत्री मन्त्र
राधा गायत्री मन्त्र
लक्ष्मी गायत्री मन्त्र
गरुड गायत्री मन्त्र
नृसिंह गायत्री मन्त्र
परशुराम गायत्री मन्त्र
हयग्रीव गायत्री मन्त्र
कार्तवीर्य गायत्री मन्त्र
स्कन्द गायत्री मन्त्र
नन्दिकेश्वर गायत्री मन्त्र
वृष गायत्री मन्त्र
कुबेर गायत्री मन्त्र
गुरु गायत्री मन्त्र
काम गायत्री मन्त्र
गौरी गायत्री मन्त्र
काली गायत्री मन्त्र
बगलामुखी गायत्री मन्त्र
सरस्वती गायत्री मन्त्र
अग्नि गायत्री मन्त्र
व्यास गायत्री मन्त्र
नवग्रह प्रार्थना
नवग्रह प्रार्थना
नवग्रह प्रार्थना मन्त्र
काल मन्त्र
नाग मन्त्र
मनसा मन्त्र
यम मन्त्र
अघोर मन्त्र
राहु मन्त्र
केतु मन्त्र
महा मृत्युंजय मन्त्र
पञ्चदेव स्तुति
स्तुति प्रार्थना
गणेश प्रार्थना
गणेश प्रार्थना
बत्ती बालेपछि प्रार्थना गर्ने मन्त्र
कलशको प्रार्थना गर्ने मन्त्र
भगवान स्तुति
गुरु प्रार्थना
गुरु प्रार्थना
सरस्वती प्रार्थना
विष्णु प्रार्थना
तुलसी प्रार्थना
स्तुति मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
काल मन्त्र
नाग मन्त्र
मनसा मन्त्र
यम मन्त्र
अघोर मन्त्र
महा मृत्युंजय मन्त्र
कालसर्प समस्त मन्त्र
कुश चढाउने मन्त्र
भूमिपूजन मन्त्र
विष्णु मन्त्र
सर्पदेवता नाम पूजन
पवित्र धारण मन्त्र
स्वस्ति मन्त्र
जल चढाउने मन्त्र
शरीर शुद्ध गर्ने मन्त्र
आसन पुज्ने मन्त्र
दियो पूजा गर्ने
शान्ति मन्त्र
वस्त्र चढाउने मन्त्र
गन्ध (चन्दन) चढाउने मन्त्र
अक्षता चढाउने मन्त्र
माला चढाउने मन्त्र
सिन्दूर चढाउने मन्त्र
धूप चढाउने मन्त्र
भगवानलाई आरती देखाउने मन्त्र
ऋतु फल
जल चढाउँदा भन्ने मन्त्र
चन्दन चढाउँदा भन्ने मन्त्र
समृद्धिं प्राप्त गर्ने मन्त्र
वृद्धि मन्त्र
कल्याण मन्त्र
बत्ती बाल्ने मन्त्र
दुबो चढाउने मन्त्र
कलशको प्रार्थना गर्ने मन्त्र
घण्टी पूजा गर्ने मन्त्र
शङ्ख पूजा गर्ने मन्त्र
शङ्ख पूजा गर्ने गायत्री मन्त्र
दीपक मन्त्र
लक्ष्मी र बुद्धि प्राप्ति मन्त्र
विश्वव्यापी विपत्ति नाशक मन्त्र
सम्मोहन मन्त्र
दुःख र दरिद्र नाश गर्ने मन्त्र
सर्वकल्याण मन्त्र
समस्त कार्यसद्धि मन्त्र
डर-त्रास हटाउने मन्त्र
रोगबाट मुक्ति पाउने मन्त्र
शत्रुको नाश गरी कार्य सम्पन्न गर्ने मन्त्र
अकाल मृत्यु हरण मन्त्र
दशैंमा टीका लगाउने मन्त्र
सुशील श्रीमती प्राप्ति मन्त्र
सौभाग्य प्राप्ति मन्त्र
देवी प्रार्थना
स्मरण शक्ति वृद्धि गराउने मन्त्र
शक्ति प्राप्त गर्ने मन्त्र
शान्ति प्राप्त गर्ने मन्त्र
पढाईमा सफलता पाउने मन्त्र
सर्वकल्याण मन्त्र
सबै बाधा हटाई धन, परिवार र सन्तान प्राप्त गर्ने मन्त्र
ग्रहले दिएको कष्टबाट मुक्ति पाउने मन्त्र
बच्चाको बानी सुधार्ने र बिमारी हटाउने मन्त्र
घरमा धन-लक्ष्मी वृद्धि गर्ने मन्त्र
आफ्नो रक्षा गर्ने मन्त्र
मोक्ष लाभ मन्त्र
मुक्तिदायक मन्त्र
सबैको प्यारो हुने मन्त्र
कार्यसिद्धि मन्त्र
अकाल मृत्यु नाश गर्ने मन्त्र
रक्षा गर्ने मन्त्र
महामारीले सताउँदा जप्ने मन्त्र
बच्चाको रोग नाश गर्ने मन्त्र
विद्या लाभ गर्ने मन्त्र
आय-आरम्भ र सर्वकार्य सिद्धि मन्त्र
देवप्रतिष्ठा गर्नु
आवाहनम् (भगवानको आह्वान गर्ने)
आसनम् (कुशको आसन दिने)
पाद्यम् (जौ, तिल र कुश….को जल)
अर्ध्यम्
आचमनम् (ल्वाङ्ग, सुकमेल र कपुरको जल चढाउने)
पञ्चामृतस्नानम्
शुद्धोदकस्नानम् (तुलसीको पत्रको जल चढाउने)
दुग्धस्नानम् (दूध चढाउने)
दधिस्नानम् (दही चढाउने)
घृतस्नानम् (घ्यु चढाउने)
मधुस्नानम् (मह चढाउने)
शर्करास्नानम् (चिनी चढाउने)
वस्त्रम्
चन्दनम्
अक्षता चढाउने
यज्ञोपवीत चढाउने
श्रीखण्डचन्दन चढाउने
अबीर चढाउने
सिन्दूर चढाउने
फूलमाला चढाउने
धूपबत्ती बालेर घुमाउने
घ्युको बत्ती बालेर घुमाउने
नैवेद्य चढाउने मन्त्र
फल चढाउने
पानसुपारी चढाउने
द्रव्य चढाउने
पुष्पाञ्जलि चढाउने
नीराजन (आरती) गर्ने
विष्णु दीक्षा मन्त्र
शिव दीक्षा मन्त्र
लक्ष्मी दीक्षा मन्त्र
देवी दीक्षा मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
षोडश मातृका
कुल, पितृ, समस्त देवी देवता स्मरण
पुण्य मन्त्र
स्वस्तिः मन्त्र
सांई मन्त्र
सूर्य मन्त्र
स्नान मन्त्र
शनिदेव मन्त्र
सांई मन्त्र