अश्विनी नक्षत्रको मुख्य विवरण
अश्विनी नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये पहिलो नक्षत्र हो। यो मेष राशिमा ०° देखि १३°२०' सम्म फैलिएको हुन्छ।

  1. नामाक्षरः चु, चे, चो, ला
  2. प्रतीकः घोडाको टाउको (Horse Head), जसले गति, शक्ति, ऊर्जा र नयाँ शुरुआतको प्रतिनिधित्व गर्छ।
  3. देवताः अश्विनी कुमारहरू (दिव्य जुड्वा चिकित्सकहरू, जो देवताहरूका वैद्य हुन्)।
  4. स्वामी ग्रहः केतु (दक्षिण चन्द्र नोड), जसले आध्यात्मिकता, रहस्य र तीव्र गतिलाई प्रभाव पार्छ।
  5. गुणः राजसी, धातु तत्त्व, पुरुष लिङ्ग।
  6. शक्तिः शीघ्र व्याप्ति शक्ति (तीव्र गतिमा पुग्ने र उपचार गर्ने क्षमता)।

व्यक्तित्व गुण
अश्विनी नक्षत्रमा जन्मेका व्यक्तिहरू ऊर्जावान, साहसी र स्वतन्त्र हुन्छन्। उनीहरूमा घोडाजस्तै तीव्र गति र जोश हुन्छ। आकर्षक व्यक्तित्व, ठूला-चम्किला आँखा र सुन्दर अनुहार, जिज्ञासु र साहसी स्वभाव, आध्यात्मिक रुचि, स्वतन्त्र, नेतृत्व क्षमता भएका, द्रुत निर्णय लिने।

सकारात्मक पक्ष

  1. ऊर्जा र गतिः तीव्र कार्यक्षमता, नयाँ शुरुआतमा सफल।
  2. उपचार क्षमताः प्राकृतिक हीलर
  3. साहस र नेतृत्वः निडर, प्रशासनिक वा नेतृत्व भूमिकामा उत्कृष्ट।

चुनौतीपूर्ण पक्ष

  1. आवेगपूर्णताः जल्दबाजीमा निर्णय लिने, पछुतो हुन सक्छ।
  2. आक्रामकताः कहिलेकाहीँ रिसाहा वा हठी स्वभाव।
  3. अस्थिर मनः एकाग्रता कमी, स्थिरता नहुने।
  4. अत्यधिक स्वतन्त्रताः अरूको सल्लाह नमान्ने।

करियर र रुचि क्षेत्र

  1. अश्विनी नक्षत्रका व्यक्तिहरू गतिशील र नवीन क्षेत्रमा सफल हुन्छन्।
  2. चिकित्सा र उपचारः डॉक्टर, सर्जन, हीलर, वैकल्पिक चिकित्सा (आयुर्वेद, होमियोप्याथी)।
  3. खेलकुद र साहसिकः Athlete, घोडचढी ट्रेनर, सैन्य/पुलिस।
  4. प्रशासन र नेतृत्वः व्यवस्थापक, उद्यमी, सेना, प्रशासन।
  5. यातायात र गतिः मोटर रेसिङ, पाइलट
  6. अन्यः मनोविज्ञान, थेरापिस्ट, मार्केटिङ

केतुको प्रभावले अश्विनी जातकमा आध्यात्मिक खोज, वैराग्य र सूक्ष्म ज्ञानतर्फ झुकाव देखिन्छ। सेवा र उपचार मार्फत आत्मिक सन्तुष्टि प्राप्त हुन्छ। तपाई साह्रै नै ऊर्जावान र सक्रिय हुनुहुन्छ। यसका साथै तपाई सधैं उत्साहले भरिएको हुनुहुन्छ। साधारण कुराले तपाईलाई सन्तुष्टि दिंदैन र तपाईले सधैं ठूलो कुरा गर्न प्रयास गर्नुहुन्छ। तपाईलाई सबै काम चाँडै गर्ने बानी हुन्छ। गति, ऊर्जा र सक्रियता तपाईमा स्पष्ट देख्न सकिन्छ। तपाई साह्रै नै चञ्चल र बौद्धिक हुनुहुन्छ। तपाईमा भएको उत्तम गुणस्तरलाई तपाईले तीब्रतासंग सबै बुझि सकेपछि बुद्धिमानीपूर्वक निर्णयहरू लिनु पर्नेछ। तपाईको स्वभाव साह्रै नै रहस्यमय छ र तपाई धर्म, असाधारण कुरा र तन्त्र-मन्त्र जस्ता कुरामा रुचि राख्नुहुन्छ। तपाई साह्रै नै निडर र साहसी हुनुहुन्छ, तर रिस माथि नियन्त्रण राख्न अति नै आवश्यक छ। शत्रुहरूले तपाईलाई कुनै पनि गम्भीर समस्यामा कहिल्यै पार्न सक्दैनन् किनभने तपाईले उनीहरूलाई कसरी सामना गर्नु पर्छ भन्ने थाहा पाउनुहुनेछ। शक्ति, दबाब, वा अन्य केही कुराले तपाईलाई नियन्त्रण गर्न सक्दैन, प्रेम र स्नेहले मात्र तपाईलाई जित्न सक्छ। तपाईले लिने सबै निर्णयहरू तपाईको गहिरो विश्लेषणको परिणाम हुन्छ र तपाईले एकपल्ट लिएको कुनै पनि निर्णयमा परिवर्तन गर्नुहुन्न। तपाई अरूको प्रभावले आफ्नो निर्णय परिवर्तन गर्नुहुन्न। तपाईलाई आफ्नो काम कसरी पूरा गर्ने भन्ने धेरै राम्रो थाहा छ। परिस्थिति जति नै कष्टकारी भए तापनि तपाई संयमी रहनुहुन्छ। डाक्टर, चिकित्सा, बाहन र खेलकुदमा सफलता मिल्छ।

+977-9844768353 +977-9823646855