कुण्डली फलादेश
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्ष...
कुण्डली फलादेश
कुण्डली (चिना) बनाउने
चिना; जसलाई जन्मपत्रिका वा हिन्दू ज्योतिषमा 'जन्म कुण्डली' पनि भनिन्छ, एक व्यक्ति जन्मेको ठ्याक्कै समयमा आकाशमा ग्रहहरू, नक्षत्रहरू र राशिहरूको स्थिति दर्शाउने एक चार्ट वा नक्शा हो। यो वैदिक ज्योतिषको आधारभूत उपकरण हो, यसलाई जन्मको मिति, समय र स्थानको आधारमा तयार गरिन्छ।
कुण्डली (चिना) बनाउने
कुण्डली मिलान
मानव जीवनका संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्त्वपूर्ण संस्कारको रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ। गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्।
कुण्डली मिलान
रत्न
वैदिक ज्योतिषमा रत्नहरूले ग्रहहरूको किरणहरू (ऊर्जा) लाई आकर्षित गरेर शरीरमा प्रवेश गराउँछ। यसले जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्य, धन, सफलता, प्रेम, र सुरक्षा प्रभावित गर्छ। नव रत्नहरू नवग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) सँग सम्बन्धित छन्।
रत्न
img img
ग्रहशान्ति
धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन। त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो। यो त्यसबेलाको समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो। जसले नियमबद्ध रीतिले चलाएर आचार-विचार, धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे।
ग्रहशान्ति
यन्त्र
'यन्त्र' संस्कृत शब्द हो, जुन 'यम्' धातुबाट बनेको छ। यसको शाब्दिक अर्थ हुन्छ नियन्त्रण गर्ने वा संकुचित गर्ने साधन। आध्यात्मिक अर्थः यन्त्र एउटा यस्तो ज्यामितीय आकृति (Geometric Figure) हो जसमा देवी-देवता वा ब्रह्माण्डीय ऊर्जाहरूलाई "बाँधेर" राखिन्छ। ज्योतिषशास्त्रमा यन्त्रहरूको विशेष महत्त्व छ। यी यन्त्रहरू ग्रहहरूको प्रभावलाई सन्तुलनमा ल्याउन, नकारात्मक शक्तिहरूबाट सुरक्षा गर्न र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रयोग गरिन्छ। वैज्ञानिक अर्थः यो एउटा 'ऊर्जा सञ्चय गर्ने यन्त्र' (Energy Storage Device) जस्तै हो, जसले विशिष्ट ध्वनि (मन्त्र) र आकृति मार्फत ब्रह्माण्डबाट सकारात्मक ऊर्जा खिच्छ।
यन्त्र
मुहूर्त निर्धारण
मुहूर्त्त निर्धारण (Muhurta Nirnayan) भनेको वैदिक ज्योतिषशास्त्र (Vedic Astrology) मा आधारित एक प्रक्रिया हो जसमा कुनै पनि शुभ कार्य, घटना वा निर्णयको लागि उपयुक्त समय (Auspicious Time) छनोट गरिन्छ। संस्कृत भाषामा "मुहूर्त्त" शब्दको अर्थ "क्षण" वा "समयको एक भाग" हुन्छ। प्राचीन वैदिक परम्परामा समयलाई ४८ मिनेटको एक मुहूर्त्त मानिन्छ, तर व्यावहारिक रूपमा मुहूर्त्त निर्धारण भनेको पञ्चाङ्ग (Panchang) को आधारमा ग्रहहरूको स्थिति, नक्षत्र, तिथि, योग, करण आदिको विश्लेषण गरेर कुनै कार्य सुरु गर्नको लागि सबैभन्दा अनुकूल समय निर्धारण गर्ने विधि हो।
मुहूर्त निर्धारण
अनलाइन सेवा
हामीले विगत १५ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३४,००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरूलाई व्यक्तिगत भेटघाट गर्न समय मिल्दैन। त्यसैले हामीले अनलाइन ज्योतिष सेवा सुरु गरेका छौँ। अब तपाई नेपालको जुनसुकै कुनाबाट होस् वा विदेशबाट (अमेरिका, युरोप, खाडी मुलुक, भारत, जापान आदि) सजिलै हाम्रो सेवा लिन सक्नुहुन्छ।
अनलाइन सेवा
+977-9844768353 +977-9823646855