सिंह राशि

सिंह राशि मघा नक्षत्र: (मा, मी, म, मे), पूर्वाफाल्गुनी नक्षत्र: (मा, टा, टी, टू) उत्तरफाल्गुनी नक्षत्र: (टे) अक्षरको मिलनबाट बनेको हुन्छ। सिंह राशि (Leo) वैदिक ज्योतिषमा राशि चक्रको पाँचौं राशि हो। यसको प्रतीक सिंह (Lion) हो र स्वामी ग्रह सूर्य हो। यो अग्नि तत्त्वको राशि हो। सिंह राशिका जातकहरू प्राय: नेतृत्वकारी, आत्मविश्वासी र राजसी स्वभावका हुन्छन्। तपाईका लागि भाग्येश मंगल, लाभेश बुध तथा धनेश पनि बुध नै हुन्छन्। यस अवस्थामा मंगल ग्रहलाई योगकारक मानिन्छ। सिंह राशि भएका व्यक्तिको शरीर सुगठित हुन्छ र हड्डीहरू बलिया हुन्छन्। यिनीहरू प्रभावशाली, तेजस्वी र दबदबायुक्त व्यक्तित्वका धनी हुन्छन्। टाउको चौडा, उचाइ प्राय: मध्यम, काँधहरू भरिला र पाखुरा बलिया हुन्छन्। टाउकोमा कपाल प्राय: कम हुने देखिन्छ। सिंह जातक नेतृत्व गर्न अग्रसर हुन्छन् र आफ्ना विचारमा दृढ रहन्छन्। उत्कृष्ट व्यवस्थापक, साहसी, उत्साही, धैर्यवान, महत्वाकांक्षी, स्नेही, कृपालु, उदार, निडर तथा स्वाभिमानी हुन्छन्। लक्ष्य प्राप्तिका लागि सही मार्ग रोज्छन्। रिस छिटो उठ्ने र वैरभाव राख्छन्। समाजसेवा र जनहितको भावना स्वार्थले मात्र गर्छन्। जवाफ तुरुन्त फर्काउने बानी हुन्छ। यी मानिसहरू हरेक काम छिटो गर्न चाहन्छन् र अरूलाई पनि त्यस्तै गर्न प्रेरित गर्छन्। नेतृत्व गर्ने क्षमता पूर्ण रूपमा हुन्छ। तेजस्वी व्यक्तित्वका कारण शत्रुहरू डराउँछन् र अन्तत: पराजित हुन्छन्। यिनीहरूको आवाज गम्भीर र प्रभावशाली हुन्छ। घर, क्लब, समाज, पार्टी वा कार्यालयमा यिनीहरू सजिलै चिनिन्छन्।

  • ततत्त्व (Element): अग्नि (Fire)
  • स्वामी (Ruling Planet): सूर्य (Sun)
  • प्रकृति (Nature): स्थिर (Fixed), पित्त, क्रूर, वश्य-चतुष्पद, लिङ्ग-पुरुष, गुण-तमोगुणी, वर्ण-क्षत्रिय, बली समय-दिन, उदय स्थिति-शीर्षोदय, शरीरमा स्थान-पेट, ढाड, मेरुदण्ड
  • Lucky Number: 1, 10, 19, 28 (All bring to 1 number)
  • Lucky Color: Red, Orange, Pink
  • Lucky Day: Sunday
  • Lucky Direction: East
  • Unlucky: Wednesday, Black, Blue, South, मकर राशि (Capricorn)
  • यन्त्र: सूर्य यन्त्र
  • रुद्राक्ष: 1 मुखी रुद्राक्ष
  • Habit (स्वभाव): साहसी, उदार, महत्वाकांक्षी, आकर्षक व्यक्तित्व, नेतृत्व गर्ने क्षमता, प्रभावशाली
  • Positive Point: वफादार, साहसी, रचनात्मक, उत्साही, सम्मानजनक, आत्मविश्वासी
  • Negative Point: घमण्डी, जिद्दी, क्रोधी, अहंकारी
  • Lucky Gemstone: माणिक (Ruby)
  • Weight: 3 देखि 6 Carat को माणिक्य रत्नलाई पञ्चधातु वा सुनमा धारण गर्नुपर्छ।
  • Finger: दाहिने हात (Right Hand) को कान्छी साइली (Ring Finger) मा धारण गर्नुपर्छ।
  • माणिक रत्न धारणको फाइदा: आत्मविश्वास, डराउने बानी हटाउन, नेतृत्व क्षमता बढाउन, मान-सम्मान प्राप्ति, मुद्दामा विजय, करियरमा स्थिरता, हड्डी, आँखा, मुटु सम्बन्धी समस्या हटाउन
  • Note: विधिवत् प्राण प्रतिष्ठा गरेर आइतबारको दिन धारण गर्नुपर्दछ।

कामलाई पूर्ण लगन र परिश्रमका साथ गर्छन्। तर आरामको समयमा बाधा पुगेमा क्रोधित हुन्छन्। साहस र निडरताले भरिपूर्ण हुन्छन्। यदि कसैले दबाउन खोजे पनि यिनीहरू पुन: उभिएर सफल हुन्छन्। शत्रुहरू प्राय: पराजित नै हुन्छन्। मित्र कम हुन्छन्। शिक्षाको क्षेत्रमा पनि यिनीहरू अगाडि हुन्छन्। उच्च शिक्षासम्म अध्ययन गर्छन्। पारिवारिक व्यवहार, प्रेम, स्नेह र मित्रता यिनीहरूका लागि स्थायी हुँदैन। विवाह तथा दाम्पत्य जीवनमा प्राय: उतारचढाव रहन्छ। सन्तान संख्या कम हुन्छ। यिनीहरू आफ्नै योग्यता र क्षमताले संस्था वा संगठनको प्रमुख बन्न सक्छन्। सरकारी सेवामा उच्च पद प्राप्त गर्छन्। बोल्नेभन्दा काम गर्ने बानी हुन्छ। उच्च अधिकार, मान–सम्मान प्राप्त गर्छन्। सिंह राशि हुने व्यक्ति दृढ निश्चयी, धार्मिक कृत्यमा आस्था राख्ने, बहादुर, साहसी, पराक्रमी, सुंगठित शरीर, स्वभावमा उग्रता भएको हुन्छ। अति उच्च व्यक्तित्व भएको, शरीरमा धेरै रौं भएको, कुनै पनि समस्या समाधानमा गर्नमा सक्षम भएको, रजोगुणी, केही अहंकारी, निर्भय, तीक्ष्णबुद्धि, भोगी, योगाभ्यामा रुचि राख्ने हुन्छ। यस राशिका मानिसहरू रजोगुण प्रदान भएका हुन्छन्। सिंह राशि पुरुष राशि भएकाले महिलासँग भन्दा पुरुषहरुसँग सम्बन्ध राम्रो हुनेगर्दछ। निकै ख्याति कमाउने हुन्छन्। पूर्वीदेशहरु Japan र South Korea गएमा राम्रो प्रगति गर्छन्। तत्काल निर्णय गर्ने यस राशिको विशेषता हो। अग्नि तथा चोरको भय हुनुका साथै अल्पसन्तति भएका हुन्छन्। तिथिमा तृतीया, अष्टमी र त्रयोदशी तिथि सिंहराशिको लागि अशुभ हुन्छ। वृश्चिक तुला, मकर र कुम्भ राशि भएका व्यक्तिसँग शत्रुता हुने हुन्छ।

मघा पूर्वाफाल्गुणी उत्तराफाल्गुणी
मा, मि, मु, मे मो, टा, टि, टु टे
राक्षस गण नर गण नर गण
अन्त्य नाडी मध्य नाडी आद्य नाडी
  • हि, हु, हे, हो - वर्ग: भेडा, शत्रु वर्ग: कुकुर
  • डा, डि, डु, डे, डो - वर्ग: कुकुर, शत्रु वर्ग: भेडा

पढाई
Science, Electrical Engineer, Civil Engineer, Surgeon, ENT’s Doctor, Neurologist (Brain’s Doctor), Medical Sector

कार्यक्षेत्र
Surgeon, अधिकृत, न्यायाधीश, प्रधान अध्यापक, CDO, प्रहरी निरीक्षक, प्रहरी उपनिरीक्षक, कुनै पनि संस्थाको अध्यक्ष, Engineer, सेना, उद्योग, Electrician, Medical, प्रशासनिक सेवा, अधिकार, काठको काम, ग्यास सम्बन्धित काम, ठेकेदारसँग सम्बन्धित कार्य, Lab, वैज्ञानिक संस्था, अस्पतालमा नोकरी, अनुसन्धान केन्द्र, आविष्कारसँग सम्बन्धित कार्य, नेतृत्व र संगठनकर्ता, राजनीतिज्ञ, बहुमूल्य धातुको कारोबार, सुनचाँदी व्यवसायी, सरकारी अधिकारी, निर्देशक, वस्तुहरुमा ढुङ्गा, तामा, धातु, Steel, काठको व्यापारसँग सम्बन्धित काम गर्दा राम्रो हुन्छ।

रोगहरू
टाउको दुख्ने, तीव्र ज्वरो आउने, आँखासम्बन्धी समस्या वा आँखा कमजोरी हुने, मुटुको समस्या, प्रेसर हाई बनाउने समस्या, मानसिक कमजोरी हुने, शिर तथा दिमाग सम्बन्धी रोग, बढी गर्मी हुने, दुर्वलता सम्बन्धी रोग, पेट वा पित्त थैलैको समस्या, शरीरमा जलन हुने, आगो, हृदयसम्बन्धी रोग र तालु खोइलिने वा कपाल झर्ने समस्या हुन्छ। शरीर दुख्ने अतिगर्मी हुने, Heart Attack, शरीर भतभति पोल्ने जस्ता रोगहरु उत्पन्न हुनसक्छन्।

वैदिक मन्त्र
ॐ आकृष्णेनरजमा वर्तमानो निवेशयन्नमृतं मर्त्यञ्च।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन्॥

तान्त्रिक मन्त्र
ॐ घृणि: सूर्याय नम:

बीज मन्त्र
ॐ ह्रीं ह्रौं सूर्याय नम:

गायत्री मन्त्र
ॐ आदित्याय विद्महे प्रभाकराय धीमहि। तन्न: सूर्य: प्रचोदयात्॥

शान्तिका सरल र प्रभावकारी उपायहरू

  • रविवारको दिन सूर्यलाई जल अर्पण गर्नुहोस् (अर्घ्य दिनुहोस्)।
  • रविवार व्रत बस्नुहोस् वा सूर्य मन्त्र जप गर्नुहोस्।
  • गहुँ, गुड़, रातो फूल, तामा, रातो वस्तु दान गर्नुहोस्।
+977-9844768353 +977-9823646855