मेष राशि (Aries) वैदिक ज्योतिषमा राशि चक्रको पहिलो राशि हो। यसको प्रतिक मेष (भेडा) हो। मंगलले ऊर्जा, साहस, नेतृत्व र क्रिया शक्ति दिन्छ। मेष राशिका जातकहरू सामान्यतया जन्मदाता, उत्साही र महत्वाकांक्षी हुन्छन्। Boss बन्न मन पराउने आदि।
मेष राशिमा अश्विनी नक्षत्र (चू, चे,चो, ला), भरणी नक्षत्र: (लि, लु, ले, लो) कृत्तिका नक्षत्र: (अ) अक्षरको मिलनबाट बनेको हुन्छ। वर्ण क्षत्रिय र वश्य चतुष्पद अर्थात् चारखुट्टे हो। योनीमा घोडा, नमिल्ने योनी महिष हो, अश्विनी नक्षत्र हुनेको देवगण र नाडी आद्य हुन्छ। भरणीको नर गण र नाडी मध्य हुन्छ। कृत्तिका नक्षत्र हुनेको राक्षस गण र नाडी अन्त्य हुन्छ। मेष राशिको स्वभाव चर अर्थात् चञ्चल हुन्छ। मेष राशि हुनेहरूलाई पूर्व दिशा उत्तम हुन्छ। मेष राशिलाई कन्या राशि शत्रु हुन्छ। यस राशि पुरुष राशि हो।
- तत्त्व (Element): अग्नि (Fire)
- स्वामी (Ruling Planet): मंगल (Mars)
- प्रकृति (Nature): पित्त, चर (Movable), उग्र (Fierce), वश्य-चतुष्पद, लिङ्ग-पुरुष, गुण-राजसी, वर्ण-क्षत्रिय, बली समय-रात्रि, उदय स्थिति-पृष्ठोदय, शरीरमा स्थान-शिर र अनुहार
- Lucky Number: 9, 18, 27, 36, 45, 54 (All bring to 9 number)
- Lucky Color: Dark Red, Maroon
- Lucky Day: Tuesday
- Lucky Direction: East, South
- Unlucky: Sunday, West, मेष राशि (Aries)
- यन्त्र: गणेश वा मङ्गल यन्त्र
- रुद्राक्ष: 3 मुखी रुद्राक्ष
- Habit (स्वभाव): साहसी, उत्साही, नेतृत्वकारी, स्वतन्त्र, तेज निर्णय लिने, महत्वाकांक्षी, सीधा बोल्ने, क्रोधी
- Positive Point: साहसी, ईमानदार, अग्रगामी, आत्मविश्वासी, ऊर्जावान, स्वतन्त्र विचार वाला, चुनौती मन पराउने
- Negative Point: चञ्चल, अस्थिर, आवेगपूर्ण, क्रोधी, जिद्दी, अधुरो काम छोड्ने, स्वार्थी हुन्छन्
- Lucky Gemstone: मुँगा (Red Coral)
- Weight: 6 देखि 8 Carat को मुँगा रत्नलाई पञ्चधातु, सुन वा तामामा धारण गर्नुपर्छ।
- Finger: दाहिने हात (Right Hand) को साइली औँला (Ring Finger) मा धारण गर्नुपर्छ।
- मुगा रत्न धारणको फाइदा: आत्मविश्वास वृद्धि, Energetic, शत्रुमाथि विजय प्राप्त, हड्डी र रगत सम्बन्धी रोग हटाउन, घर-जग्गा कारोबारमा अत्यन्तै लाभदायक हुन्छ।
- Note: विधिवत् प्राण प्रतिष्ठा गरेर मङ्गलबारको दिन धारण गर्नुपर्दछ।
मेष राशिप्रधान व्यक्ति स्वतन्त्र निर्णय लिन समर्थ हुने, कठीन कार्यलाई आफैले समाधान गर्न अग्रसर हुने, साहसिक कार्य गर्नमा आनन्द मान्ने, लड्ने भिड्ने प्रवृत्ति सजिलो लाग्ने, शरीर हृष्टपुष्ट भएको, विशाल मस्तिष्क हसिलो चेहरा भएको हुन्छ। मेष राशि हुनेको चञ्चल स्वभाव हुने, अति साहसी, स्फूर्तिवान्, उच्चआकांक्षी, दृढनिश्चयी, शीघ्र आवेशमा आउने, प्रत्येक कुरामा आफ्नो भनाइलाई माथि पार्नुपर्ने भएको, नेतृत्वदायी शक्ति भएको, आफ्नो समस्या आफैले समाधान गर्न सक्ने क्षमता भएको, तर आवेशमा आएर कुनै काम गर्न थाल्यो भने तुरुन्तै विग्रर्न सक्ने हुन्छ। उग्रप्रकृति, हठी स्वभाव, निर्भय, पराक्रमी, बुद्धिमान्, चतुर तथा केही उदारभावना भएको, स्वतन्त्र विचार धारा भएको, रजोगुणी, प्रभावशाली, धार्मिक कृत्यमा मन लगाउने, प्रगतिशील, परिवर्तनशील तथा कुलदीपक हुन्छ। राजनैतिक तथा सामाजिक प्रभाव उच्च भएको, भाइसँगको सम्बन्ध मध्यम, जग्गाजमिन जोड्नमा तीव्र इच्छा राख्ने हुन्छ। व्यक्ति उग्र परिवर्तनकारी हुन्छ। यस राशिका व्यक्तिले क्षेत्री, गुरुङ्ग र तामाङ्गजस्ता जातजातिहरुसँग सङ्गत गरेमा राम्रो हुनेछ। मेष राशिहुनेको ईष्टदेवमा गणेश, दुर्गा र हनुमान हुन्। कागतीको स्वादजस्तो अमिलो मन पराउनु यस राशिको विशेषता हो। मेष राशिलाई सुख्खा पाखोबाली, बाँझो जग्गाहरु फाप्ने र कोप्न बिझाउने सम्पूर्ण काँडादारहरु वस्तुहरू उपयुक्त हुन्छन्। ठोस र तरल पदार्थमध्येमा मट्टीतेल, डिजेल, पेट्रोल, मोवाइल, पटका लगायतका उच्च प्रज्वलनशील पदार्थहरू राम्रा हुन्छन्। मेष राशि भएकालाई घस्ने तेल, खुर्सानी, आँप, निवुवा, कागती, अदुवा, अलैंची लगायतका मसलाहरु र मरिच खान मनपर्ने हुन्छ।
ज्योतिषशास्त्रअनुसार मेष राशि कालपुरुषको माथा (शिर) मानिन्छ। यदि यो तपाईको लग्न, चन्द्रमा, सूर्य वा सामान्य रूपमा प्रयोग हुने नाम राशि हो भने- तपाईको भाग्येश गुरु, लाभेश शनि, धनेश शुक्र, सुखेश चन्द्रमा र पराक्रमेश बुध हो। मेष राशि भएका व्यक्तिहरूको कद प्राय: मझौला, शरीर पातलो तर सुगठित हुन्छ। छालाको रङ गेहुँगोरो र सफा भए पनि अत्यधिक चम्किलो हुँदैन। तैपनि उनीहरूको व्यक्तित्व सुन्दर र आकर्षक हुन्छ। आँखाहरू मनमोहक, दृष्टि तेज र तीक्ष्ण हुन्छ। अनुहार र घाँटी केही लामो, भौंमा घना रौँ तथा टाउकोका कपाल केही रुखा-रुखा प्रकृतिका हुन्छन्। मेष राशि भएका व्यक्तिमा दबदबा र आत्मविश्वास प्रबल हुन्छ। यस राशिको स्वामी ग्रह मंगल भएकाले मंगलका सबै गुण-साहस, ऊर्जा, तिखोपन उनीहरूमा देखिन्छन्। मंगल अष्टमेश पनि भएकाले कहिलेकाहीँ अत्यधिक क्रोधमा अन्धाजस्तो व्यवहार गर्न सक्छन्। सामान्यत: यिनीहरूको प्रकृति पित्तप्रधान हुन्छ। जीवनमा दुर्घटना, चोटपटक, आगोले पोल्ने, काटिने वा हतियारबाट क्षति पुग्ने सम्भावना रहन्छ, विशेष गरी बाल्यकालमा। राशिचक्रको सञ्चालन मेषबाट हुने भएकाले यो पहिलो राशि हो। अंग्रेजीमा यसलाई ARIES भनिन्छ। मेष एक चर र अग्नि तत्त्व राशि हो। यसको दिशा पूर्व, रङ रातो, स्वभाव उग्र, क्रूर, प्रभाव तातो र शुष्क मानिन्छ। यो पुरुष, विषम र क्षत्रिय राशि हो। दिनमा बलियो मानिने यो राशि पर्वत र वन क्षेत्रमा वास गर्ने संकेत गर्छ। मेष राशि भएका व्यक्तिहरू निर्माणकर्ता, अगुवा र नेतृत्वदायी हुन्छन्। उनीहरू अरूको अधीनमा भन्दा स्वतन्त्र रूपमा काम गर्न रुचाउँछन्। यी व्यक्तिहरूमा साहस कूट-कूट गरी भरिएको हुन्छ। हिम्मत, शक्ति, फुर्तिलोपन र तेज स्वभावका कारण कहिलेकाहीँ छिटो रिसाउने पनि हुन्छन्। अत्यन्त महत्वाकांक्षी, निडर र जोखिम लिन सक्ने स्वभावका हुन्छन्। झगडा, प्रतिस्पर्धा र संघर्षसम्बन्धी काममा दक्ष हुन्छन्। उदारता र निस्वार्थ सेवा यिनको प्रमुख गुण हो। चर राशि भएकाले यिनीहरू परिवर्तनशील हुन्छन् र आफ्नो कुरा जसरी पनि मनाएरै छाड्छन्। आफूलाई बुद्धि र ज्ञानमा अगाडि ठान्ने प्रवृत्ति हुन्छ। रिस उठेपछि शान्त हुन समय लाग्छ। इच्छाशक्ति अत्यन्त प्रबल हुन्छ-जुन काम समाते, पूरा गरेरै छाड्छन्। चाकडी मन पर्छ, तर आलोचना सहन सक्दैनन्। हतारमा काम गर्ने बानीका कारण कहिलेकाहीँ असफलता पनि हात लाग्छ। काम सुरु गर्दा उत्साह धेरै भए पनि अन्त्यसम्म उस्तै रहँदैन। समग्रमा मेष राशि भएका व्यक्तिमा चतुरता, कुशलता, न्यायिक सोच, दृढता र सामना गर्ने साहस प्रशस्त हुन्छ। आत्मसम्मान, उदारता र साहस प्रशंसनीय हुन्छ। धार्मिक भावनासँगै कला, सौन्दर्य, रङ-राग, चित्रकला, चलचित्रप्रति रुचि राख्छन्। यिनको चाकडी गरेर काम निकाल्न सजिलो हुन्छ। प्रेम र मित्रता छिटो गाँस्छन् तर धेरैजसो स्थायी हुँदैनन्। मित्रलाई सहयोग गर्छन्, तर मित्रहरूबाटै ईर्ष्या बढ्ने हुँदा शत्रु बन्ने सम्भावना हुन्छ। यद्यपि शत्रुहरूले यिनलाई ठूलो क्षति पुर्याउन सक्दैनन्। सामान्यतया २८ वर्षअघि विवाह हुन्छ। मंगल र शुक्र कमजोर भए २९ वर्षतिर विवाह हुन सक्छ। पारिवारिक तथा सन्तान सुख सीमित हुन्छ। मेष राशि भएका व्यक्ति घुमफिर र यात्राप्रेमी हुन्छन्। टाढा-टाढाका राम्रा स्थानमा घुम्ने अवसर पाउँछन्। सैनिक, प्रहरी, प्रशासन, शासन, सर्जन, डाक्टर, मेसिन, भट्टी, फलाम तथा धातुसम्बन्धी काममा सफलता पाउँछन्। खर्चालु स्वभावका हुँदा कहिलेकाहीँ फजुल खर्च पनि हुन्छ। यदि मंगलसँग बुधको योग भए बुद्धि तीक्ष्ण हुन्छ, तर कहिलेकाहीँ झूट बोल्ने बानी पनि देखिन्छ। बाल्यकालमा प्रगतिको बाटोमा बाधा आउँदा सुख कम हुन्छ। पढाइमा तेज, खेलकुदमा सक्रिय, विज्ञान, प्राविधिक शिक्षा, चिकित्सा र फाइन आर्ट्समा रुचि बढी हुन्छ। शरीर पातलो तर बलियो भएकाले रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ। सम्भावित रोगहरूमा टाउको दुखाइ, ज्वरो, टाउकोमा चोट, नाकबाट रगत बग्ने, मिर्गी, पेट समस्या, ग्यास, रक्तचाप, आगो वा हतियारबाट चोटपटक पर्छ। काम अघि सोचेर अघि बढे धेरै संकट टार्न सकिन्छ।
| नक्षत्र | नामाक्षर | गण | नाडी |
| अश्विनी | चु, चे, चो, ला | देव गण | आद्य नाडी |
| भरणी | लि, लु, ले, लो | नर गण | मध्य नाडी |
| कृत्तिका | अ | राक्षस गण | अन्त्य नाडी |
- चु, चे, चो - वर्ग: सिंह, शत्रु वर्ग: मृग
- ला, लि, लु, ले, लो - वर्ग: मृग, शत्रु वर्ग: सिंह
- अ - वर्ग: गरूड, शत्रु वर्ग: सर्प
पढाई
सर्जन, डाक्टर, इन्जिनियर, खेलकुद र प्राविधिक Teeth Dentist, Blood Hematologist, Radiology Radiologist, Cybersecurity Engineer, Software Development Engineer, Computer Hardware Engineer, Data Engineer, Joint & Arthritis Rheumatologist, Bone Orthopedic, Machine Learning, AI-Engineer, Medical, Physics
कार्यक्षेत्र
Army, Police, Property Dealing, Electronics Related, Sports, Fire, Brigade, War Zone, दाल, जग्गा, अचल सम्पत्ति, तामाका वस्तुहरू, वर्कसप, मील, मेसिनरी, खानीविज्ञान, भूर्गभविज्ञान, बारुणयन्त्र, एम्बुलेन्स सेवा
वैदिक मन्त्र
ॐ अग्निमूर्धा दिव: ककुत्पति: पृथिव्या अयम्।
अपा℧ रेता℧ सिजिन्वति॥
बिज मन्त्र
ॐ हूं श्रीं भौमाय नम:
तान्त्रिक मन्त्र
ॐ अं अङ्गारकाय नम:
गायत्री मन्त्र
अङ्गारकाय विद्महे शक्तिहस्ताय धीमहि। तन्नो भौम: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू
मेष राशिमा मंगलको प्रभाव बढी हुन्छ, जसले क्रोध, अधीरता वा स्वास्थ्य समस्या (टाउको दुखाइ, रक्त सम्बन्धी) निम्त्याउन सक्छ। यी सरल उपायहरूले शान्ति मिल्छ:
- मंगलवार व्रत राख्नुहोस् वा हनुमान चालिसा/सुन्दरकाण्ड पाठ गर्नुहोस्।
- हनुमानजीको पूजा गर्नुहोस् - मंगलवार सिन्धूर चढाउनुहोस्।
- रातो चन्दनको तिलक लगाउनुहोस् वा रातो कपडा दान गर्नुहोस्।
- दान: मंगलवार रातो वस्तु (जस्तै गुड, रातो कपडा) गरिबलाई दान गर्नुहोस्।
- रातो रूमाल सधैं जेबमा राख्नुहोस् - ऊर्जा बढाउँछ।
अन्य सरल उपाय:
- रातो वस्त्र लगाउनुहोस्।
- मंगलवारमा मिठाई वा बूँदीको प्रसाद बाँड्नुहोस्।
- तीन मुखी रुद्राक्ष धारण गर्नुहोस्।
- नीमको दातुन गर्नुहोस् वा नीमको रूख रोप्नुहोस्।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका