बृहस्पति ग्रह

वृहस्पति (Jupiter) ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौ ग्रह हो। कक्षीय गति (Orbital Speed) १३.०७ कि.मी./से.। कक्षीय अवधि (Orbital Period) ४,३३२.५९ दिन। वृहस्पति "प्रार्थना र भक्तिको स्वामी" हो र देवताको गुरु भनिन्छ। ऋग्वेद अनुसार वृहस्पति अंगिरस ऋषिको पुत्र हो।

ज्योतिषमा वृहस्पतिलाई धनु राशि, मीन राशि र पुनर्वसु, विशाखा र पूर्वाभाद्रपदा नक्षत्रको स्वामी मानिन्छ।

  1. तत्त्व (Element): आकाश
  2. स्वामी (Ruling Planet): बृहस्पति (Jupiter) – ज्ञान, धर्म, भाग्य, समृद्धि र शिक्षाको कारक ग्रह।
  3. प्रकृति (Nature): साैम्य, प्रतीक-धनु, लिङ्ग-पुरुष, गुण-सात्त्विक, वर्ण-ब्राह्मण, शरीरमा स्थान-पेट, मुत्राशय र कम्मर, अधिष्ठाता-ज्ञान र सुख, पद-गुरु, धातु-सुन, स्वामी-इन्द्र, सम्बन्ध-पुत्र र गुरु
  4. Lucky Number: 3
  5. Lucky Color: Yellow, Orange
  6. Lucky Day: Thursday
  7. Lucky Direction: North-East
  8. Unlucky Direction: South-West
  9. वृहस्पतिको मित्र ग्रह: सूर्य, चन्द्रमा र मङ्गल
  10. वृहस्पतिको सम ग्रह: शनि र राहु
  11. वृहस्पतिको शत्रु ग्रह: बुध र शुक्र
  12. यन्त्र: बृहस्पति, सरस्वती यन्त्र
  13. रुद्राक्ष: 5 मुखी रुद्राक्ष
  14. Habit (स्वभाव): आशावादी, उदार, दयालु, परोपकारी, धार्मिक/आध्यात्मिक, न्यायप्रिय, मिलनसार, हँसमुख, इमानदार, लेखक, दार्शनिक, साहित्यकार परोपकारको धार्मिक र दानी उपदेशक
  15. Positive Point: उत्साही स्वभाव, नेतृत्व क्षमता, साहसिक निर्णय लिने, सहानुभूति राख्नसक्ने क्षमता भएको, सन्तान सुख प्राप्त, मानसम्मान प्राप्त,
  16. Negative Point: छिट्टै निर्णय लिने, वाचा पूरा नगर्ने वा प्रतिबद्धता कम, अतिसाहसी वा जोखिमपूर्ण व्यवहार, आलसी वा आरामप्रेमी, भावनात्मक रूपमा अस्थिर हुन्छन्।
  17. Lucky Gemstone: पुखराज (Yellow Sapphire)
  18. Weight: 5 देखि 9 Carat को पुखराज रत्नलाई पञ्चधातु वा सुनमा धारण गर्नुपर्छ।
  19. Finger: दाहिने हात (Right Hand) को चोरी औँला (Index Finger) मा धारण गर्नुपर्छ।
  20. पुखराज रत्न धारणको फाइदा: स्मरण शक्ति बढाउन र मानिसलाई ज्ञानी बनाउन, महिलाहरूका लागि विवाहमा ढिलाइ हटाउन र वैवाहिक जीवनमा मिलाप, सन्तान प्राप्ति, कलेजो (Liver) र पाचन प्रणालीसँग सम्बन्धित समस्या हटाउन, मानसिक तनाव कम गर्न
  21. Note: विधिवत् प्राण प्रतिष्ठा गरेर विहीबारको दिन धारण गर्नुपर्दछ।

वृहस्पति ग्रह कुन राशिमा उच्च कुन राशिमा निच हुन्छ

  1. कर्कट राशिमा उच्चको हुन्छ।
  2. मकर राशिमा निच हुन्छ।

काल पुरुष कुण्डलीमा भावको कारक र भावको स्वामी

  1. धन भाव (दोस्रो), भाग्य (नवौं) भाव, व्यय (बाह्रौं) भावको कारक हो।
  2. नवौं र बाह्रौं भावको स्वामी पनि हो।

वृहस्पतिको समय अवधि

  1. षोडशाब्दा बृहस्पतौ - वृहस्पति ग्रह बिंशोत्तरी दशामा १६ वर्ष चल्दछ।
  2. दशाष्ट जीवे - त्रिभागी दशामा १० वर्ष ८ महिना चल्दछ।

वृहस्पति ग्रह सन्तान, धार्मिक कार्य, धन, दान र पुण्य आदिको कारक हो। वृहस्पति ग्रहले ईशान्य (North-East) दिशालाई विशेष प्रतिनिधित्व गर्दछ। वृहस्पति सबैभन्दा शुभ ग्रह हो जसले ज्ञान, धर्म, सन्तान, धन, भाग्य र परोपकारको प्रतिनिधित्व गर्दछ। कुण्डलीमा बलियो वृहस्पतिले जीवनमा सुख, समृद्धि र सही मार्गदर्शन प्रदान गर्दछ। वृहस्पतिको दृष्टि अमृत समान हुन्छ, वृहस्पतिको दृष्टि जुन भावमा पर्छ, त्यस भावको अत्ति अशुभ योग र अशुभ फल नष्ट गर्दछ। व्रतबन्ध जुराउन पनि आफ्नो जन्म राशिबाट चार, आठ र बाह्राै राशिमा वृहस्पति पार्न हुँदैन।

जीवः करोति विविधार्थसुखं महत्त्वं राज्याभिषेकमवनिप्रभुपूजनाद्यम्।
स्त्रीपुत्रलाभसुखभूषणभोजनार्थ-मारोग्यकीर्तिविजयं च परोपकारम्॥

जातकले अनेक प्रकारका धन-सम्पत्ति, सुख-समृद्धि, मान-सम्मान, उच्च पद वा राज्याभिषेक, राज्य वा शासक पक्षबाट कृपा, स्त्री-सुख, पुत्र-लाभ, सर्वसुख, आभूषण, उत्तम भोजन, उत्तम स्वास्थ्य, कीर्ति तथा विजय प्राप्त गर्छ। यस्तो जातक स्वभावले परोपकारी, धार्मिक र दानी हुन्छ तथा समाजको हितमा सधैं तत्पर रहन्छ।

वृहस्पतिसँग सम्बन्धित विभागहरुमा नोकरी वा कार्य, बैंकिङ क्षेत्र, कानुनसँग सम्बन्धित समानहरुको व्यापार, मिठाई, पुलिस, उपदेशक, वकील, न्यायाधीश, न्यायालय एवं शिक्षासँग सम्बन्धित नोकरी, दार्शनिक, कथावाचक, धार्मिक शिक्षण संस्थाको सञ्चालन, विश्लेषक, शिक्षासँग सम्बन्धित कार्य, शिक्षा, सांसद, प्रकाशक, लेखक, दार्शनिक, साहित्यकार, मन्त्री, राजदूत र राजनेता आदि क्षेत्र राम्रो हुन्छ साथै कानुनी विवादमा आवश्यक पर्ने कुरा, प्रमाण, कागजपत्र आदि कहीँ कतैबाट जुट्छ।

गुरु बलियो भएमा व्यक्ति ज्ञानी, इमानदार, मन पूजा-पाठ तथा धार्मिक कार्यमा लाग्छ र सधैं सत्यको मार्गमा हिँड्छ। बलियो गुरुका कारण व्यक्तिलाई सन्तान सुख प्राप्त हुन्छ। कुल-मन्दिर, Treasure (धन, सम्पत्ति वा बहुमूल्य वस्तु सुरक्षित राखिने स्थान), पिप्पलको वृक्ष, मन्दिर र देवालय वृहस्पतिको निवास स्थान हो। पीडित वृहस्पतिले मूल्य-मान्यतामा ह्रास हुन्छ।

वृहस्पति ग्रहसँग सम्बन्धित पढाई
Software Development, Engineer, Pilot, Gastroenterologist Doctor (ग्यास्ट्रिक, पाचन प्रणाली तथा आन्द्रा सम्बन्धी विशेषज्ञ), Hepatologist Doctor (कलेजो रोग विशेषज्ञ), Nephrologis Doctor (मिर्गौला, पिसाब रोग विशेषज्ञ) क्षेत्रकाे पढाइमा सफलता मिल्दछ। Radiologist Doctor (एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, MRI)

वृहस्पति ग्रहले दिने रोगहरू
पेटसम्बन्धी रोग, अपच, पेट दुख्ने, Acidity, कमजोर पाचन प्रणाली, क्यान्सरजस्ता रोगहरूको खतरा हुन्छ।

वृहस्पति ग्रहको स्थान
स्टेशनरी, अदालत, धार्मिक, पूजा स्थल, विद्यालय, कलेज, राजनैतिक कार्यक्रमको क्षेत्रमा विशेष प्रभाव रहन्छ।

वृहस्पति ग्रहको कार्यक्षेत्र
Advocate, Lawyer, Income Tax Field, Criminal Judge र सल्लाहकार आदि।

बिहिबार वृहस्पतिको वैदिक मन्त्र जप गर्दा मोटोपन र पेटसम्बन्धी रोगहरू कम हुन्छ। वृहस्पति अशुभ हुँदा अनावश्यक आरोप र मङ्गल ग्रहले जस्तै सन्तान प्राप्तिमा बाधा पुर्याउँछ र शुभ हुँदा आफ्नो सन्तानले कमाएको धन भोग गर्न पाउने र एकादशसँग प्रभावित रहँदा दाइबाट लाभ गराउँछ। Paragliding, Bungee Jumping, Plane बाट मृत्यु हुने वा नहुने कुराको जानकारी यो ग्रहले गराउँछ।

देवानाञ्च ऋषीणां च गुरुं काञ्चनसन्निभम्।
बुद्धिभूतं त्रिलोकेशं तं नमामि वृहस्पतिम्॥

वृहस्पतिकाे वैदिक मन्त्र
ॐ बृहस्पतेऽअति यदर्योऽअर्हाद्युमद्वि भातिक्क्रतु मज्जनेषु।
यद्दीदयच्छवसऽऋत प्रजाततदस्मासु द्रविणं धेहि चित्रम्॥

वृहस्पतिकाे तांत्रिक मन्त्र
ॐ वृं वृहस्पतये नमः

वृहस्पतिकाे वीज मन्त्र
ॐ ह्रीं क्लीं हूं वृहस्पतये नमः

वृहस्पति ग्रहका उपाय

  1. बेसारको गाँठो (डल्लो) पहेँलो रङको धागोमा बाँधेर दायाँ हातको भुजामा बाँध्नुपर्छ।
  2. केसरीको टिका लगाउने, पहेँलो रङका वस्त्र लगाउनु र घरमा पहेँलो रङका पर्दा लगाउनु शुभ मानिन्छ।
  3. घरमा पहेँलो सूर्यमुखीको बिरुवा रोप्नुपर्छ।
  4. सुनको चेन र वृहस्पति यन्त्र धारण गर्नुपर्छ।
  5. जातकले माता-पिता, गुरुजन तथा अन्य पूजनीय व्यक्तिहरूप्रति आदर राख्नुपर्छ। 
  6. कुनै मन्दिर वा धार्मिक स्थलमा गएर निःशुल्क सेवा गर्नुपर्छ।
  7. बिहिबारको दिन मन्दिरमा केरा चढाउने अथवा केराको फेदमा घ्यूको दियो बाल्नुपर्छ।
  8. बिहिबारको दिन चनाको दाल, गुड र हल्दी मिसाएर गाईलाई खुवाउनुपर्छ।
  9. बिहिबारको दिन ‘ॐ बृं बृहस्पतये नमः!’ मन्त्रको जप गर्नुपर्छ।
  10. बिहिबार वृहस्पति देवको पूजामा केसरी, अक्षता (चामल), पहेँला फूल, पहेँला पकवान तथा पहेँला वस्त्र दान गर्नुपर्छ।
  11. पुष्पराज पञ्चधातु वा सुनको औंठी दाँया हातको चोरी औंलामा गुरु मन्त्रद्वारा मन्त्रणा गरेर बिहिबार शुभ मुहूर्तमा धारण गर्नुपर्छ।
+977-9844768353 +977-9823646855