राहु ग्रह

ज्योतिषमा राहु ग्रहको महत्व
राहु (“चन्द्रमाको उत्तरी नोड” North Lunar Node) ग्रह हिन्दू ज्योतिषशास्त्रको अनुसार, नवग्रहहरू मध्ये एक र संकटाको स्वामी हो। राहु ग्रह राक्षस स्वरभानुको काटिएको टाउको हो, जसले ग्रहणको समयमा सूर्य र चन्द्रमालाई छेक्छ। यसलाई कलात्मक रूपमा टाउको भएको र शरीर नभएको सर्पको रुपमा चित्रण गरिन्छ। राहुलाई ८ वटा श्याम वर्णको कुकुरले तान्ने रथमा सवार भएको देखाइने गरिन्छ। राहु ग्रह कुनै पनि राशिको स्वामी होइन तर मिथुन राशिमा राहु उच्च र धनु राशिमा नीच हुन्छ। २७ नक्षत्रमध्ये राहु ग्रह आद्रा, स्वाती र शतभिषा नक्षत्रको स्वामी हो। वास्तवमा, सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा र चन्द्रमाको मुख सूर्यतर्फ हुँदा पृथ्वीमा पर्ने चन्द्रमाको छायाँलाई राहु ग्रहको प्रतीक मानिन्छ।

वैज्ञानिक दृष्टिकोणबाट (Scientific Basis)
हेर्दा राहु कुनै भौतिक ग्रह (Physical Planet) होइन, बरु यो एक महत्वपूर्ण खगोलीय बिन्दु हो। राहु त्यो बिन्दु हो जहाँ पृथ्वी वरिपरि घुम्ने चन्द्रमाको कक्षा, सूर्य वरिपरि पृथ्वी घुम्ने क्रान्तिवृत्त (Ecliptic) लाई काट्छ।

धार्मिक दृष्टिले राहु ग्रहको महत्व
धार्मिक दृष्टिले राहु ग्रहको ठूलो महत्व छ। पौराणिक कथाअनुसार, समुद्र मन्थनबाट अमृतको कलश निस्कँदा देवता र असुरबीच अमृतपानका लागि विवाद भयो। त्यही बेला भगवान विष्णुले मोहिनी रूप धारण गरी देवता र असुरलाई दुई अलग-अलग पङ्क्तिमा बसाल्नुभयो।

असुरहरू मोहिनीको सौन्दर्यमा मोहित भई सबै कुरा बिर्सिएर उता मोहिनीले चतुरतापूर्वक देवताहरूलाई अमृत पिलाउन थालिन्। त्यही समयमा स्वरभानु नामक असुर भेष बदलेर देवताहरूको पङ्क्तिमा बसेर अमृत पिउन थाल्यो। सूर्य र चन्द्रमाले स्वरभानुलाई चिनेर भगवान विष्णुलाई जानकारी गराए। तब विष्णुले आफ्नो सुदर्शन चक्रले उसको शिर धडबाट अलग गरिदिनुभयो। यसरी त्यो दुई भागमा विभाजित भयो, जसलाई ज्योतिषमा राहु (शिर) र केतु (धड) ग्रहका रूपमा चिनिन्छ।

भौतिक अस्तित्व छैन
आधुनिक खगोल विज्ञान (Astronomy) अनुसार राहु र केतु (दक्षिण नोड) कुनै ठोस आकाशीय पिण्ड होइनन्। तिनीहरूलाई छाया ग्रह (Shadow Planets) वा गणितीय / काल्पनिक बिन्दु (Mathematical Points) मानिन्छ।

ग्रहणको मुख्य कारण
सूर्यग्रहण र चन्द्रग्रहण हुनमा राहु-केतुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। जब सूर्य, पृथ्वी र चन्द्रमा यी नोडहरू (राहु वा केतु) नजिक एउटै सीधामा आउँछन्, तब मात्र ग्रहण सम्भव हुन्छ।

गति र स्थिति
राहु र केतु सधैं एक-अर्काको ठीक १८० डिग्री विपरीत स्थानमा रहन्छन्। यी दुबै सधैं वक्री गति (Retrograde Motion) मा चलिरहेका हुन्छन्।

ज्योतिषीय आधार (Astrology Basis)
ज्योतिषमा राहु ग्रहलाई एक पापी ग्रह हाे। राहु ग्रह कठोर वाणी, जुवा, यात्रा, चोरी, दुष्ट कर्म, छालासम्बन्धी रोग, रिङ्गटा लाग्ने, धार्मिक यात्रा आदि कुराको कारक मानिन्छ।

शारीरिक बनावट र स्वभाव
वैदिक ज्योतिष अनुसार जस व्यक्तिको जन्मकुण्डलीको लग्न भावमा राहु स्थित हुन्छ, त्यो व्यक्ति सुन्दर र आकर्षक व्यक्तित्वको हुन्छ। यस्तो व्यक्ति साहसिक कार्यबाट पछि हट्दैन। लग्नको राहुले व्यक्तिलाई समाजमा प्रभावशाली बनाउँछ।
यद्यपि यसको प्रभाव धेरै हदसम्म लग्नमा रहेको राशिमा निर्भर गर्छ। लग्नको राहु वैवाहिक जीवनका लागि खासै अनुकूल मानिँदैन।

शुभ फलदायक राहु
यदि कुनै व्यक्तिको जन्मकुण्डलीमा राहु शुभ र बलियो अवस्थामा छ भने, यसले उसको भाग्य चम्काउन सक्छ। बलियो राहुले व्यक्तिलाई तीक्ष्ण बुद्धिको बनाउँछ। यसको प्रभावले व्यक्ति आफ्नो धर्मको पालना गर्छ र समाजमा मान-सम्मान तथा यश प्राप्त गर्छ।

पीडित राहु

  1. कुण्डलीमा राहु पीडित अवस्थामा छ भने जातकले यसको नकारात्मक परिणाम भोग्नुपर्छ। यसले व्यक्तिमा खराब बानीहरू उत्पन्न गराउँछ। पीडित राहुको प्रभावले व्यक्ति छल, कपट र धोखाधडीमा संलग्न हुन्छ।
  2. व्यक्ति मासु, मदिरा तथा अन्य नशालु पदार्थको सेवन गर्छ। पीडित राहुले व्यक्तिलाई अधर्मी बनाउँछ र अरूलाई दुःख दिने प्रवृत्ति बढाउँछ। यस्तो अवस्थामा राहु ग्रहका शान्ति उपायहरू गर्नुपर्छ।

रोग
पीडित राहुका कारण व्यक्तिलाई शारीरिक समस्या पनि देखा पर्छन्। यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। बाडुलकी लाग्ने, पागलपन, आन्द्रासम्बन्धी समस्या, अल्सर, ग्यास्ट्रिक आदि रोगहरू उत्पन्न हुन सक्छन्।

कार्य तथा व्यवसाय

  1. कूटनीति, राजनीति, शिकार, कानुनसम्बन्धी काम, सेवा, दुष्कर्म, चोरी, जादू-टोना, हिंसा आदि कार्यहरूलाई राहु ग्रहसँग सम्बन्धित मानिन्छ।
  2. मासु, मदिरा, गुट्खा, तम्बाकु, बीडी, सिगरेट तथा अन्य नशालु पदार्थहरू राहु ग्रहसँग सम्बन्धित छन्।

पशु-पक्षी तथा जनावर
विषालु जीवहरू राहु ग्रहसँग सम्बन्धित मानिन्छन्।

रुद्राक्ष
आठ मुखी रुद्राक्ष

राहु ग्रहको वैदिक मन्त्र
ॐ कया नश्चित्र आ भुवदूती सदावृधः सखा।
कया शचिष्ठया वृता॥

राहु ग्रहको तान्त्रिक मन्त्र
ॐ रां राहवे नमः

राहु ग्रहको बीज मन्त्र
ॐ ऐं ह्रीं राहवे नमः

राहुको प्रकृति र कार्यशैली
राहुको सम्बन्ध मानसिक भ्रम, छल-कपट, प्रविधि, राजनीति, महत्वाकांक्षा, भौतिक सुख-सुविधा, अचानक हुने लाभ-हानि, धोखा, विदेश यात्रा, लागुऔषध (ड्रग्स), डिजिटल माध्यम, सामाजिक सञ्जाल (सोसल मिडिया) तथा कूटनीतिसँग हुन्छ। राहुले व्यक्तिलाई भ्रमित बनाउँछ, तर यदि यसलाई सही रूपमा नियन्त्रण गर्न सकियो भने अत्यन्त ठूलो सफलता पनि प्रदान गर्न सक्छ।

राहु निम्न विशेषताहरूका लागि परिचित छः

  1. भ्रम र माया उत्पन्न गर्नु
  2. रहस्य तथा गोप्य ज्ञानतर्फ आकर्षण
  3. अत्यधिक महत्वाकांक्षा र लोभ
  4. सत्ता र शक्ति प्राप्त गर्ने तीव्र चाहना
  5. चञ्चल, अस्थिर र भटकिएको मानसिक अवस्था

 राहु र आधुनिक जीवन

  1. आधुनिक युगमा राहुको प्रभाव अझ बढी प्रासंगिक बनेको छ। प्रविधिको विकास, सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ, कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), साइबर अपराध, राजनीति तथा मिडिया जस्ता क्षेत्रहरूलाई राहुको क्षेत्र मानिन्छ।
  2. यदि जन्मकुण्डलीमा राहु शुभ अवस्थामा छ भने व्यक्तिलाई रातारात प्रसिद्धि दिलाउन सक्छ, तर यदि राहु अशुभ भयो भने यसले विनाशतर्फ पनि डोर्याउन सक्छ।

उदाहरणहरू

  1. सामाजिक सञ्जालमा भाइरल हुने व्यक्तिहरू - राहुको प्रबल प्रभाव
  2. राजनीतिमा अचानक उभार - राहुको कृपा
  3. Drug Scandal, फेक न्युज, साइबर अपराध - राहुको नकारात्मक प्रभाव
  4. विज्ञान र अनुसन्धानमा क्रान्तिकारी खोज - राहुको सकारात्मक पक्ष

राहुको प्रमुख संकेत (Symptoms of Rahu’s Influence)

  1. राहु एक छाया ग्रह हो, जसलाई रहस्यमय, अप्रत्याशित तथा छलपूर्ण प्रभावका लागि चिनिन्छ। जब कुनै व्यक्तिको जन्मकुण्डलीमा राहु प्रभावशाली अवस्थामा हुन्छ, वा राहुको महादशा अथवा अन्तर्दशा चलिरहेको हुन्छ, तब त्यस व्यक्तिको जीवनमा मानसिक, भौतिक तथा सामाजिक तहमा विभिन्न प्रकारका लक्षणहरू प्रकट हुन थाल्छन्।
  2. मानसिक स्तरमा हेर्दा, राहुको प्रभावले व्यक्तिको मन बारम्बार परिवर्तनशील हुन्छ। ऊ असमञ्जस र भ्रमको अवस्थाबाट गुज्रन्छ, अत्यधिक सपना देख्छ, र कुनै ठोस कारणबिनै डर वा चिन्ताको अनुभूति गर्छ। यस्ता व्यक्तिहरू तर्क-वितर्कमा अत्यधिक संलग्न हुन्छन् र कहिलेकाहीँ उनीहरूको मानसिक सन्तुलन डगमगाउन थाल्छन्।
  3. भौतिक स्तरमा, राहुले अचानक धनलाभ वा हानिको योग बनाउँछ, जसका कारण आर्थिक अवस्था अस्थिर हुन्छ। साथै, व्यक्ति नशालु पदार्थ वा अन्य खराब बानीतर्फ आकर्षित हुन सक्छ।
  4. राहुको प्रभावले गुप्त शत्रुहरू जन्मिन सक्छन् र व्यक्ति अदालत-कचहरी तथा कानुनी विवादमा फस्छ।

राहुको समय अवधि
अष्टादश समा राहौ - राहु ग्रह बिंशोत्तरी दशामा १८ वर्ष चल्दछ।
…………….. - त्रिभागी दशामा १२ वर्ष ० महिना चल्दछ।

जन्मकुण्डलीमा राहु शुभ अवस्थामा छ भने

  1. प्रसिद्धि र वैभव प्रदान गर्छ।
  2. विदेश यात्रा वा स्थायी बसोबासको योग बनाउँछ।
  3. राजनीति वा प्रशासनिक क्षेत्रमा सफलता दिलाउँछ।

राहुको अशुभ प्रभाव

  1. शनि, मंगल जस्ता अशुभ ग्रहबाट पीडित छ भने यसको प्रभाव झनै नकारात्मक हुन्छ। यस्तो अवस्थामा व्यक्ति मानसिक अस्थिरताको सिकार हुन्छ, झै-झगडा, जेल यात्रा, निर्णय क्षमतामा कमी आउँछ र जीवनमा निरन्तर भ्रमको स्थिति रहन्छ।
  2. अशुभ राहु प्रभावले व्यक्तिले धोका खाने वा अरूलाई धोका दिने गराउँछ।
  3. समाजमा अपमान र बदनामी भोग्नुपर्छ।
  4. अदालत-कचहरीका मुद्दामा फस्नु, कानुनी झन्झट बढ्नु र बारम्बार न्यायिक समस्याहरू आउनु पनि राहुको अशुभताको संकेत हो।
  5. व्यक्ति रक्सी, चुरोट, धुम्रपान र लागू औषध लतहरूमा फस्छ।
  6. अप्रत्याशित रूपमा ऋणको बोझ पढ्छ र जीवनलाई अत्यन्त तनावपूर्ण र जटिल बनाउँछ।

दान योग्य वस्तुहरु
गोमेद, सुन, शिशा (ऐना), मास, गहत, तोरीको तेल, कालो चप्पल, जौ, नुन, फलामको हतियार, कालो छाता, कालो तिल, निलो कपडा (ब्राह्मणले प्रयोग गर्न मिल्ने), दक्षिणा आदि।

+977-9844768353 +977-9823646855