धर्मशास्त्र भनेको गफ होइन
धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन। त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो। यो त्यसबेलाको समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो। जसले नियमबद्ध रीतिले चलाएर आचार-विचार, धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे। 

प्रत्येक कर्मको फल भोग्नै पर्छ- अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्। खेतमा गहुँ छरेमा गहुँ फल्छ, धान रोपेमा धाननै फल्छ। यो शाश्वत तथ्य हो। तत्काल फल मिलेन भनेर फल हुँदैहुँदैन भन्न हुँदैन। गरेको कर्मबाट एउटा अदृष्ट- अपूर्व उत्पन्न हुन्छ जसले कालान्तरमा फल दिन्छ। इष्टस्य प्राप्तिः अर्थात् आफ्नो सपना प्राप्त गर्ने सबैको इच्छा हुन्छ। तरपनि जन्मकुण्डलीमा रहेको ग्रहको अशुभ प्रभावले कहिलेकाहीँ अचानक कार्यमा रुकावट, पदोन्नतिमा रुकावट, धनधान्यमा प्राप्तिमा रुकावट, परिवारमा झै-झगडा, सन्तान प्राप्तिमा समस्या, विद्या  प्राप्तिमा रुकावट इत्यादि।

उपरोक्त दोष शान्ति या निवारण गर्नु भनेको पानी पर्न लागेको अनुमान लगाएर घर बाहिर निस्कँदा छाता वा वर्षादी लिएर निस्कनु जस्तै हो। त्यसकारणले आफ्नो जन्म कुण्डलीको अवस्था के कस्तो छ भनेर ज्ञान लिएर पानीमा छाताको महत्त्व भए जस्तै नक्षत्र, ग्रहदशा र योगको पहिचान गरेर ग्रह शान्ति गर्नु या गराउनु उपयुक्त हुनेछ। भक्तिपूर्वक जप गर्दा चमत्कारिक परिणाम आउँछ। मन्त्र भगवानको आह्वान गर्ने कुन्जी हो। जप गर्दा भक्त भगवानसँग जोडिन्छ, उहाँको कृपा प्राप्त हुन्छ।

वैदिक या तान्त्रिक मन्त्रको ध्वनि, हवन, पाठ, स्तोत्र, ध्यान आदिको माध्यमबाट सम्बन्धित ग्रह तथा नक्षत्र आदिको ऊर्जाले हाम्रो यो पञ्चतत्त्‍व द्वारा निर्मित पार्थिव शरीरसँग जोड्ने काम गर्दछ। त्यसैले, शुभ फल र सकारात्मक ऊर्जा पाउन सकिन्छ जसले आँटेको, ताकेको, रोजेको, खोजेको फल दिनुका साथै मनलाई स्थिरता प्रदान गर्दछ। जन्म समयमा आएको नक्षत्र अनि त्यसै नक्षत्रको आधारमा जन्म लग्नसहित चिना वा कुण्डली बनाई ग्रहदशाहरू निर्धारण हुन्छन्। ग्रहहरूले हामीलाई प्रभाव पार्ने माध्यम भनेको एउटा ग्रहयोग, गोचर र अर्को हो ग्रहदशा। ज्योतिषशास्त्र अनुसार हाम्रो जीवनमा विशेष गरी नौवटा मुख्य ग्रहहरूको प्रभाव रहन्छ- जसमा सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु। त्यसैगरी मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भाद्रिका, उल्का, सिद्धा र सङ्कटा गरी अष्ट योगिनीहरूको महत्त्व पनि रहन्छ।

ज्योतिष अनुसार ग्रहशान्ति किन गर्ने?
सामान्यत हामीले ग्रह शान्ति गर्नुको मुख्य कारणहरू

  1. जब ग्रहहरू अशुभ स्थानमा हुन्छन् वा कुण्डलीमा दोषयुक्त भएर बस्दछन्; जस्तै माङ्गलिक दोष, गुरु चाण्डाल योग, जडत्त्व योग, अल्पायु योग, ऋण योग, प्रेम विवाह असफल योग, सर्प योग, पितृ दोष, विष योग, ग्रहण योग, दारिद्र योग, कालसर्प योग, कारागार योग आदि छ भने अशुभ फल दिन्छ, त्यसैले अनिवार्य रूपमा विशेष विधिले शान्ति गर्नुपर्दछ।
  2. गोचर दशामा शनिको साढेसाती, अढैयाको प्रभाव पर्दा दुर्घटना, जेल यात्रा, आकस्मिक कार्यमा रुकावट, स्वास्थ्यमा समस्या आइपर्ने हुँदा यसको अनिवार्य रूपमा विशेष विधिले शान्ति गर्नुपर्दछ।
  3. शनि, राहु, केतु, सङ्कटा आदिको महादशा, अन्तर्दशा, प्रति अन्तर्दशा, सूक्ष्म प्रति अन्तर्दशा, दिनदशा र गोचर आदिको प्रभावले नराम्रो फल दिन्छ, त्यसैले अनिवार्य रूपमा विशेष विधिले शान्ति गर्नुपर्दछ।
  4. जन्म समयको मूल आदि नक्षत्र (अश्लेषा, मूल, विशाखा, जेष्ठा) हो जसले गर्दा पिरने या दुःख दिने हुन्छ; त्यसको पनि शान्ति गर्ने शास्त्रीय विधान रहेको छ।
  5. जन्म समयको तिथि (औँशी, चतुर्दशी आदि) आदिको शान्ति हो। यिनै ग्रह तथा नक्षत्रको नकारात्मक प्रभावबाट बचनका लागि विशेष पूजा, पाठ, दान, जप, तप, सत्कर्म, निष्ठा आदि विधिपूर्वक गर्न र गराउन सके अवश्य दोष कम र निवारण हुन्छ।
  6. अस्त ग्रह, वक्र ग्रह, निच ग्रह, रोगेश र द्वादशेशको पालोमा देखिएको कुनै पनि रोग-बिमारको औषधि उपचार गर्दागर्दै पनि निको भएको छैन भने ग्रहशान्ति गरेर उपचार गर्दा छिटो उपचारको फल प्राप्त हुन्छ।
  7. जन्म भाग्यमा पञ्चमेश वा बुधग्रह कमजोर हुँदा बच्चाको पढाइमा ध्यान जाँदैन, चञ्चल हुन्छ र Exam को बेलामा बिरामी हुने वा पढ्न मन नगर्ने बनाउँछ त्यसलाई विधिवत् शान्ति गरेर 100% शुभ परिणाम प्राप्त हुन्छ।
  8. शनि वा राहु पीडित छन् भने, दीर्घरोग, मानसिक तनाव वा दुर्घटना र स्वास्थ्य समस्या हुन्छ।
  9. शुक्र वा बृहस्पतिको कमजोर प्रभावले धन हानि वा व्यापारमा असफलता, आर्थिक हानि हुन्छ।
  10. मंगल दोष (मांगलिक) ले वैवाहिक जीवनमा कलह वा विलम्ब, सम्बन्धमा बाधा हुन्छ।
  11. बुध वा सूर्यको नकारात्मक प्रभावले पढाइ वा जागिरमा समस्या, करियर र शिक्षा समस्या हुन्छ।
  12. ग्रहहरूको ऊर्जालाई सन्तुलित बनाएर जीवनमा शान्ति ल्याउँछ। विशेष गरी नवग्रह शान्तिले नौ ग्रहहरूको प्रभावलाई सामंजस्यपूर्ण बनाउँछ।
  13. जीवनका बाधाहरू (जस्तै विवाह विलम्ब, सन्तान प्राप्तिमा समस्या, रोग) लाई हटाउँछ। वैदिक परम्परामा यसलाई 'ग्रह दोष निवारण' भनिन्छ।
  14. ग्रहशान्तिले सकारात्मक ऊर्जा बढाउँछ, जसबाट धन, स्वास्थ्य र सम्बन्धमा सुधार हुन्छ। उदाहरणका लागि, विवाह अघि नवग्रह शान्ति पूजा गर्दा दाम्पत्य जीवन सुखमय हुन्छ।
  15. रोग, मानसिक तनाव वा दीर्घकालीन समस्या कम हुन्छ। उदाहरणका लागि, शनि शान्तिले जोर्नी दुखाइ वा Depression बाट राहत दिन्छ।
  16. धन हानि रोक्छ र व्यापार/जागिरमा सफलता ल्याउँछ। बृहस्पति शान्तिले धन वृद्धि हुन्छ।
  17. वैवाहिक कलह वा सम्बन्ध विच्छेदको जोखिम कम हुन्छ। नवग्रह शान्तिले दाम्पत्य सुख बढाउँछ र सम्बन्धमा सुधार हुन्छ।
  18. जीवनका बाधाहरू (जस्तै विवाह विलम्ब, सन्तान प्राप्ति) हटाउँछ र सफलता ल्याउँछ।
  19. नकारात्मक ऊर्जा हटाएर सकारात्मक, आध्यात्मिक र मानसिक शान्ति बढाउँछ, जसबाट व्यक्ति मजबुत हुन्छ।
  20. घरमा शान्ति र समृद्धि ल्याउँछ, दुष्ट आँखाबाट सुरक्षा दिन्छ र ग्रहशान्तिले परिवारलाई एकताबद्ध बनाउँछ।
  21. याज्ञवल्क्य स्मृति अनुसार, यसले दुष्टता हटाएर समृद्धि ल्याउँछ।

ग्रह शान्तिका लागि व्रत
'हे व्रतका स्वामिन्! अग्न्यभिमानी देव 'अहं' म 'अनृतात्' असत्यबाट 'सत्यमुपैमि ' सत्यस्वरूप लक्ष्य प्राप्त गर्न सकुँ त्यसैको लागि 'व्रतं चरिष्यामि' व्रत गर्ने छु, मलाई व्रतमा सफल हुने शक्ति दिनुहोस्, मेरो व्रत सिद्ध होस्।' व्रतको बारेमा वेदभगवान् भन्नुहुन्छ- 'व्रतले दीक्षा प्राप्त हुन्छ। दीक्षाले दक्षिणा अर्थात् कुनै पनि कार्यमा कुशल वा दक्ष बनाउँछ।

ग्रहहरूको स्थिति जन्मकुण्डलीमा निर्भर गर्छ, जसलाई 'ग्रह दोष' वा 'Malefic Planets' भनिन्छ। यदि कुनै ग्रह कमजोर, पीडित वा अशुभ घरमा छ भने, यसले जीवनमा विभिन्न समस्या उत्पन्न गर्छ। ग्रहशान्ति यस्ता दोषहरूलाई कम गर्नका लागि गरिन्छ। यो विशेष गरी नयाँ कार्य सुरु गर्दा (जस्तै विवाह, गृहप्रवेश, व्यवसाय सुरु), जन्मदिन, वा कुण्डलीमा विशेष दशा (जस्तै शनि साढेसाती) चलिरहेको बेला गरिन्छ। ज्योतिष अनुसार, ग्रहहरूको ऊर्जालाई सन्तुलित गरेर जीवनलाई सहज बनाउन सकिन्छ। यदि कुण्डलीमा ग्रह दोष छ भने, यसलाई बेवास्ता गर्दा समस्या बढ्न सक्छ, त्यसैले ज्योतिषीको सल्लाहमा ग्रहशान्ति गर्नु आवश्यक हुन्छ। यो एक प्रकारको आध्यात्मिक उपचार हो जसले ग्रहहरूको नकारात्मक ऊर्जालाई सकारात्मकमा रूपान्तरण गर्छ। समग्रमा, ग्रहशान्ति महत्त्वपूर्ण छ किनकि यो विज्ञान र आस्थाको मिश्रण हो।

ज्योतिष अनुसार ग्रहशान्ति कति प्रकारको हुन्छ?
वैदिक ज्योतिषमा ग्रहशान्तिका विभिन्न प्रकारहरू छन्, जुन कुण्डलीको दोष अनुसार निर्धारण गरिन्छ। मुख्य प्रकारहरू निम्नानुसार छन्ः

  1. नवग्रह शान्तिः यो सबैभन्दा सामान्य प्रकार हो जसमा नौ ग्रहहरू (सूर्यदेखि केतुसम्म) को पूजा गरिन्छ। यो यज्ञ, होम वा पूजाबाट हुन्छ र समग्र जीवनको लागि उपयुक्त हुन्छ।
  2. अष्ट योगिनीः अष्ट योगिनी दशामध्ये अशुभ दशा चल्दा वा शुभ दशाको स्वामी अशुभ स्थानमा हुँदा ग्रह शान्ति गरेमा समग्र जीवनको लागि उपयुक्त हुन्छ। 
  3. व्रत/उपवासः सम्बन्धित ग्रहको वार (जस्तै शनिको लागि शनिवार, चन्द्रको लागि सोमवार) व्रत बस्ने गरिन्छ। लग्नमा वा भाग्यस्थानमा कुनै पनि ग्रह कमजोर भएर बस्दा व्रत गरेर त्यो ग्रहको पूर्णफल प्राप्त गर्न सकिन्छ।
  4. रत्न धारणः कुण्डली परीक्षणपछि मात्र सम्बन्धित ग्रहको रत्न धारण गरिन्छ। रत्नलाई मुख्य उपचार नभई सहायक मानिन्छ। कोही व्यक्ति प्रदेश अथवा स्वदेशमा कुनै कामको कारण वा स्वास्थ्यको कारणले व्रत बस्न सक्नुहुन्न भने रत्न धारण गरेर त्यो ग्रहको शुभफल प्राप्त गर्न सकिन्छ।
  5. मूर्ति वा फोटो स्थापनाः घर बाहिर हुँदाभन्दा घरभित्र रहँदा मनमा अशान्ति बेचैनी हुने रिस उठ्ने हुन्छ भने घरमा फोटो वा मूर्तिको स्थापना गरेर केही हदसम्म काम गर्न सक्नुहुन्छ।
  6. यज्ञ वा होम आधारितः ग्रह शान्ति यज्ञ (जस्तै ग्रह शान्ति यज्ञ), जसमा अग्नि होम र मन्त्र उच्चारण हुन्छ। यो शक्तिशाली प्रकार हो।
  7. मन्त्र र दान आधारितः शान्ति मन्त्र (जस्तै शान्ति मन्त्र) जप वा दान (रत्न, धातु, अन्न) बाट हुने प्रकार। यो घरमै गर्न सकिन्छ।
  8. ग्रहजन्य दोष निवारणः कुण्डलीमा रहेका विभिन्न दोषहरू (जस्तै मंगल दोष, कालसर्प योग) को प्रभाव कम हुन्छ।
  9. मन्त्र जपः सम्बन्धित ग्रहको विशेष मन्त्रलाई निश्चित संख्यामा जप गरिन्छ।
  10. हवन (यज्ञ): मन्त्र जपको दशांश (१०%) संख्यामा अग्निमा आहुति दिइन्छ। प्रत्येक ग्रहको लागि फरक-फरक सामग्री (जस्तै सूर्यलाई आक, शनिलाई कालो तिल) प्रयोग गरिन्छ।
  11. स्तोत्र पाठः नवग्रह स्तोत्र वा सम्बन्धित ग्रहको विशेष स्तोत्र (जस्तै आदित्य हृदय स्तोत्र, शनि स्तोत्र) को पाठ गरिन्छ 
  12. जीवनमा सुख-शान्तिः नियमित ग्रहशान्ति पूजा गर्नाले जीवनमा शान्ति, सुख र समृद्धि बढ्छ।
  13. शत्रु भयबाट मुक्तिः विशेष गरी सूर्य र मंगलको शान्तिले शत्रुजन्य पीडा र भयबाट मुक्ति मिल्छ।
  14. नकारात्मक ऊर्जाको नाशः त्येक मन्त्रले वातावरणमा रहेको नकारात्मक ऊर्जालाई नष्ट गरेर सकारात्मक ऊर्जाको सृजना गर्छ। विशेष गरी दुर्गा सप्तशती, रुद्री, शनि मन्त्र आदिले नकारात्मक शक्तिहरू (ग्रह दोष, भूत-प्रेत बाधा) बाट रक्षा गर्ने।
  15. दानः सम्बन्धित ग्रहसँग जोडिएका वस्तुहरू (जस्तै सूर्यको लागि गहुँ, तामा; चन्द्रको लागि चामल, चाँदी; शनिको लागि तिल, फलाम) दान गरिन्छ।

मन्त्र नै भगवान हुन् (अभिन्न सम्बन्ध)
वेद र तन्त्र शास्त्रमा भनिएको छ कि "मन्त्र र देवता (भगवान) बीच कुनै भिन्नता छैन।" मन्त्र नै भगवानको ध्वनि स्वरूप हो।
हरेक देवताको आ-आफ्नो बीज मन्त्र (जस्तै कृष्णको 'क्लीं', शिवको 'ॐ नमः शिवाय', दुर्गाको 'दुं') हुन्छ। यी मन्त्रहरू देवताको सगुण (मूर्ति) रूप जस्तै पवित्र र शक्तिशाली मानिन्छन्। त्यसैले जब हामी मन्त्र जप गर्छौं, हामी त्यो देवताको उपासना नै गरिरहेका हुन्छौ। मन्त्र जप गरेर अशुभ ग्रहको प्रभाव कम गर्न सकिन्छ।

ध्वनि नै त्यो माध्यम हो जसले सीमित जीवात्मालाई असीम परमात्मासँग जोड्छ। मन्त्रको नियमित जपले व्यक्तिको चेतनाको स्तर उठाउँदै लैजान्छ। जब मन्त्र जप गहिरो भक्ति र श्रद्धाका साथ गरिन्छ, त्यतिबेला भक्तको हृदय र भगवानको निवास बीच एउटा ऊर्जाको पुल बन्छ। त्यसपछि भक्तले भगवानको सान्निध्य महसुस गर्न थाल्छ। उदाहरणः पाञ्चभौतिक जगतमा बिजुलीका तार हुन्छन्। ती तारमा विद्युत् प्रवाह भएपछि बत्ती बल्छ वा पंखा चल्छ। त्यसरी नै, मन्त्र एउटा तार हो र मन्त्रको शुद्ध उच्चारण र जप गर्नु भनेको त्यस तारमा Switch On गर्नु हो। Switch On गरेपछि त्यस तारमा विद्युत् (चेतना/भगवानको शक्ति) प्रवाह हुन थाल्छ र व्यक्तिले त्यसको अनुभूति गर्न थाल्छ।

+977-9844768353 +977-9823646855