वृष राशि (Taurus) राशिचक्रको दोस्रो राशि हो। यसको प्रतीक साँढे (Bull) हो, जसले स्थिरता, धैर्य र मेहनतलाई प्रतिनिधित्व गर्छ। वृष राशि इ, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरहरूको मिलनवाट बनेको हुन्छ। यस राशिका स्वामी ग्रह शुक्र हुन्। वर्ण वैश्य हो। गणमा कृत्तिकाको राक्षस गण र नाडी अन्त्य हुन्छ। रोहिणी नक्षत्रको मनुष्य गण र नाडी अन्त्य हुन्छ। मृगशीरा नक्षत्रको देवगण र मध्य नाडी हुन्छ। शुभरत्नमा हीरा, पन्ना र नीलम हुन्। घातवार शनिवार हो। वृष राशिको स्वभाव स्थिर हो। दक्षिण दिशा वृषराशिका व्यक्तिलाई उत्तम फलदायक हुन्छ। वृष राशिलाई धनुराशि शत्रु हुन्छ।
- तत्त्व (Element): पृथ्वी (Earth)
- स्वामी (Ruling Planet): शुक्र ग्रह (Venus)
- प्रकृति (Nature): सौम्य, वात, रजोगुणी, स्थिर (Fixed) राशि, वश्य-चतुष्पद, वैश्य-वर्ण, लिङ्ग-स्त्री, गुण-राजसी, बली समय-रात्रि, उदय स्थिति-पृष्ठोदय, शरीरमा स्थान-घाँटी र मुख
- Lucky Number: 6, 15, 24, 33, 42 (All Bring to 6 Number)
- Lucky Color: White, Gray, Silver, Cream
- Lucky Day: Wednesday, Friday
- Lucky Direction: South-East
- Lucky Gemstone: Diamond, Opal
- Unlucky: Saturday, North, कन्या राशि (Virgo), Black Color
- यन्त्र: लक्ष्मी, देवी वा शुक्र यन्त्र
- रुद्राक्ष: 6 मुखी रुद्राक्ष
- Habit (स्वभाव): सुन्दर, शरीर पुष्ट, सहनशील, मधुरभाषी, ऐश्वर्यशाली, धैर्यवान्, मिलनसार, कामुक, सुन्दरता, भोगविलासमा बढी रुचि राख्ने।
- Positive Point: मेहनती, धैर्यवान, विश्वसनीय र स्थिर, सुन्दरता, सुख-सुविधा र भौतिक सुखको प्रेमी, कला, संगीत, विलासिता र आरामप्रति आकर्षित, वफादार, इमानदार र परिवारप्रति समर्पित, Banking कारोबार गर्ने
- Negative Point: जिद्दी र परिवर्तन मन नपराउने, आलसी बन्न सक्ने, नयाँ कुरामा ढिलो
- Lucky Gemstone: Diamond र Opal लाई चाँदी (Silver) मा धारण गर्नुपर्छ।
- Weight: हिराको तौल कम्तिमा 0.50 क्यारेट (50 Cent) वा सोभन्दा बढी र ओपलको तौल ५ देखि ७ क्यारेटको धारण गर्नुपर्छ।
- Finger: हिरा दाहिने हातको कान्छी औँलामा र ओपल दाहिने हातको चोरी औँला (Index Finger) मा धारण गर्नुपर्छ।
- Diamond र Opal रत्न धारणको फाइदा: ऐश्वर्य, सुख-सुविधा, महँगा सवारी साधन प्राप्त, कलाकारिता, Fashion, Glamour मा सफलता प्राप्त गर्न, आत्मविश्वास बढाउन, Charming Personality, Increase Fertility, मानसिक शान्ति, वैवाहिक सुख, प्रेम र आकर्षण बढाउन, आर्थिक उन्नति र व्यवसायमा लाभ प्राप्तको लागि
- Note: विधिवत् प्राण प्रतिष्ठा गरेर शुक्रबारको दिन धारण गर्नुपर्दछ।
शुक्र ग्रह सौन्दर्य, भोग-विलास, सुख, गृहस्थी, ऐश्वर्य र आनन्दको प्रतीक भएकाले वृष राशि भएका व्यक्तिहरू आकर्षक स्वभावका हुन्छन् र आफ्नो व्यक्तित्वको गहिरो छाप छोड्न सक्षम हुन्छन्। काव्य, लेखन, किनबेच, भू–सम्पत्ति तथा भूमिसँग सम्बन्धित कार्यमा यिनीहरूको विशेष रुचि हुन्छ। सुगन्ध मन पराउने, सधैं सिँगारिएको रहन चाहने स्वभाव यिनीहरूमा पाइन्छ। सधैं सेतो रूमाल साथमा राख्नु राम्रो मानिन्छ। वृष राशि स्थिर पृथ्वी तत्व भएकाले यिनीहरूमा असाधारण सहनशीलता र धैर्य हुन्छ। यी मेहनती हुन्छन् र लामो समयसम्म एउटै काममा निरन्तर लागिरहन्छन्। अवसरको प्रतीक्षामा बस्छन्। प्रेमपूर्वक कुनै काम दिइएमा यिनीहरूले स्वेच्छाले राम्रोसँग पूरा गर्छन्। भौतिक संसारका सुखसुविधामा रमाउँदा यिनीहरू प्रसन्न हुन्छन्। कुनै कुरालाई वर्षौंसम्म मनमा राख्ने, सजिलै नबिर्सने। उत्तम भोजन, सुगन्धित वस्तु, राम्रो पहिरन तथा पाहुनाको सत्कारमा यिनीहरू उदार हुन्छन्। संगीतप्रेमी, विलासी र व्यवहारकुशल हुन्छन्। एकपटक हार माने पनि अवसर पर्खेर पुन: अघि बढ्ने स्वभाव हुन्छ। प्रेम सम्बन्ध र मित्रता स्थायी हुन्छ। समाजमा मान–मर्यादा राम्रो हुन्छ। राम्रो पति वा पत्नी बन्छन् र गृहस्थ जीवन सुखमय हुन्छ। धन आर्जनका लागि धेरै यात्राहरू गर्नुपर्छ। यात्राका क्रममा रोग वा दु:ख पनि भोग्नुपर्न सक्छ। शुक्र स्वामी ग्रह भएकाले सौन्दर्य सामग्री, गहना, रत्न, सजावटी वस्तु, कृषि, होटल व्यवसाय, संगीत, अभिनय, फिल्म निर्माण, समाजसेवा, स्वास्थ्य संस्था, प्रशासन तथा सेनामा पनि सफलता प्राप्त गर्न सक्छन्। खानपानमा अत्यधिक रुचि भएकाले असन्तुलित आहारका कारण स्वास्थ्य बिग्रन सक्छ। आँखाका रोग, घाँटी, नाक, फोक्सोको माथिल्लो भाग, छाला, मांसपेशी, अपच, पेट ग्यास, बदहजमी तथा मूत्रसम्बन्धी समस्या देखिन सक्छ।
वृष राशि हुने मनुष्य सुन्दर, शरीर पुष्ट, सहनशील, रजोगुणी, बुद्धिमान्, गुणवान्, यशस्वी, मधुरभाषी, ऐश्वर्यशाली, धैर्यवान्, उदार, शान्त स्वभाव, मिलनसार, कामुक, काव्य, संगीत, सुन्दरता, भोगविलासमा बढी रुचि राख्ने, गहिरो विचार भएको, सुविधाभोगी, प्रसन्नचित्त भएको, धन मानसम्मानले युक्त, वैवाहिक जीवन सुखीमय हुन्छ। वृष राशि स्त्री राशि भएकाले स्त्रीको जस्तो स्वभावको हुन्छ। सेतो कपास जस्तो रंगीविरंगी सेता वस्तुहरू शुभ हुन्छ। सुन, चाँदी, मोती, जल, दूध, दही, रुपैंयाँ, खनिज, सेतो वस्त्र, धातु, सुगन्ध सजावटका पदार्थहरूबाट लाभ हुन्छ। धातुहरूमा स्टील र टीन उत्तम हुन्छ। वृष राशि हुनेको उमेरको २५ वर्षमा भाग्योदय हुन्छ। राशिको दिशा दक्षिण र राशि स्वामीको दिशा पूर्व-दक्षिण (आग्नेय) दिशामा भएकाले यस दिशाको व्यापार, व्यवसाय, बसाइ, रोजगार अत्यन्त उत्कृष्ट रहन्छ। जलीय पदार्थहरू पनि शुभफलदायी हुन्छन्। संगतमा ब्राह्मण तथा रजोगुणी जातिसँग सत्संग गरेमा राम्रो हुन्छ। ऋतुमा वसन्त, स्वभावमा सौम्य, वर्णमा वैश्य हुन्छ। यस राशिका व्यक्तिले कान्छी पर्ने जुनसुकै महिलासँग सम्बन्ध राखेमा राम्रो हुन्छ। भैंसी बाख्रापालन लगायत दुध दिने पशुहरु अति फाप्छ। वनस्पति, फलफूल, कपडा, जीवजन्तु, खाद्यान्न, सेतो तरल पदार्थ शुभदायी हुन्छन्। श्रीमतीको सहयोग अत्यन्तै पाउनेछन्। नातामा ससुरालीसँगको सम्बन्ध राम्रो हुन्छ। चिल्लो पदार्थ बढी मन पराउने हुन्छन्। सिंह र धनु राशिका व्यक्तिसँग शत्रुता हुने, माघ महिना, शुक्लपक्ष, नवमी तिथि शुक्रवार र रोहिणी नक्षत्र अनिष्टदायक हुन्छ। यस राशिका व्यक्तिहरु ज्यादै तर्कवितर्क गर्नमा सिपालु हुन्छन्। संगठनमा उच्च नेतृत्व गर्नसक्ने क्षमता भएको हुन्छ। मित्रहरुसँग विश्वास गर्ने, शान्त चित्त हुने, प्रेमी र प्रेमिका वीच राम्रो हुनेछ। वृष राशिका व्यक्तिलाई रोगमा बाथ, मूत्रसम्वन्धी रोग, कफरोग, आँखाका रोग, गुप्तरोग, कामसुखमा वाधक, वीर्यस्राव, वेश्यागमनबाट (शरीरतेजहीन हुने) रोगहरु लाग्न सक्ने हुन्छन्।
| कृतिका | रोहिणी | मृगशिरा |
| इ, उ, ए | ओ, बा, बि, बु | बे, बो |
| राक्षस गण | नर गण | देव गण |
| अन्त्य नाडी | अन्त्य नाडी | मध्य नाडी |
- इ, उ, ए, ओ - वर्ग: गरुड शत्रु वर्ग: सर्प
- बा, बि, बु, बे, बो - वर्ग: मुसा, शत्रु वर्ग: बिरालो
पढाई
विशेष गरी कला, संगीत, वाणिज्य, अर्थशास्त्र, कृषि वा भौतिक विज्ञानमा राम्रो, पढाइमा कानून, नेपाली, राजनीतिशास्त्र, उपन्यास र नाटक पनि लेख्ने र पढ्ने
कार्यक्षेत्र
Banking, Finance, कृषि, Choreography, संगीत, चित्रकला (Painter), Fashion Designing, Event Management, कपडा सम्बन्धी व्यवसाय, Hotel, Restaurant, Tour & Travel, Theater, साहित्य, Film Industry, Beauty Products, Perfume, Attar, Fancy पसल, बच्चाको खेलौना, फूल, चिनी, कार आदि कार्यक्षेत्रको सूचक मानिन्छ। Bedrooms, Cinema Halls, Garden, Banquet Hall, Automobile Industries, Ports (बन्दरगाह), Airports, Mines (खानीहरू), न्यायाधीश, वकिल, Incom Tax Officer, Prostitution Areas आदि।
वैदिक मन्त्र
ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा व्यपिबत्क्षत्रं पय: सोमं प्रजापति:।
ऋतेन सत्त्यमिन्द्रियं व्विपान गुङ् शुक्रमन्धसऽइन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु॥
बिज मन्त्र
ॐ ह्रीं श्रीं शुक्राय नम:
तान्त्रिक मन्त्र
ॐ शुं शुक्राय नम:
गायत्री मन्त्र
भृगुजाय विद्महे दिव्यदेहाय धीमहि।
तन्न: शुक: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू
- हीरा धारण गर्नुहोस्
- दूध, चामल, चिनी वा सेतो मिठाई दान गर्नुहोस्।
- शुक्र ग्रह शान्तिका लागि शुक्रवार गाईलाई रोटी/घाँस खुवाउनुहोस्।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका