मकर राशि उत्तरषाढा नक्षत्र (भो, जा, जी) श्रवण नक्षत्र (खी, खू, खे, खो) धनिष्ठा नक्षत्र (गा, गी) जस्ता अक्षरहरुको सम्मिलनबाट बनेको हुन्छ। राशिचक्रको यो दशौँ राशि हो। यसको प्रतिनिधि चिन्ह Crocodile मानिन्छ र कालपुरुषको घुँडासँग सम्बन्धित मानिन्छ। यसको क्षेत्र २७०° देखि ३००° डिग्रीसम्म रहन्छ। यस राशिमा मंगल उच्च फल दिने र गुरु नीच फल दिने मानिन्छ। भाग्येश बुध, लाभेश मंगल र धनेश शनि हुन्छ। शुक्र ग्रह योगकारक हुन्छ। मकर राशि हुनेलाई सिंह राशि शत्रु हुन्छ। यो जल राशि यसको स्वामी शनि ग्रह हो। मकर राशि सम, रजोगुणी, पृष्ठोदय राशि, वर्ण वैश्य, सौम्य स्वभाव, रात्रि बलि, स्त्री, चर राशि हो अर्थात् चञ्चल स्वभावको मानिस हुने गर्दछ। यो धातु संज्ञक, दक्षिण दिशासँग सम्बन्धित तथा यसको विचरण स्थान भूमि हो। यो यो राशि हो र यसको प्रभाव चिसो तथा सुख्खा हुन्छ। यस राशिको मानिस केही अल्छी हुनेछ। महत्वाकांक्षी, मेहनती र लक्ष्यप्रति दृढ, व्यावहारिक, अनुशासित र जिम्मेवार, समयको सदुपयोग गर्ने र दीर्घकालीन योजना बनाउने, नेतृत्व क्षमता उच्च, राम्रो आयोजक र व्यवसायी बन्दछन्। समयको मूल्य बुझ्छन् र सफलताको लागि कडा परिश्रम गर्छन्।
- तत्त्व (Element): पृथ्वी (Earth) – व्यावहारिक, स्थिर र भौतिक सुखसँग जोडिएको।
- स्वामी (Ruling Planet): शनि (Saturn) – अनुशासन, कर्म, कठिनाइ र दीर्घकालीन सफलताको ग्रह।
- प्रकृति (Nature): चर (Movable), सम, सौम्य, प्रतीक-आधा बाख्रा र आधा माछा, वश्य-चतुष्पद, लिङ्ग-स्त्री, गुण-तमोगुणी, वर्ण-वैश्य, बली समय-रात्रि, उदय स्थिति-पृष्ठोदय, शरीरमा स्थान-Joint, Knee
- Lucky Number: 8, 17, 26, 35, 44, 53 (All bring to 8 number)
- Lucky Color: Black, Blue, Sky Blue, Brinjal
- Lucky Day: Saturday
- Lucky Direction: South
- Unlucky: North, सिंह राशि (Leo), Tuesday
- यन्त्र: शनि, शिव, भैरव, यम, महामृत्युञ्जय यन्त्र
- रुद्राक्ष: 7 मुखी रुद्राक्ष
- Habit (स्वभाव): नयाँ सुरुवात गर्ने, नेतृत्व क्षमता उच्च, राम्रो आयोजक, व्यवसायमा चातुर्य, पुराना विचारधारा, सहनशील तर आशावादी, इतिहासकार, अनुसन्धानकर्ता
- Positive Point: इमानदार, वफादार र परिवारप्रति समर्पित, धैर्यवान्, कठिन परिस्थितिमा पनि हार नमान्ने, निडर र स्पष्ट विचार भएका, जीवनमा ताल र सन्तुलन कायम राख्ने क्षमता, बहुमुखी प्रतिभा, दानशील
- Negative Point: कठोर, भावनाहीन देखिने, अति महत्वाकांक्षी हुँदा अरूलाई चिसो व्यवहार गर्ने, माफ गर्न गाह्रो, जिद्दी, काममा मात्र केन्द्रित हुँदा पारिवारिक सम्बन्धमा झैझगडा,
- Lucky Gemstone: नीलम (Blue Sapphire) – यसले सफलता, स्थिरता, अनुशासन र स्वास्थ्यमा लाभ दिन्छ।
- Weight: 4 देखि 10 Carat को नीलम रत्नलाई पञ्चधातु, सुन वा फलाम धारण गर्नुपर्छ।
- Finger: दाहिने हात (Right Hand) को माझी औँला (Middle Finger) मा धारण गर्नुपर्छ।
- नीलम रत्न धारणको फाइदा: फसेको धन फिर्ता गराउने र अचानक धन लाभ, भ्रम र द्विविधा हटाएर निर्णय लिने क्षमतामा वृद्धि, शत्रुहरूबाट रक्षा गर्ने, तन्त्र-मन्त्रको असरबाट जोगाउने, कार्यक्षेत्रमा प्रगति, हड्डी, जोर्नी, बाथ रोग (Arthritis) कम गर्न
- Note: विधिवत् प्राण प्रतिष्ठा गरेर शुक्रबारको दिन धारण गर्नुपर्दछ।
लामो देह भएको, ठूलो दाँत भएको, शरीरमा बढी रौं र कपाल रुखो भएको, पेशामा फलामद्वारा निर्मित चिजवस्तुबाट वढी फाइदा हुनेगर्दछ। यस राशिका मानिसहरू स्वभावमा ज्यादै रिसाहा हुन्छन्, उचाई अग्लो हुन्छ। विश्वकर्मा र मुस्लिम सम्पर्क राम्रो हुने गर्दछ। यस राशिका व्यक्ति केही लोभी स्वभावका हुन्छन्। सवारी साधनमा रेल, ट्रक, ट्याक्टर, डोजर, डम्फर, गरुङ्गा सवारी साधनहरु उत्तम फलदायी हुनेछन्। सुख्खा पाखोखेति पनि राम्रो हुन्छ। यस राशिका व्यक्तिले स्वाद डडेको वा तीतो, काँचो तीतो, टर्रो, अनावश्यक ज्यादा पिरो लाग्ने वस्तुहरू बढी मनपराउने हुन्छ। वैदेशिक मामलामा तेल उत्पादन गर्ने देशहरुतर्फ गएर पेशा, व्यवसाय, रोजगार र अध्ययन गर्दा राम्रो हुन्छ। यसका देवता ब्रहमा हुन्, तामसी बुद्धिप्रदान गर्नु यस राशिको गुण हो। पशुचौपाय, पर्वत, बनबाट अत्याधिक फाइदा हुन्छ। यस राशिका स्वामी ग्रह शनि ग्रह भएकाले पश्चिम दिशामा गएर व्यापारव्यवसाय गर्दा पनि राम्रो हुनेछ। जातक व्यावहारिक ज्ञान र कुशलतामा निपूर्ण हुन्छ। व्यवसायमा चातुर्य र एकान्तप्रिय पनि हुन्छ। व्यक्ति स्वार्थी, धूर्त, दुष्ट, स्वच्छेचारी, मानसिक दुर्बलतायुक्त, मन्दगति भएको, उद्योगहीन, अविश्वासी, घमण्डी, नीचप्रवृत्ति भएको, झगडालु, अर्काको विरोध गर्ने भएको, साँचोझूठो ख्याल नगर्न पनि पछि नपर्ने हुन्छ। दोस्रो व्यक्तिले गरेको प्रगतिमा डाहा गर्ने, रुखोबोल्ने, असन्तुष्ट, व्यसनयुक्त हुन्छन्। अर्काले गरेको गल्तीलाई देख्दा खुसी हुने स्वभाव हुन्छ। धनतृष्णा बढी भएको, सत्ताप्राप्तिको लागि सदैव प्रयत्नशील, उपाधि प्राप्त गर्न झूठ व्यक्तिको आश्रय लिन पनि पछि नपर्ने हुन्छ। तिथिहरुमा चतुर्थी, नवमी, चतुर्दशी तिथिहरु अनिष्टदायक हुन्छन्। वृष, मिथुन, कन्या, तुला र कुम्भ राशिसँग मित्रता हुने हुन्छ। मेष, कर्कट, सिंह तथा वृश्चिक राशिसँग शत्रुता हुने हुन्छ।
यी जातकहरू अनुशासनप्रिय, घमण्डी, आफ्नै बारेमा बढी सोच्ने र गर्ने, फुर्तीसँग गर्छन्। काममा निरन्तर लागिरहन्छन् तथा पूरै मेहनत गर्छन्। यदि कुप्रभाव परेमा जातक बेइमान, स्वार्थी, लोभी, कञ्जुस, आलसी र अत्यन्त निराशावादी बन्छन्। यी जातक पुराना विचारधाराका हुन्छन्। जीवनमा कठिनाइ र अवरोधहरू रहन्छन्, तर तिनको धेरै चिन्ता गर्दैनन्। जुन काममा हात हाल्छन्, सफल नभएसम्म छोड्दैनन्। पढाइमा कठिनाइ र अवरोध आइरहन्छ। शत्रुको डर हुन्छ र धेरै छिटो मित्र बनाउँदैनन्। तर जससँग मित्रता गर्छन्, तिनबाट आफूले चाहेको काम गराउने कला हुन्छ। व्यावहारिक जीवन र सुखमा अरू मानिसहरूले अवरोध पुर्याउने गर्छन्। संगठन गर्ने क्षमता बढी हुन्छ। शान्त/मौन चित्तका, सहनशील, गहिरो सोच–विचार गर्ने र सत्ताका पनि लोभी हुन्छन्। राजनीतिका दाउ-पेच राम्ररी जान्दछन् र आफ्ना हितका लागि धेरै कुरा गर्छन् तथा बेला–बेलामा पल्टी पनि मार्छन्। यद्यपि स्वभावमा उत्साह हुन्छ, तर क्रोधमा आउँछन् र झगडा पनि गर्छन्। आत्मविश्वासको कमी हुँदैन तरपनि कायर, डरपोक र लोभी हुन्छन्।
र्यक्षेत्र
प्रशासन, सरकारी जागिर, वास्तुकला, कृषि, राजनीति, Automobile, धातुसम्बन्धी व्यापार, Engineering, मेसिन, छाला, काठ, आलु, कालो दाल, तोरीको तेल, कालो वस्तुहरू, कालो वस्त्र, फलाम, खनिज पदार्थ, प्रबन्धन वा उच्च पदका जागिर, सफल उद्यमी, म्यानेजर, नेता, तेल, तिल, नून, माँस र मदिराहरु, केमिकल उत्पादन, ज्वलनशील पदार्थ, कोइला, सडक निर्माण, ढुंगा आपूर्ति तथा यस्तै अन्य कार्यसँग सम्बन्धित ठेक्काको काम, वकिल र न्यायधीश, मेसिनरी, पेट्रोल पम्प, कच्चा तेल, पेट्रोलियम व्यवसाय, तेल तथा Refinery, अत्यधिक परिश्रम आवश्यक पर्ने कामहरू
वैदिक मन्त्र
ॐ शन्नो देवीरभिष्टयऽआपो भवन्तु पीतये।
शंय्योरभिस्रवन्तु न:॥
बिज मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम:
तान्त्रिक मन्त्र
ॐ शं शनैश्चराय नम:
गायत्री मन्त्र
सूर्यपुत्राय विद्महे मृत्युरूपाय धीमहि। तन्न: सौरि: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू
- शनिवारमा हनुमान मन्दिरमा गएर हनुमान चालिसा पाठ गर्नुहोस् वा तेल दान गर्नुहोस्।
- कालो तिल (black sesame) पानीमा मिसाएर स्नान गर्नुहोस् – यो तनाव र नकारात्मक ऊर्जा हटाउँछ।
- शनिवार दान: कालो कपडा, कालो उडद, तेल, जूता वा फलाम दान गर्नुहोस्।
- नियमित रूपमा ॐ नम: शिवाय वा शनिको मन्त्र जप गर्नुहोस्।
- कालो वा गाढा नीलो रंगका कपडा लगाउनुहोस्, र शनिवार उपवास वा फलाहार गर्नुहोस्।
- घरमा शान्तिका लागि शनिवार बिहान सूर्योदयअघि उठेर ध्यान वा प्रार्थना गर्नुहोस्।
- गरिब वा वृद्धहरूलाई खाना/सहयोग दिनुहोस् – यसले शनिको क्रोध शान्त गर्छ र मानसिक शान्ति दिन्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका