वैज्ञानिक दृष्टिकोणमा (Scientific Basis)
सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह शनिग्रह हो। यो एउटा ग्यासको पिण्ड (Gas Giant) हो जसमा ग्यास नै ग्यास रहेको छ। यसमा ठोस सतह नै छैन। यो एकदम तिब्र गतिले घुम्छ। यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरिन्छ। शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले ९.६८ (km/s) किलोमिटर प्रति सेकेण्डको औसत गति (Orbital Speed) ले आफ्नो ध्रुवमा एक फन्को लगाउँछ। पृथ्वी र शनि बीचको दूरी 8.52×149,597,870.7≈1,274,176,973 km रहेको छ। शनि ग्रहले सूर्यको एक फन्को (Orbital Period) लगाउन २९.४४७५ पृथ्वी वर्ष लगाउँछ, जुन हाम्रो पृथ्वीको लगभग ११,८६२ दिन बराबरको समय हो।
पौराणिक आधार (Mythological Basis)
शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज (काल) यिनका भाइ हुन् र बहिनी यमुना हुन्। शनि ग्रहको बहान गिद्द/काग हो। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरेको हुन्छ। यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग भएको थियाे। शनिको तेस्रो, सातौँ र दशौँ दृष्टिले जातकको करियरमा प्रभाव पार्छ।
ज्योतिषीय आधार (Astrology Basis)
शनि ग्रह मकर राशि र कुम्भ राशि, पुष्य, अनुराधा र उत्तराभाद्रपदा नक्षत्रको स्वामी हाे। शनिकी पत्नी उल्का हुन्। उल्काको दशावधि ६ वर्षको हुन्छ। शनये क्रमति सः नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्म मुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ। शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन् तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर (AI) बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ। शनेस्तु त्रिदशे पूर्णदृष्टि शनि ग्रह आफू बसेको ठाउँबाट तृतीय र दशम भावमा पूर्ण दृष्टि दिन्छ। सूर्यको अंशबाट शनि १७° अंश भित्र हुँदा शनि अस्त हुन्छ।
शनिको अन्यनामहरू
ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ।
शनिको समय अवधि
- षडादित्ये दशेन्दौ - बुध ग्रह बिंशोत्तरी दशामा १६ वर्ष चल्दछ।
- रविरष्टमन्दे - त्रिभागी दशामा १२ वर्ष ८ महिना चल्दछ।
साढे सातीशनि
द्वादशे जन्मभे राशौ द्वितीये च शनैश्चरः।
सार्धानि सप्तवर्षाणि तदा दुःखैर्युतो भवेत्॥
……………….. (Link)
ज्योतिषमा शनि ग्रहको महत्व
ज्योतिषमा शनिलाई आयु, नोकरी, फलाम, माटो मुनिका वस्तु, Agent (Middle Man) दुःख तथा प्राविधिक पक्षको कारक ग्रह मानिन्छ।
शनिको मित्र र शत्रु ग्रह
- शनिको मित्र ग्रह बुध र शुक्र।
- शनिको शत्रु ग्रह सूर्य, चन्द्रमा र मङ्गल।
- Lucky Number: 8, 17, 26, (All bring to 8 number)
- Lucky Color: Black, Blue
- Lucky Day: Saturday
- Lucky Direction: West
जन्मकुण्डलीमा शनिसँग राहु वा केतु एउटै राशीमा हुँदा त्यसलाई "पितृदोष" मानिन्छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तरकलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा झै-झगडा र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। पितृदोषको अनिष्ट निवारण गर्नु आवश्यक हुन्छ। शनिसँग सम्बन्धित सबैभन्दा उत्तम व्यवसायहरूमा फलाम, कोइला खानी, पेट्रोल, कालो ढुंगा, निर्माण सामग्री, तेल आदि।
मन्दः करोति कलहं तनुकृच्छ्रमृत्युंबन्ध्वार्तिमग्निरिपुभूतभयं
मानार्थहानिमभिमानकलत्रपुत्र-नाशं गृहार्थकृषिवाणिजगोविनाशम्॥
यदि शनि शरीर र आत्माको राशिमा छ भने, विवाद (झगडा), शारीरिक पीडा, मृत्यु, आफन्तहरूलाई विपत्ति, आगोको डर, शत्रु र भूतको त्रास, विषबाट पीडा, धन, सम्मान, आत्मसम्मान, पत्नी, छोरा, घर, धन, कृषि, व्यवसाय, गाई आदि नष्ट हुन्छन्।
शनिलाई एक पाप ग्रह मानिन्छ। यसले मानिसलाई दुर्भाग्य र संकटका घेरामा पारेर अन्ततः उसलाई शुद्ध र सात्त्विक बनाइदिन्छ। जातकको कुण्डलीमा शनिलाई बुढा-बुजुर्ग तथा नोकरको कारक ग्रह मानिन्छ। शनि सप्तम स्थानमा बलवान् हुन्छ। शनि ग्रह मकर र कुम्भ राशिको स्वामी हो।
शनि खराब स्थितिमा छ भने जातकलाई आफ्ना घरका ठूला-बुजुर्गहरूको सहयोग प्राप्त हुँदैन र प्रायः कुनै न कुनै रोगले सताइरहन्छ। जातकलाई हड्डी वा जोर्नीसम्बन्धी समस्या उत्पन्न हुन्छ। शनि ग्रह लामो समयसम्म चल्ने रोगको कारक हो। शनि ग्रहको दशा आएमा जातक कुनैपनि दीर्घ रोग, पारिवारिक झमेला, कार्यमा रुकावट, पैसा फस्ने, चोटपटक लाग्ने, मुद्दामामिला पर्ने मध्ये कुनै न कुनै समस्या 100% हुन्छ।
शनि ग्रहको कार्यक्षेत्र
- शनि र सूर्य दशौँ भावसँग सम्बन्धित छन् भने जातकले सडक निर्माण, ढुंगा आपूर्ति तथा यस्तै अन्य कार्यसँग सम्बन्धित ठेक्काको काम गर्ने हुन्छ।
- कुण्डलीमा शक्तिशाली शनि भएको व्यक्तिलाई वकिल र न्यायधीश बन्ने वा न्यायिक क्षेत्रमा उच्च पद प्राप्त हुने योग पनि बनाउँछ।
- यदि शनि राशि स्वामी भएर सप्तमेशसँग सम्बन्धित हुन्छ भने जातकलाई फलाम, मेसिनरी र ढुंगाको ठूलो व्यापारी वा निर्माता बनाउँछ।
- शनिसँग चन्द्रमा र बुधको योग भएमा पेट्रोल पम्प, कच्चा तेल, पेट्रोलियम व्यवसाय, तेल तथा Refinery सँग सम्बन्धित कार्यबाट ठूलो लाभ प्राप्त हुन्छ।
- शनि र मंगलको ग्रहको योग (विशेषगरी लग्न वा दशौँ भावसँग सम्बन्धित) भएमा जातकले धातु उद्योगमा असाधारण सफलता प्राप्त गर्छ।
- चतुर्थ भावमा शनि र मंगलको युति छ भने भूमि भूमिमा विवाद अचानक बेच्नुपर्ने योग बन्छ।
शनि ग्रहको प्रभाव
शनिलाई आयु, दुःख, रोग, पीडा, विज्ञान, प्रविधि, फलाम, खनिज तेल, कर्मचारी, सेवक, जेल आदि कुराको कारक ग्रह मानिन्छ। नौ ग्रहहरूमध्ये शनिको गति सबैभन्दा मन्द हुन्छ। समाजमा शनि ग्रहलाई लिएर नकारात्मक धारणा बनेको छ। धेरै मानिसहरू शनिको नाम सुन्नासाथ डराउन थाल्छन्। तर वास्तविकता त्यस्तो होइन। शनिलाई क्रूर ग्रह मानिए पनि पीडित अवस्थामा भएमा मात्र जातकलाई नकारात्मक फल दिन्छ।
शनि ग्रहको मानव जीवनमा प्रभाव
यदि कुनै व्यक्तिको कुण्डलीमा शनि उच्च अवस्थामा छ भने निर्धन अवस्थाबाट राजसमान स्थितिमा पुर्याउँछ। शनि तीनै लोकको न्यायाधीश हो, त्यसैले व्यक्तिलाई उसको कर्मका आधारमा फल प्रदान गर्छ। शनि ग्रह बलियो भएमा जातकलाई कर्मठ, मेहनती र न्यायप्रिय बनाउँछ। यसले कार्यक्षेत्रमा सफलता दिलाउँछ, धैर्यशील बनाउँछ र जीवनमा स्थिरता कायम राख्न सहयोग गर्छ। यसका साथै आयु वृद्धि पनि गराउँछ।
पीडित शनि
- यदि शनि मंगल ग्रहबाट पीडित छ भने दुर्घटना र कारावासजस्ता परिस्थितिहरूको योग बन्न सक्छ।
- शनि ग्रहलाई क्यान्सर, प्यारालाइसिस, रुघाखोकी, दम, छालाका रोग, शरीरको कुनै अङ्ग Fracture आदि।
कार्यक्षेत्र
Automobile, धातुसम्बन्धी व्यापार, Engineering, मेसिन, छाला, काठ, आलु, कालो दाल, तोरीको तेल, कालो वस्तुहरू, फलाम, केमिकल उत्पादन, ज्वलनशील पदार्थ, कोइला, अत्यधिक परिश्रम आवश्यक पर्ने कामहरू पुराना वस्तुहरू आदिको सम्बन्ध शनि ग्रहसँग हुन्छ।
स्थान
कारखाना, कोइलाको खानी, कारागार, पहाड, जंगल, गुफा, भग्नावशेष, इनार, फोहोर बस्ती तथा कलह-क्लेश हुने स्थानहरू।
रुद्राक्ष
७ मुखी रुद्राक्ष शनि ग्रहका लागि धारण गरिन्छ।
शनि ग्रहको वैदिक मन्त्र
ॐ शं नो देवीरभिष्टय आपो भवन्तु पीतये। शंयोरभिस्त्रवन्तु न:॥
शनि ग्रहको तान्त्रिक मन्त्र
ॐ शं शनैश्चराय नमः॥
शनि ग्रहको बीज मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नमः
शनि ग्रहसँग सम्बन्धित उपायहरू
- कालो तिलको दान गर्नुपर्छ।
- शनिबारको दिन पीपलको रूखमुनि तोरीको तेलमा ७ सरे ७ वटा बत्ती बाल्नुपर्छ।
- तपाईको कुण्डलीमा शनि धेरै कष्ट दिइरहेको छ वा शनि साढेसाती अथवा ढैय्याको समयमा अत्यधिक कठिनाइहरूको सामना गर्नुपरेको छ भने, महिनामा एक पटक मजदुरलाई भोजन गराउनु उपयुक्त हुन्छ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका