तुला राशि (Libra) ज्योतिषशास्त्रको सातौँ राशि हो। यो राशिको प्रतिक तराजु (Scales) हो। जसले सन्तुलन, न्याय र सामञ्जस्यलाई जनाउँछ। आकर्षक, शिष्ट, न्यायप्रेमी र सम्बन्धमा ध्यान दिने हुन्छन्। उनीहरूले सधैँ सन्तुलित जीवन जिउछन्। शान्त, सन्तुलित, रोमान्टिक र सामाजिक। उनीहरूले सधैँ शान्ति र सुन्दरता खोज्छन्। प्रेम र सम्बन्धमा धेरै ध्यान दिन्छन्। विवाद मन पर्दैन, सबैसँग राम्रो व्यवहार गर्छन्।
- तत्त्व (Element): वायु तत्त्व (Air Element)
- स्वामी (Ruling Planet): शुक्र ग्रह (Venus)
- प्रकृति (Nature): चर प्रकृति (Movable), क्रुर, त्रिधातु, रजोगुणी, वश्य-द्विपद, लिङ्ग-पुरुष, गुण-राजसी, वर्ण-शूद्र, बली समय-दिन, उदय स्थिति-शीर्षोदय, शरीरमा स्थान-Skin, Hip
- Lucky Number: 6, 15, 24, 33, 42 (All Bring to 6 Number)
- Lucky Color: White, Gray, Silver, Cream
- Lucky Day: Friday
- Lucky Direction: West
- Unlucky: Thursday, East, धनु राशि (Sagittarius)
- यन्त्र: लक्ष्मी, देवी वा शुक्र यन्त्र
- रुद्राक्ष: 6 मुखी रुद्राक्ष
- Habit (स्वभाव): सम्बन्धमा ध्यान दिने, सामाजिक, भ्रमणशील, सहनशील, मधुरभाषी, धैर्यवान्, मिलनसार, पढाइमा पूर्ण रुचि राख्दैनन्, इष्टमित्रमा ध्यान दिने,
- Positive Point: मेहनती, धैर्यवान, विश्वसनीय र स्थिर, वफादार, इमानदार र परिवारप्रति समर्पित, न्यायप्रेमी र निष्पक्ष, दयालु, विवाद सुल्झाउन माहिर,
- Negative Point:आलसी बन्न सक्ने, निर्णय गर्न ढिलो गर्ने, अरूलाई खुसी पार्न आफूलाई दु:ख दिने, भावुक भएर धोका खाने चञ्चल, उच्च आशा र अपेक्षा राख्छन्, शौकीन, अनावश्यक सोच्ने, कामुक, Romantic र Showup गर्ने
- Lucky Gemstone: Diamond र Opal लाई चाँदी (Silver) मा धारण गर्नुपर्छ।
- Weight: हिराको तौल कम्तिमा 0.50 क्यारेट (50 Cent) वा सोभन्दा बढी र ओपलको तौल ५ देखि ७ क्यारेटको धारण गर्नुपर्छ।
- Finger: हिरा दाहिने हातको कान्छी औँलामा र ओपल दाहिने हातको चोरी औँला (Index Finger) मा धारण गर्नुपर्छ।
- Diamond र Opal रत्न धारणको फाइदा: ऐश्वर्य, सुख-सुविधा, महँगा सवारी साधन प्राप्त, कलाकारिता, Fashion, Glamour मा सफलता प्राप्त गर्न, आत्मविश्वास बढाउन, Charming Personality, Increase Fertility, मानसिक शान्ति, वैवाहिक सुख, प्रेम र आकर्षण बढाउन, आर्थिक उन्नति र व्यवसायमा लाभ प्राप्तको लागि
- Note: विधिवत् प्राण प्रतिष्ठा गरेर शुक्रबारको दिन धारण गर्नुपर्दछ।
तुला राशि चित्रा नक्षत्र: (रा, री), स्वाती नक्षत्र: (रु, रे, रो, ता), विशाखा नक्षत्र: (ती, तू, ते) अक्षरको मिलनबाट बनेको हुन्छ। सत्यवादी, परोपकारी, यशस्वी, भ्रमणशील, तीर्थयात्रा प्रेमी, धार्मिक, तीष्णबुद्धि, प्रतिष्ठित, बुद्धिमान, चतुर, व्यवसाय कुशल, सुन्दरता, संगीतमा विशेष रुचि राख्ने हुन्छ। यसराशिका व्यक्ति शान्तिप्रिय तथा अनुचित दवाब पनि सहेर बस्ने। परिवारको इज्जत बढाउनमा विशेष ध्यान दिने, कल्पनाशक्ति बढी भएको, मानवतालाई जीवनको अभिन्न अंग मान्ने हुन्छन्। तुला राशिको २५ वर्षमा भाग्योदय हुनेछ। भैसी बाख्रापालन लगायत दूध दिने पशुहरु उत्तम हुनेछन्। यस राशिका व्यक्तिले कान्छी पर्ने जुनसुकै महिलासँग सम्बन्ध राख्नु राम्रो हुनेछ। चिल्लो पदार्थ बढी मनपर्नेछ। यस राशिका व्यक्तिहरु ज्यादै तर्कवितर्क गर्नमा सिपालु हुनेछन्। मित्रहरुलाई विश्वास गर्ने, शान्त चित्तको, स्त्रीप्रेमी, चञ्चल, प्रेमीप्रेमिका बीच सम्बन्ध राम्रो राख्ने हुन्छन्। बहुस्त्री भोगी तथा दुई विवाह गर्न मनलाग्ने यसका विशेषता हुन्। चतुर्थी, नवमी, चतुर्दशी तिथि जातकको लागि अनिष्टदायी हुनेछन्। मिथुन, कन्या, मकर र कुम्भ राशिका व्यक्तिसँग सम्बन्ध राम्रो हुने हुन्छ।
तुला राशिका व्यक्तिहरूको स्वभाव सामान्यत: शान्त, मिलनसार र सन्तुलित हुन्छ। उनीहरू अरूसँग सम्बन्ध जोड्न रुचाउँछन् र एकलता सहन गाह्रो मान्छन्। उनीहरू कला, संगीत र सौन्दर्यतर्फ आकर्षित हुन्छन्। आँखा नीलो तथा कपाल घुमाउरो हुन्छ। पति-पत्नी सुखमय शान्त जीवन हुन्छ। विवाहपछि भाग्य चम्किन्छ। आफ्नो घर, परिवार तथा धन अत्यन्त प्रिय हुन्छ। यी जातकहरू विज्ञान, यान्त्रिक तथा कला सम्बन्धी कार्यमा रुचि राख्छन्, तर अगाडि बढ्ने कमीका कारण पूर्ण लाभ हुँदैन। यिनीहरू रहन-सहन तथा कारोबारमा परिवर्तन गर्ने स्वभावका हुन्छन्, त्यसैले घुमफिर गरेर व्यापार गर्नु पनि ठीक हुन्छ। तुला राशिमा जल्दै प्रभाव किन पर्छ भनेर यसको मुख्य कारण यो हो कि तुला राशिका जातकहरूमा अरूको प्रभाव छिट्टै पर्छ। उनीहरू सजिलै अरूको प्रभावमा पर्छन् र अरूको अधीनमा आउन सक्छन्। कामवासना (कामना वा इन्द्रिय सुख) को गुलाम पनि बन्न सक्छन्। पढाइको मामिलामा यिनीहरू सूक्ष्मचित्त (एकाग्र र गहिरो सोच्ने) हुन्छन्। कल्पनाशक्ति राम्रो हुन्छ। अरूको प्रभावले पढाइमा बाधा पुर्याउँछ। पढाइमा पूर्ण रुचि राख्दैनन्। जसले गर्दा परीक्षामा बारम्बार असफल हुन्छन्। साथीहरूको संगतले उनीहरूको व्यक्तित्वमा छिट्टै प्रभाव पार्छ र त्यसै अनुसारको स्वभाव हुन्छ। उच्च आशा र अपेक्षा राख्छन् र धेरै कुरा बोल्ने (बातूनी) पनि हुन्छन्। न्यायप्रिय, लोकप्रिय हुन्छन्। कल्पनाशक्ति राम्रो हुन्छ, प्रसन्नचित्त हुन्छन्। झूटो शान वा Showup गर्छन्। सुखी, मेलमिलापपूर्ण जीवन मन पराउँछन्। अरूको आलोचना पनि गर्छन् तर रचनात्मक ढंगले। शौकीन स्वभावका हुन्छन्, राम्रा कपडा, सबै प्रकारका सुख-सुविधा प्राप्त गर्न मन पराउँछन्। क्रोध आए पनि धेरैबेर टिक्दैन। सूर्य यो राशिमा नीच हुन्छ। कल्पनाशक्ति धेरै हुन्छ तर ती विचारहरूलाई वास्तविक रूप दिन सक्दैनन्।
| चित्रा | स्वाती | विशाखा |
| पे, पो | रु, रे, रो, ता | ति, तु, ते, तो |
| राक्षस गण | देव गण | राक्षस गण |
| मध्य नाडी | अन्त्य नाडी | अन्त्य नाडी |
- पे, पो - वर्ग: मुसा, शत्रु वर्ग: बिरालो
- रु, रे, रो - वर्ग: मृग, शत्रु वर्ग: सिंह
- ता, ति, तु, ते, तो - वर्ग: सर्प, शत्रु वर्ग: गरुड
पढाई
विशेष गरी कला, संगीत, वाणिज्य, अर्थशास्त्र, कृषि वा भौतिक विज्ञानमा राम्रो, पढाइमा कानून, नेपाली, राजनीतिशास्त्र, उपन्यास र नाटक पनि लेख्ने र पढ्ने, कला, साहित्य, कानुन, डिजाइन, फेसन र सङ्गीत, कानून, नेपाली, राजनीतिशास्त्र, उपन्यास र नाटक पनि लेख्ने र पढ्ने काम राम्रो हुन्छ।
कार्यक्षेत्र
Banking, Finance, कृषि, Choreography, संगीत, चित्रकला (Painter), Fashion Designing, Event Management, कपडा सम्बन्धी व्यवसाय, Hotel, Restaurant, Tour & Travel, Theater, साहित्य, Film Industry, Beauty Products, Perfume, Attar, Fancy पसल, बच्चाको खेलौना, फूल, चिनी, कार आदि कार्यक्षेत्रको सूचक मानिन्छ। Bedrooms, Cinema Halls, Garden, Banquet Hall, Automobile Industries, Ports (बन्दरगाह), Airports, Mines (खानीहरू), न्यायाधीश, वकिल, Incom Tax Officer, Prostitution Areas आदि। कानुन (वकिल, न्यायाधीश), कला र डिजाइन (फेसन, इन्टेरियर), व्यापार र व्यवसाय, सौन्दर्य उद्योग (ब्युटी, ज्वेलरी), सङ्गीत, नृत्य, फिल्म, सुन, चाँदी, मोती, जल, दूध, दही, रुपैंया, खनिज, सेतोवस्त्र, धातु, सुगन्ध सजावटका पदार्थहरू राम्रा हुनेछन्। धातुहरूमा स्टील र टीन उत्तम हुनेछ। उपयुक्त व्यवसायहरू: व्यापार, वकिल, अभिनेता, आर्किटेक्ट, सेल्सम्यान, लोहा, दुकानदारी, लेखन, शराब, तेल, पानको दुकान, सुनार, टेलरिङ, प्रोपर्टी डिलर, टीभी, भीसीआरको दुकान, फोटोग्राफर, ब्यूटी पार्लर आदि।
सकारात्मक पक्ष
न्यायप्रेमी र निष्पक्ष, आकर्षक, शिष्ट र मायालु, कूटनीतिक (डिप्लोम्याटिक), विवाद सुल्झाउन माहिर, कलाप्रेमी, सौन्दर्य र सद्भाव मन पराउने, मित्रवत् र सहयोगी
नकारात्मक पक्ष
निर्णय गर्न ढिलो गर्ने, अरूलाई खुसी पार्न आफूलाई दु:ख दिने, अल्छी, विवादबाट टाढा भाग्ने, भावुक भएर धोका खाने
रोग
तुला राशिका व्यक्तिलाई रोगमा बाथ, मूत्रसम्बन्धी रोग, कफरोग, वातरोग, आँखाका रोग, गुप्तरोग, कामसुखमा वाधक, वीर्यस्राव, शरीर तेजहीन हुनेजस्ता रोगहरु लाग्न सक्ने सम्भावना रहनेछ।
वैदिक मन्त्र
ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा व्यपिबत्क्षत्रं पय: सोमं प्रजापति:।
ऋतेन सत्त्यमिन्द्रियं व्विपान गुङ् शुक्रमन्धसऽइन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु॥
बिज मन्त्र
ॐ ह्रीं श्रीं शुक्राय नम:
तान्त्रिक मन्त्र
ॐ शुं शुक्राय नम:
गायत्री मन्त्र
भृगुजाय विद्महे दिव्यदेहाय धीमहि। तन्न: शुक: प्रचोदयात्॥
शान्तिका सरल र प्रभावकारी उपायहरू
- सेतो फूल, दूध, चामल, मिश्री वा दहीको दान गर्नुहोस्।
- माता लक्ष्मीको पूजा गर्दै ॐ महालक्ष्म्यै नम: मन्त्रको जाप गर्नुहोस्
- घरमा Money Plant लगाउनुहोस्।
- गाईको घिउको दीपक माता लक्ष्मी वा शुक्र ग्रहको सामु जलाउनुहोस्।
- सेतो वस्त्र गरीबलाई दान गर्नाले प्रेम र सम्बन्ध राम्रो हुन्छ।
- शुक्रवार सेतो मिठाई दान गर्नुहोस् - गरीब वा मन्दिरमा दान गर्दा घरमा शान्ति छाउँछ।
- बगेको पानीमा बरको पातमा सिन्दुर र घिउले "ॐ श्रीं श्रियै नम:" लेखेर प्रवाहित गर्नुहोस् व्यापारमा घाटा रोक्छ र शान्ति दिन्छ।
- लक्ष्मी मन्दिरमा नरिवल चढाउनुहोस् - ११ वटा नरिवल चढाएर लक्ष्मीको कृपा माग्नुहोस्। रोग र कलहबाट मुक्ति मिल्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका