ज्योतिष र अहिलेको समय

“अप्रत्यक्षाणी शास्त्राणी विवादस्तेषु केवलम्
प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रा  र्काै यत्रसाक्षीणाै”

धेरै शास्त्रहरु छन् जसको प्रत्यक्ष प्रमाण छैन र विवाद पनि छ। तर ज्योतिष सप्रमाण सूर्य र चन्द्र साक्षी भएको शास्त्र हो।
यो वेबसाइट केवल हजुरको भविष्यवाणी गर्नको निमित्त मात्र नभई हजुरले केही ज्योतिषशास्त्रको रहस्य गुण विशेष योगको फल बुझ्नको निमित्त पनि तपाईंका लागि लाभदायी हुनेछ यसका निमित्त यसभित्र एउटा ब्लग सेक्सन राखिएको छ जसमा केही विशेष कुराहरूको जानकारी हुनेछ

एकफेर मनन गरौँ त हामीलाई अचम्म लाग्ने कुरा कोही मान्छे छोटो समयमा नै धन सम्पत्तिले सम्पन्न भएका छन् कोही मान्छे आफ्नो जीवनको पुरै कमाइले बल्ल बल्ल एउटा घरवास जोड्न मात्र सकेका छन्। 

कोही मान्छे दशौं वर्ष देखि बीसौं वर्षदेखि व्यापार बिजनेस गर्दै सम्पन्न भएका मान्छे रातारात रोडमा आएका छन् कोही मान्छे  हेर्दा रिष्टपुष्ट तर हृदयघात भएर मरेका छन् र कोही मान्छे क्यान्सर नै भएर पनि औषधि उपचारले निको भएर बाँचेका छन् भने कोही मान्छे अचानक सामान्य रोगले पनि मरेका छन् कोही मान्छेको बिघा जग्गा छ तर घर राम्रो छैन र कोही मान्छे भाडामा बसेर पनि गाडी चढेर हिँडेका छन्। कसैले आफ्नै बाबा मम्मीको सम्पत्ति अंश पनि पाएका छैनन् र कसैले ससुरालीको सम्पत्ति भोग गरिरहेका छन्।।

कोही मान्छे बजारमा सामान्य जुत्ता चप्पल बेचेर पनि घडेरी जोडेका छन् र कसैले करोडौंको लगानी गरेर बिजनेस व्यापार गरेर पनि ऋण तिर्न सकिरहेका छैनन् घर जग्गा जोड्न सकेका छैनन् कति रहस्य छ।

सबै डक्टर पढेर धनी हुन सक्नुभएको छैन र कोही मान्छे १२ फेल भएर पनि धनी सम्पन्नशाली हुनुहुन्छ। कति रहस्य छ मेहनतले नै हुन्थ्यो भने त्यो रात दिन गरेर पढेको पढाइबाट ठूलो सफलता र नपढेको मान्छे असफल हुनुपर्ने।। लामो समयको अनुभवले व्यापार गरिरहेका मान्छे अचानक नडुब्नुपर्थ्यो जीवनमा कुनै घटना अति नै अचम्म लाग्ने खालका कल्पना भन्दा बाहिरका भइरहेका हुन्छन् हो यही कुरा पत्ता लाउने शास्त्र नै ज्योतिषशास्त्र हो। त्यो घटनाको बारेमा पूर्व जानकारी लिने शास्त्र नै ज्योतिषशास्त्र हो। 

ज्योतिष एक विशुद्ध तेज तत्व अध्ययन हो। व्यक्तिको विगत, वर्तमान र भविष्य  उसको चरित्र ज्योतिषबाट जान्न सकिन्छ। जसरी उज्यालोमा प्रत्येक वस्तु देखिन्छ त्यसरी नै वेद चक्षु ज्योतिषशास्त्र अनुसार अदृश्य कुराको भविष्यको पूर्ण जानकारी लिन सकिन्छ।।

हामीले पूर्व जन्ममा जे जस्तो कर्म गरियो उसको फल यो जीवन यो जीवनमा मिल्दछ। त्यही फल के कस्तो मिल्छ भन्ने कुरा ज्योतिषशास्त्रद्वारा जन्म कुण्डलीको आधारमा ग्रह नक्षत्र राशि  ग्रहको अवस्था, उच्च निच, दृष्टि, शत्रु गृह,  कति डिग्रीमा बसेको छ, वक्र, अस्त के छ कुन ग्रहको प्रभाव कस्तो खालको योग छ र प्रश्नकालिक समय र गोचरमा ग्रहको अवस्था के छ सबै सूक्ष्म अध्ययन गरेर प्रत्येक ज्योतिषीले हजुरको भाग्य भविष्य  फल बताउन सक्नुहुन्छ।।  घर बनाउने जग्गा जोड्ने आफूले इच्छा गरेको विषयमा सफलता मिल्ने नमिल्ने गाडीको योग छ कि छैन भाग्य स्वदेश विदेश कहाँ छ सन्तान के कति हुन्छ छोरा छोरी कस्ता हुन्छन् फसेको धन उठ्ने नउठ्ने जीवन स्वदेश विदेश कहाँ बित्छ जीवनसाथी के कस्तो स्वभावको कस्तो रूप रङ्गको पर्नुहुन्छ,आकस्मिक दुर्घटना र त्यसबाट बच्ने उपाय, चिट्ठा पर्ने योग , भविष्यमा देखेको सपना पूरा हुने नहुने, कुन समयमा गर्भ राख्दा कस्तो बच्चा जन्मन्छ,   

कुण्डली व्यक्तिको समग्र जीवन चरित्र व्यक्तित्वको दर्पण यसमा रहेका १२ भाव बाट १२ राशिबाट २७ नक्षत्रबाट समग्र जीवनमा रहस्य बुझ्न सकिन्छ जीवन सबै व्यक्ति समान रुपमा चाहन्छन् त्यसैले भविष्यफल जान्ने इच्छा सबैको स्वभाविक रुपमा इच्छा हुन्छ भविष्य के कस्तो हुन्छ भनेर बताउन ज्योतिष मात्रै एक मार्गदर्शक आज कोही योग्य व्यक्ति बेरोजगार छ कोही अयोग्य व्यक्ति ठूलो ठूलो पदमा पुगेका छन् कोही क्षमता भएर पनि सफलता पाएका छैनन् कसैले क्षमता नभैकन पनि राम्रो मौका पाएका छन्। अहिलेको समयमा मान्छे जीवनमा निराश भएर आत्महत्या गर्नेसम्मको सोच विचार राख्ने डिप्रेसनमा जाने आफ्नो जीवन बोझको लागि कोही सुख भोगको लागि चिन्तित छन् तिनीहरुलाई बाटो देखाउने माध्यम नै ज्योतिष हाे।

सिताराम ज्योतिष सेवा

"सिताराम ज्योतिष सेवा – आस्था, अनुभव र सत्य विश्लेषणको संगम"
ज्योतिष शास्त्र वेदको आँखा हो। यो केवल भविष्यवाणी गर्ने विद्या मात्र होइन, यो जीवनका जटिलताहरूलाई वैज्ञानिक र आध्यात्मिक दृष्टिले विश्लेषण गर्दै समस्या (सन्तान नहुने, पढाइमा रुकावट, विवाहमा ढिलाई, वैवाहिक जीवनमा विवाद, धन फस्ने, धन नबच्ने, व्यापारमा घाटा, वैदेशिक यात्रामा रुकावट, स्वास्थ्यमा समस्या इत्यादि) को समाधान र सफलताको बाटो देखाउने शास्त्र हो। “प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ” अर्थात् सूर्य र चन्द्र साक्षी रहेको यो शास्त्र आफैँमा प्रमाणित छ। यही मान्यतालाई आत्मसात गर्दै, हामी सिताराम ज्योतिष सेवा विगत १५ वर्षदेखि निरन्तर ज्योतिषीय सेवामा क्रियाशील छौँ।

हाम्रो परिचय
हाम्रा पूर्वजहरूबाट प्राप्त आशीर्वाद र शास्त्रीय शिक्षाले हामीलाई यस क्षेत्रमा आउन प्रेरणा मिल्यो। हामीले स्वस्ति शान्ति गर्दा पूर्ण वैदिक विधिले रुद्राभिषेक सम्पुटक हवन मूल आदि नक्षत्र दोष माङ्गलिक योग दुई विवाहयोग सहित अन्य जटिल र घातक योग अंगारक योग २० योग पिचास योगको विशेष विधिले थापना गरेर तन्त्र मन्त्र सहित पूर्ण साङ्गोपाङ्गविधिले स्वस्ति शान्ति गर्दछौं। 

अनुभवी र शास्त्रीय मान्यता प्राप्त ज्योतिष सेवा
ज्योतिर्विद् महेश तिवारी शास्त्री र ज्योतिर्विद् गणेश तिवारी शास्त्री हामीले सिताराम ज्योतिष सेवा सञ्चालन गर्दै आएका छौँ। रूपन्देही जिल्लाको सैनामैना नगरपालिका-५, बुद्धनगरमा अवस्थित हाम्रो यस केन्द्रमार्फत हामीले विगत १५ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३४,००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। शास्त्रीय विधि र आधुनिक आवश्यकता बीचको समन्वय नै हाम्रो मुख्य विशेषता हो।

हाम्रा प्रमुख सेवाहरू
प्रत्येक सेवा शास्त्रीय विधि, व्यक्तिगत कुण्डलीको गहिरो अध्ययन र अनुभवमा आधारित हुन्छन्।

  • कुण्डली (चिना) विश्लेषण र फलादेशः जन्मकुण्डलीको सूक्ष्म गणना गरी ग्रह, योग, नक्षत्र, तिथि र दशाका आधारमा भविष्यवाणी, शुभ-अशुभ योगको विश्लेषण र समाधान।
  • ग्रह शान्ति र जटिल योगहरूको निवारणः कुण्डलीमा रहेका कालसर्प योग, पितृदोष, मंगल दोष, विष योग, पिसाच योग, ग्रहण योग, चाण्डाल योग, किमद्रुम योग, धनहानि योग, वैदेशिक यात्रा बाधा योग, विवाह बिलम्ब योग, निसन्तान योग, साढेसाती शनि, अढैया शनि लगायत जटिलभन्दा जटिल अशुभ योगहरूको शास्त्रीय उपाय र शान्ति गराउने।
  • रत्न, यन्त्र र रुद्राक्ष प्रदानः ग्रहको अशुभ प्रभाव कम गर्न र शुभ प्रभाव बढाउनको लागि कुण्डली हेरी सही रत्न, शुद्ध रुद्राक्ष र पूर्ण वैदिक विधिले पूजा गरेर प्रदान गर्ने।
  • कुण्डली मिलान र विवाह सहायताः वैवाहिक जीवन सुखमय बनाउनको लागि विस्तृत गुण मिलान, अष्टकुट र दोषहरूको विश्लेषण र उपाय।
  • वास्तुशास्त्र परामर्शः घर, व्यवसायिक स्थान, जग्गा, उद्योग आदिको वास्तु दोष निवारण गरी सकारात्मक ऊर्जाको प्रवाह स्थापित गर्ने।
  • मुहूर्त निर्धारणः विवाह, गृहप्रवेश, व्यवसाय सुरुवात, यात्रा, व्रतबन्ध लगायत सबै शुभ कार्यहरूको लागि पञ्चाङ्गको सूक्ष्म गणनाका आधारमा सटीक मुहूर्त निकाल्ने।

हामी किन फरक छौँ?

  • शास्त्रीय प्रमाणिकताः हाम्रो प्रत्येक सेवा वैदिक शास्त्र, ग्रन्थ र सिद्धान्तमा आधारित छ।
  • अनुभव र विश्वसनीयताः १५ वर्षको अनुभव, ७५०० भन्दा बढी कुण्डली निर्माण र ३४,००० भन्दा बढी फलादेश गरिसकेका छौँ। 
  • विश्व पहुँचः नेपाल, भारत, युएई, युके, अमेरिका, जापान, अष्ट्रेलिया लगायत ५० भन्दा बढी देशमा हाम्रा सेवाग्राहीहरू छन्।
  • व्यक्तिगत ध्यानः हरेक सेवाग्राहीको समस्या, कुण्डली र आवश्यकतालाई व्यक्तिगत रूपमा धैर्यतापूर्वक विश्लेषण गरी मात्र उपाय उपाय बताउने रर त्यो उपाय कत्तिको प्रभावकारी भएको छ भन्ने कुराको पुनः विश्लेषण गर्ने।

हामी २४ घण्टा उपलब्ध छौं।
आस्था, अनुभव र सत्य विश्लेषणको संगम — हाम्रो ज्योतिष सेवा
13 +
वर्षको अनुभव
7500 +
कुण्डली बनाईयो
2000 +
रत्न प्रदान
34000 +
कुण्डली फलादेश (भविष्यवाणी)
50 +
देशहरुमा सेवा प्रदान
5000 +
बिदेशी ग्राहकहरु
सेवा र सम्पर्क पुगेका देशहरू
Australia

Australia

Austria

Austria

Bahrain

Bahrain

Bangladesh

Bangladesh

Belgium

Belgium

Bhutan

Bhutan

Brazil

Brazil

Brunei

Brunei

Bulgaria

Bulgaria

Canada

Canada

China

China

Colombia

Colombia

Cyprus

Cyprus

Cuba

Cuba

Denmark

Denmark

Dubai

Dubai

England

England

Finland

Finland

France

France

Germany

Germany

Hong Kong

Hong Kong

India

India

Iran

Iran

Israel

Israel

Italy

Italy

Japan

Japan

Kuwait

Kuwait

Libya

Libya

Maldives

Maldives

Malaysia

Malaysia

Malta

Malta

Mexico

Mexico

Nepal

Nepal

Netherlands

Netherlands

New Zealand

New Zealand

Norway

Norway

Oman

Oman

Pakistan

Pakistan

Philippines

Philippines

Poland

Poland

Portugal

Portugal

Qatar

Qatar

Romania

Romania

Russia

Russia

Saudi Arabia

Saudi Arabia

Scotland

Scotland

Seychelles

Seychelles

Singapore

Singapore

South Africa

South Africa

South Korea

South Korea

Spain

Spain

Sri Lanka

Sri Lanka

Switzerland

Switzerland

Thailand

Thailand

United Kingdom

United Kingdom

USA

USA

Wales

Wales

+977-9844768353 +977-9823646855