ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

राशिहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशिको नाम प्रदान गरिएको हुन्छ। यी राशिका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनि – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशि र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशिसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशिको स्वामी भन्ने गरिन्छ – जस्तैः मेष-मङ्गल, वृष-शुक्र, मिथुन-बुध, कर्कट-चन्द्र, सिंह-सूर्य, कन्या-बुध, तुला-शुक्र, वृश्चिक-मङ्गल, धनु-वृहस्पति, मकर-शनि, कुम्भ-शनि, मीन-वृहस्पति।

राशि स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशिमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशिहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।

मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनि पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनिको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ।

कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। षष्ठम घरबाट स्वास्थ्य, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। दृष्टि र विशेष दृष्टि, ग्रहयाेगकाे महत्त्व हुन्छ। शनि ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्त्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – सूर्य ६ वर्ष, चन्द्रमा १० वर्ष, मङ्गल ७ वर्ष, बुध १८ वर्ष, बृहस्पति १६ वर्ष, शुक्र २० वर्ष, शनि १९ वर्ष, राहु १८ वर्ष, केतु ७ वर्ष। दशाहरू पनि विभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, त्रिभागी दशा, गोचर, योगिनी दशा आदि। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू (ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरी सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कल नलगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो।)

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदि फलादेशमा महत्त्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई विशेष महत्त्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशिभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशिका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराइन्छ। यसप्रकार जातकको राशि पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाई ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो १२ राशि र २७ नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएको छ। तर समयसँँगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाँडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। ९ ग्रह र २७ नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ, ज्योतिष भास्कर, डाक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौँ। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढङ्गले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईँ एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।

इतिहास
वेदका ६ अङ्ग मानिएका छन्। तिनका नाम शिक्षा, कल्प, निरूक्त, व्याकरण, छन्द र ज्योतिष हुन्।
यद्वत शिखा मयुराणां नागानां मणयो यथा। तद्वद वेदांग शास्त्राणां ज्यौतिषं मूधर्नि तिष्ठति॥
वेदका ६ अंगमा ज्योतिष शास्त्र नेत्र भएका कारण सर्व श्रेष्ठ रहेको कुरा उपरोक्त श्लोकलेपुष्टि गरेको छ।
वेद अपौरूषेय छ तसर्थ वेदांग भएका कारण ज्योतिष पनि अपौरूषेय भयो अर्थात श्रृष्टिको प्रारंभबाट नै प्रचलित रहि आएको सत्य विज्ञानको रूपमा रह्यो। कालक्रम अनुसार ज्योतिष शास्त्रका अठारह प्रणेताहरू भएका छन्।

आधार
ज्योतिष विद्या जसलाई ज्योतिष शास्त्र पनि भनिएको छ। यो विद्या निम्न विषय वस्तुहरूमा आधिरत हुन्छ। ज्योतिष शास्त्रको पौराणिक ग्रन्थ भृगु संहिता, वृहद ज्योतिष सार, मुहुर्त चिन्तामणी, सिघ्रवोध आदि ग्रन्थका अनुसार निम्न विषय वस्तुहरूमा आधारित छ।

राशि
पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ। यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदिमा समय फरक पर्दै जान्छ। करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ। यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक "राशि"को नाम दिएका छन्। राशिहरू १२ वटा हुन्छन्। सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ दिन भोग गर्छ। यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमशः "सूर्य राशि" र "चन्द्र राशि" दुई भागमा विभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुसार चन्द्र राशिलाई नै मान्यता दिईएको छ।

ग्रह
सौर्य मण्डलमा धेरै तारा, नक्षत्रहरूको समुह छ। ति मध्य केही प्रमुख तथा ठुला आकार भएका र सूर्यको वरिपरी एक निश्चित घेरा बनाएर परिक्रमा गर्ने पिण्डहरूको समूहलाई खगोलशास्त्रीहरूले ग्रहको नाम दिएका छन्। प्राचिन कालका विद्वानहरूले ७ वटा ग्रहहरू मात्र भएको प्रमाणिकरण गरेका थिए। उनिहरूको मतानुसार चन्द्रमा पनि एक ग्रह हो। तर पृथ्वीलाई ग्रहमा राखिएको छैन। पछि आएर ज्योतिषहरूले ९ वटा ग्रहहरू भएको प्रमाणीत गरे। त्यस्तै खगोलविधहरूले पनि ९ वटा ग्रहहरू भएको प्रमाण गरे। तर हिन्दू ज्योतिषविध र पश्चात्य विद्वानहरूको मतानुशार ग्रहहरूको बारेमा फरक मत देखिएको पाइन्छ। खगोलविधहरूका अनुसार ग्रहको संख्या बढ्ने सम्भावना देखिएको छ। अन्तरिक्षा सम्बन्धको खोज कार्यमा संलग्न "नासा" का खगोलवीधहरू अन्तरिक्षामा अरु ग्रहहरूको सम्भावना बताउदै ग्रह खोज कार्यमा जुटेका छन्।

तिथी
चन्द्रमालेपृथ्वीको परिक्रमा गर्छ। चन्द्रमालाई पृथ्वीको परिक्रमा पुरा गर्न करिब एक महिनाको समय लाग्छ। यसै क्रममा कहिल्यै सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिल्यै विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा देखिन्छ भने कहिले देखिदै देखिदैन, कहिल्यै आधा, कहिल्यै सानो अथवा ठूलो आकारको देखिन्छ। यसरी चन्द्रमाले कहिले दृष्य कहिल्य अदूष्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ। चन्द्रमाको कलाको आधारमा चद्रमा पुरा देखिएको दिनलाई पूर्णीमा र अदृष्य भएको दिनलाई आमावश्या (औँशी) भनिन्छ। यसै गरी औँशी देखि पूर्णि सम्म पुग्न चन्द्रमाले १६ दिन लगाउँछ।

कुण्डली फलादेश भनेको के हो?
कुण्डली फलादेश भनेको जन्मकुण्डली (Birth Chart) लाई विश्लेषण गरी व्यक्ति विशेषको जीवनका विभिन्न पक्षहरूको बारेमा भविष्यवाणी वा व्याख्या गर्ने प्रक्रिया हो। कुण्डली भनेको जन्म समय, स्थान र मितिमा आधारित एक चार्ट हो जसमा ग्रहहरू, राशिहरू, नक्षत्रहरू र भावहरूको स्थिति देखाइन्छ। फलादेशमा ज्योतिषीले यी तत्वहरूको आधारमा व्यक्ति विशेषको भाग्य, समस्या, अवसरहरू आदिको बारेमा बताउँछन्। यो वैदिक ज्योतिषको मुख्य भाग हो।

कुण्डली फलादेश किन गर्ने?
कुण्डली फलादेश गर्ने मुख्य कारणहरू निम्न छन्ः

  1. जीवनका निर्णयहरूमा सहयोगः विवाह, करियर, व्यापार, स्वास्थ्य आदिका लागि उपयुक्त समय र दिशा निर्धारण गर्न।
  2. समस्या समाधानः जीवनमा आउने बाधा, रोग, आर्थिक समस्या आदिको कारण पत्ता लगाई उपाय सुझाव दिन (जस्तैः रत्न धारण, मन्त्र जप, ग्रहशान्ति, मूलादि नक्षत्र शान्ति)।
  3. व्यक्तिगत विकासः आफ्नो व्यक्तित्व, शक्ति र कमजोरीहरू बुझ्न र त्यसलाई सुधार्न।
  4. सांस्कृतिक र धार्मिक महत्त्वः हिन्दू परम्परामा विवाह कुण्डली मिलान (Kundali Matching) जस्ता कार्यहरूमा अनिवार्य मानिन्छ।
  5. व्यक्तिगतकृतः प्रत्येक व्यक्ति विशेषको जन्म विवरणमा आधारित हुन्छ, जसले सामान्य भविष्यवाणीभन्दा फरक र विस्तृत जानकारी दिन्छ।
  6. समय-आधारितः दशा, अन्तर्दशा र गोचर (ग्रहहरूको वर्तमान स्थिति) लाई समावेश गरी अतीत, वर्तमान र भविष्यको विश्लेषण गर्छ।

कुण्डलीमा ९ ग्रहको प्रभाव

  1. सूर्यआत्मविश्वास, नेतृत्व, स्वास्थ्य, पिता, सरकारी काम, बलियो भएमा सफलता, कमजोर भएमा अहंकार वा रोग।
  2. चन्द्रः मन, भावना, माता, पानी सम्बन्धी, बलियो भएमा शान्ति, कमजोर भएमा चिन्ता वा मानसिक समस्या।
  3. मंगलः ऊर्जा, साहस, भाइबहिनी, युद्ध, बलियो भएमा विजय, कमजोर भएमा दुर्घटना वा क्रोध।
  4. बुधः बुद्धि, व्यापार, सञ्चार, शिक्षा, बलियो भएमा बौद्धिकता, कमजोर भएमा छलकपट।
  5. बृहस्पतिः ज्ञान, धर्म, सन्तान, धन, बलियो भएमा भाग्य, कमजोर भएमा आर्थिक हानि।
  6. शुक्रः सुख, प्रेम, कला, वैवाहिक जीवन, बलियो भएमा विलासिता, कमजोर भएमा सम्बन्ध समस्या।
  7. शनिः कर्म, न्याय, दीर्घायु, श्रम, बलियो भएमा सफलता, कमजोर भएमा दुःख वा विलम्ब।
  8. राहुः भ्रम, विदेश, आकस्मिक घटना, बलियो भएमा सफलता, कमजोर भएमा छल।
  9. केतुः मोक्ष, अध्यात्म, रहस्य; बलियो भएमा आध्यात्मिकता, कमजोर भएमा भय वा हानि।
    Note: यी प्रभावहरू कुण्डलीमा ग्रहहरूको स्थिति (उच्च, नीच, मित्र/शत्रु राशि) मा निर्भर गर्छन्।

१२ राशिको बारेमा
वैदिक ज्योतिषमा Sidereal Zodiac प्रयोग हुन्छ (नक्षत्र आधारित)। १२ राशिहरू आकाशको ३६०° लाई ३०°-३०° मा विभाजन गर्छन्। प्रत्येक राशिको तत्व (अग्नि, पृथ्वी, वायु, जल), गुण (चर, स्थिर, द्विस्वभाव) र स्वामी ग्रह हुन्छ। मुख्य विशेषता र प्रभावः

राशि स्वामी ग्रह तत्व गुण मुख्य विशेषता र प्रभाव
मेष मंगल अग्नि चर साहसी, नेतृत्वकारी, ऊर्जावान, छिटो निर्णय, क्रोधी
वृष शुक्र पृथ्वी स्थिर स्थिर, भौतिक सुखप्रेमी, धैर्यवान, धन संचय
मिथुन बुध वायु द्विस्वभाव बौद्धिक, बहुमुखी, सञ्चारकुशल, चञ्चल, जिज्ञासु
कर्कट चन्द्र जल चर भावुक, परिवारप्रेमी, संवेदनशील, मातृसुख, परिवर्तनशील
सिंह सूर्य अग्नि स्थिर महत्त्वाकांक्षी, राजसी, आत्मविश्वासी, नेतृत्व, अहंकारी
कन्या बुध पृथ्वी द्विस्वभाव विश्लेषणात्मक, पूर्णतावादी, सेवा भाव, आलोचनात्मक
तुला शुक्र वायु चर सन्तुलित, कलाप्रेमी, सामाजिक, न्यायप्रिय, अनिर्णयशील
वृश्चिक मंगल जल स्थिर रहस्यमय, दृढ, भावुक, परिवर्तनकारी, ईर्ष्यालु
धनु बृहस्पति अग्नि चर साहसिक, दार्शनिक, यात्राप्रेमी, आशावादी, स्वतन्त्र
मकर शनि पृथ्वी स्थिर महत्त्वाकांक्षी, मेहनती, जिम्मेवार, भावनाहीन
कुम्भ शनि वायु स्थिर नवीन, मानवतावादी, स्वतन्त्र, विद्रोही
मीन बृहस्पति जल द्विस्वभाव कल्पनाशील, करुणामयी, आध्यात्मिक, संवेदनशील, भ्रमित

२७ नक्षत्रको बारेमा
नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो, जसलाई वैदिक ज्योतिषमा चन्द्रमाको मार्ग (लूनर म्यान्सन) को रूपमा २७ वटा भागमा विभाजन गरिएको छ। प्रत्येक नक्षत्र करिब १३ डिग्री २० मिनेटको हुन्छ र चन्द्रमाले एक महिनामा (लगभग २७–२८ दिन) यी सबै २७ नक्षत्र पार गर्छ। यिनको नाम अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि छन्, प्रत्येकको आफ्नै देवता, स्वामी ग्रह र विशेष गुण हुन्छन् जसले व्यक्तिको जन्म नक्षत्रबाट स्वभाव, कर्म, भाग्य र जीवनका विभिन्न पक्षलाई प्रभाव पार्छ। जसले व्यक्तिको जन्मसमयको मानसिक अवस्था, स्वभाव, भावनात्मक प्रतिक्रिया, प्रतिभा र जीवनका सूक्ष्म प्रवृत्तिहरूलाई प्रभाव पार्छन्। यसैले ज्योतिषमा राशिभन्दा पनि नक्षत्रलाई व्यक्तित्व र मुहूर्तको लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

क्र.सं. नक्षत्र देवता स्वामी ग्रह मुख्य गुण मुख्य प्रभाव वा विशेषता
अश्विनी अश्विनीकुमार  केतु तेज गतिशील, चिकित्सा, नयाँ सुरुवात, तेज, ऊर्जावान, यात्रा प्रेमी, स्वास्थ्य सुधारक
भरणी यम शुक्र क्रूर परिवर्तन, सृजन/विनाश, दृढ इच्छाशक्ति, गर्भधारण, क्रोध, न्याय, रहस्यमय
कृतिका अग्नि सूर्य तीक्ष्ण शुद्धिकरण, नेतृत्व, क्रोध नियन्त्रण आवश्यक, कला, युद्ध, तेजस्वी तर कठोर
रोहिणी ब्रह्मा/प्रजापति चन्द्र स्थिर सौन्दर्य, वृद्धि, प्रेम, धन, सृष्टि, आकर्षण, कृषि/पशुपालन, स्थिरता
मृगशिरा सोम मंगल मृदु/कोमल खोज, जिज्ञासा, बौद्धिकता, यात्रा, सौन्दर्य, अनिश्चितता, कल्पनाशील
आर्द्रा रुद्र राहु तीक्ष्ण/क्रूर तूफान, परिवर्तन, भावुक, विनाश/पुनर्निर्माण, बुद्धि, विज्ञान, क्रोध
पुनर्वसु अदिति बृहस्पति चर/गतिशील पुनरावृत्ति, बहाली, धन, यात्रा, ज्ञान, सकारात्मक परिवर्तन, मातृत्व
पुष्य बृहस्पति शनि तेज पोषण, सफलता, धार्मिक, ज्ञान, स्थिरता, शिक्षा, आध्यात्मिक उन्नति
अश्लेषा सर्प बुध तीक्ष्ण  छल, रहस्य, बुद्धि, जादू, विष, नियन्त्रण, गुप्त ज्ञान, ईर्ष्या
१० मघा पितृ केतु क्रूर अधिकार, पूर्वज, राजसी, सम्मान, कर्म, विरासत, नेतृत्व, गर्व
११ पूर्वाफाल्गुनी भग शुक्र मानव प्रेम, विवाह, सुख, कला, आराम, सामाजिकता, विलासिता, सन्तान
१२ उत्तराफाल्गुनी अर्यमा सूर्य स्थिर मित्रता, विवाह, अनुबंध, सहयोग, स्थिरता, न्याय, सम्मान
१३ हस्त सविता चन्द्र तेज कौशल, हातको काम, चतुराई, व्यापार, लेखन, चिकित्सा, रचनात्मकता
१४ चित्रा त्वष्टा मंगल मृदु सौन्दर्य, कला, वास्तुकला, जादू, आकर्षण, डिजाइन, युद्ध कौशल
१५ स्वाती वायु राहु चर स्वतन्त्रता, व्यापार, यात्रा, सञ्चार, लचिलो, बौद्धिक, अस्थिरता
१६ विशाखा इन्द्र-अग्नि बृहस्पति क्रूर महत्त्वाकांक्षा, लक्ष्य प्राप्ति, संघर्ष, ऊर्जा, धन, विवाहमा विलम्ब
१७ अनुराधा मित्र शनि मृदु मित्रता, भक्ति, सफलता, यात्रा, सहयोग, धार्मिक, भावुक
१८ ज्येष्ठा इन्द्र बुध तीक्ष्ण वरिष्ठता, रक्षा, नेतृत्व, ईर्ष्या, शक्ति, संघर्ष, स्वास्थ्य समस्या
१९ मूल निऋति केतु तीक्ष्ण जड/मूल, विनाश/पुनर्निर्माण, आध्यात्मिक, अनुसन्धान, स्वास्थ्य हानि, मोक्ष
२० पूर्वाषाढा आपः शुक्र क्रूर विजय, शुद्धि, यात्रा, पानी, साहस, महत्त्वाकांक्षा, कलात्मक
२१ उत्तराषाढा विश्वेदेवा सूर्य स्थिर स्थिर सफलता, धर्म, न्याय, नेतृत्व, विवाह, उच्च पद, स्थिरता
२२ श्रवण विष्णु चन्द्र चर सुन्ने, ज्ञान, शिक्षा, यात्रा, धार्मिक, बुद्धि, प्रसिद्धि
२३ धनिष्ठा वासुहरू  मंगल चर धन, संगीत, धन संचय, ऊर्जा, युद्ध, प्रसिद्धि, बहुमुखी
२४ शतभिषा वरुण राहु चर रहस्य, चिकित्सा, विज्ञान, जादू, अलगाव, आध्यात्मिक, स्वास्थ्य समस्या
२५ पूर्वाभाद्रपदा अज एकपाद बृहस्पति क्रूर आध्यात्मिक, क्रोध, परिवर्तन, दान, मोक्ष, रहस्य, बलिदान
२६ उत्तराभाद्रपदा अहिर्बुध्न्य शनि स्थिर स्थिरता, ज्ञान, आध्यात्मिक, धैर्य, दीर्घायु, गुप्त शक्ति
२७ रेवती पुषण बुध मृदु यात्रा, करुणा, समाप्ति/नयाँ सुरुवात, सौन्दर्य, संगीत, मोक्ष
+977-9844768353 +977-9823646855