मीन राशि राशिचक्रको १२औँ (अन्तिम) राशि हो। पूर्वभाद्रपदा नक्षत्र: (दी), उत्तरभाद्रपदा नक्षत्र: (दू, थ, भ, ञ), रेवती नक्षत्र: (दे, दो, चा, ची) अक्षरको मिलनबाट बनेको हुन्छ। शान्त, कोमल, भावुक र सपनामा रमाउने। अरूको दु:ख बुझ्छन् र सहयोग गर्छन् तर आफूलाई चोट लाग्दा चुपचाप सहन्छन्। आध्यात्मिक जीवन मन पराउँछन्।
- तत्त्व (Element): जल तत्त्व (Water Element) - भावना, अन्तर्ज्ञान र गहिराइसँग जोडिएको
- स्वामी (Ruling Planet): बृहस्पति (Jupiter) – ज्ञान, भाग्य, आस्था र विस्तारको कारक
- प्रकृति (Nature): सौम्य, कफ, द्विस्वभाव (Dual Face), प्रतीक-दुईवटा माछा, वश्य-जलचर, लिङ्ग-स्त्री, गुण-सात्त्विक, वर्ण-ब्राह्मण, बली समय-दिन र रात्रि, उदय स्थिति-उभयोदय, शरीरमा स्थान-खुट्टा र पैताला
- Lucky Number: 3, 12, 21, 30…… (All bring to 3 Number)
- Lucky Color: Yellow, Orange
- Lucky Day: Thursday
- Lucky Direction: North
- Unlucky: South, कुम्भ राशि (Aquarius), Friday
- यन्त्र: बृहस्पति, सरस्वती यन्त्र
- रुद्राक्ष: 5 मुखी रुद्राक्ष
- Habit (स्वभाव): आशावादी, उदार, दयालु, परोपकारी, धार्मिक/आध्यात्मिक, न्यायप्रिय, मिलनसार, हँसमुख, इमानदार, लेखक, दार्शनिक, साहित्यकार परोपकारको धार्मिक र दानी उपदेशक
- Positive Point: अत्यन्त संवेदनशील, करुणामय, सहानुभूतिशील, कल्पनाशील, रचनात्मक, कलात्मक (कला, संगीत, लेखन, नृत्यमा रुचि), आध्यात्मिक, दार्शनिक, अन्तर्ज्ञानी, भावुक, उदार, दयालु, सेवा भावना भएको, अरूलाई सहयोग गर्ने हुन्छ।
- Negative Point: Overthinking, निर्णय लिनमा ढिलासुस्ती वा दुविधा, अति भावुक भएर वास्तविकताबाट भाग्ने प्रवृत्ति, आलसी, अरूको प्रभावमा सजिलै पर्ने, आफ्नो सीमा नराख्ने, मानसिक अस्थिरता हुन्छ।
- Lucky Gemstone: पुखराज (Yellow Sapphire)
- Weight: 5 देखि 9 Carat को पुखराज रत्नलाई पञ्चधातु वा सुनमा धारण गर्नुपर्छ।
- Finger: दाहिने हात (Right Hand) को चोरी औँला (Index Finger) मा धारण गर्नुपर्छ।
- पुखराज रत्न धारणको फाइदा: स्मरण शक्ति बढाउन र मानिसलाई ज्ञानी बनाउन, महिलाहरूका लागि विवाहमा ढिलाइ हटाउन र वैवाहिक जीवनमा मिलाप, सन्तान प्राप्ति, कलेजो (Liver) र पाचन प्रणालीसँग सम्बन्धित समस्या हटाउन, मानसिक तनाव कम गर्न
- Note: विधिवत् प्राण प्रतिष्ठा गरेर विहीबारको दिन धारण गर्नुपर्दछ।
मीन राशि हुनेलाई तुला राशि शत्रु हुन्छ। स्वभाव दयालु, नियमकानूनको ख्याल राख्ने, सत्यवादी, शान्त स्वभाव भएको हुन्छन्। कला-साहित्य संगीत, नाटक प्रदर्शन गर्ने। फलफूलको सेवन गर्ने। धनी, मान्य, नम्र स्वभाव, भोगी, प्रसन्नत्ति, मातृपितृ देवार्चन भक्तिमा लीन, उदार दिल, पैसा बचत गर्ने, गुणी, चतुर, शस्त्रविद्यामा कुशल, शत्रुविजयी, इमान्दार, अत्यन्त निष्कपट, विद्वान्, उत्तम वाचाशक्ति भएको, लेखक र संगीतप्रिय हुने हुन्छ। जलबाट उत्पन्न भएका वस्तुबाट लाभ हुन्छ। सुन्दर चेहरा भएको, बुद्धिमान्, धनवान्, बहु सन्ततिवान् तथा धार्मिक प्रवृत्तिको हुने हुन्छ। विचार शक्ति प्रबल भएको, पछाडिको कुरा सोचेर कार्य गर्ने, केही लोभी स्वभाव, सहानुभूति राख्न सक्ने, अत्यन्त कल्पनाशक्ति भएको, पुरुषार्थी तथा आफ्नो जीवनमा मानप्रतिष्ठाले युक्त भएको हुन्छ। राशि स्वामीको हिसाबले पूर्व-उत्तर दिशा फाप्ने गर्दछ। ब्राह्मण, जाँडरक्सी नखाने मानिसको संगत गर्नु राम्रो मानिन्छ। उमेरको १६ वर्षमा भाग्योदय हुने अर्थात् १६ वर्षदेखि उन्नति प्रगतिहरु गर्नेछ। आफूलाई पढाउने गुरुलाई आदर सम्मान गर्ने। तिथिहरुमा पञ्चमी, दशमी र पूर्णिमा तिथि अशुभदायक छन्। मेष, कर्कट, सिंह र धनु रात्रिसँग मित्रता हुने, वृष, मिथुन, कन्या र तुला राशिसँग शत्रुता हुनेहुन्छ।
यसको क्षेत्र देशान्तर ३३० देखि ३६० डिग्री सम्म फैलिएको हुन्छ। मीन राशि हुनेलाई तुला राशि शत्रु हुन्छ। मीन राशिलाई कालपुरुषको चरण (खुट्टा) मानिन्छ। भाग्येश तथा लग्नेश: गुरु, लाभेश: शनि, धनेश: मंगल, सुखेश: बुध, पराक्रमेश: चन्द्रमा हो। स्वभावमा द्विस्वभाव हुन्छ अर्थात् द्वैध चरित्र भएको हुन्छ। मीन राशिको वर्ण ब्राह्मण हो। चिन्ह जोडिएका दुई माछा यो राशि कृपा र करुणाको प्रतीक मानिन्छ। यो सम, स्त्री संज्ञक तथा द्विस्वभाव राशि हो। यो जल तत्व राशि हो र यसको स्वभाव सौम्य मानिएको छ। यो कफ प्रधान राशि हो। जलीय स्थानहरूमा रमण गर्ने राशि हो। जाति ब्राह्मण हो। यो रात्रि बलि राशि हो। यस राशिमा शुक्र उच्च फलको तथा बुध निच हुन्छ।
यी जातकहरू अत्यन्त दयालु, भावनात्मक अरूको सेवा गर्न सधैँ तयार कल्पनाशील, कलात्मक, छिट्टै अरूको दु:ख-सुखसँग जोडिन्छन्। अत्यधिक भावुकताले निर्णय क्षमतामा कमजोरी ल्याउँछ। अरूले फाइदा उठाउन सक्छन्। इच्छाशक्ति राम्रो भए पनि दुविधा, ढिलासुस्ती र निर्णयहीनता देखिन्छ। आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गर्न नसक्दा मानसिक तनाव बढ्न सक्छ। मीन राशि जातक प्रेमि प्रति समर्पित हुन्छन्। जीवनसाथी अत्यन्त निष्ठावान् विवाहपछि जीवनसाथीको सहयोगले प्रगति हुन्छ। आर्थिक स्थितिमा उतार-चढाव भइरहन्छ। पैसाभन्दा भावनालाई बढी महत्व दिने भएकाले आर्थिक व्यवस्थापन कमजोर हुन्छ। यो राशि पुण्य कर्म, तीर्थ स्थल, जल विहार भूमि, नदी तथा समुद्र नजिकका क्षेत्रहरू र मोक्षको प्रतिनिधित्व गर्दछ। आफ्नो सम्मानको धेरै ख्याल राख्ने, अत्यन्त उदार, मिलनसार, मित्रताको चाह राख्ने तथा कुराकानी गर्न निपुण हुन्छन्। कसैसँग बदला लिने स्वभाव हुँदैन। मन खोलेर दान दिन्छन् र धनद्वारा अरूलाई सहायता गर्छन्। यसरी धेरैपटक आफ्नै नोक्सान पनि हुन्छ। आफ्ना दाजुभाइ, दिदीबहिनी तथा आफन्तहरूबाट टाढा भएमा यी भटकावमा पर्छन् र सधैँ उनीहरूकै लागि तड्पिरहन्छन्। पढाइको क्षेत्रमा यी ठूला डिग्रीहरू प्राप्त गर्छन्। कला र विज्ञानतर्फ विशेष रुचि हुन्छ। साहित्यप्रति पूरा लगाव हुन्छ। यिनको झुकाव दर्शन तर्फ हुन्छ। साहित्य तथा कलामा निपुण पत्नीलाई मात्र मन पराउँछन्।
- भ - वर्ग: मुसा, शत्रु वर्ग: बिरालो
- ञ, चा, ची - वर्ग: सिंह, शत्रु वर्ग: मृग
- थ, दी, दू, दे, दो - वर्ग: सर्प, शत्रु वर्ग: गरुड
पढाई
संस्कृत, शिक्षा, कम्प्युटर, मेजर नेपाली, कानून, दर्शनशास्त्र, कला, संगीत, साहित्य, समाजशास्त्र, मनोविज्ञान, चिकित्सा (विशेष गरी मानसिक स्वास्थ्य), रचनात्मक, आध्यात्मिक तथा धार्मिक क्षेत्र
कार्यक्षेत्र
Tourism, Hospital, Doctor, Counseling, Film, Photography, Designing, Medicine, Ayurveda, Stationery, Teaching, Bank, Money Exchange, Courier, Law, Income Tax, Criminal Judge NGO, कलाकार, संगीतकार, लेखक, चित्रकार, नृत्यकला, समाजसेवा, समुद्री क्षेत्र, रचनात्मक व्यापार, राजनीति, धर्मगुरु, धार्मिक संस्थाको अध्यक्ष
रोग
पैतालाको रोग, पित्तको रोग, पेटको खरावी, कलेजोको खरावी, जण्डिस, पायल्स आदि रोगहरु लाग्न सक्छ। मीन राशिका व्यक्तिलाई लाग्ने रोगमा दम, धम्की, श्वासप्रश्वाससम्बन्धी सबै रोगहरु लाग्न सक्छन्।
वैदिक मन्त्र
ॐ बृहस्पतेऽअति यदर्योऽअर्हाद्युमद्वि भातिक्क्रतु मज्जनेषु।
यद्दीदयच्छवसऽऋत प्रजाततदस्मासु द्रविणं धेहि चित्रम्॥
बिज मन्त्र
ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम:
तान्त्रिक मन्त्र
ॐ बृं बृहस्पतये नम:
गायत्री मन्त्र
आङ्गिरसाय विद्महे दिव्यदेहाय धीमहि। तन्नो जीव: प्रचोदयात्॥
शान्तिको सरल र प्रभावकारी उपायहरू
- गुरुवारको दिन पुखराज धारण गर्नुहोस् (पहिले ज्योतिषसँग जाँच गर्नुहोस्)।
- हरेक गुरुवारमा केरा, चना वा पहेँलो वस्तु दान गर्नुहोस्।
- गाईलाई रोटी/घाँस खुवाउनुहोस् वा ब्राह्मणलाई दान दिनुहोस्।
- ध्यान, योग वा प्रार्थना नियमित गर्नुहोस् - यसले भावनात्मक सन्तुलन ल्याउँछ।
माणिक
मोती
मुँगा
पन्ना
पुष्पराज
हिरा
ओपल
नीलम
गोमेद
लहसुनीया
सूर्य ग्रह
चन्द्र ग्रह
मंगल ग्रह
बुध ग्रह
बृहस्पति ग्रह
शुक्र ग्रह
शनि ग्रह
राहु ग्रह
केतु ग्रह
मेष राशि
वृष राशि
मिथुन राशि
कर्कट राशि
सिंह राशि
कन्या राशि
तुला राशि
वृश्चिक राशि
धनु राशि
मकर राशि
कुम्भ राशि
मीन राशि
अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
हस्ता नक्षत्र
चित्रा नक्षत्र
स्वाति नक्षत्र
विशाखा नक्षत्र
अनुराधा नक्षत्र
ज्येष्ठा नक्षत्र
मुल नक्षत्र
पूर्वाषाढा नक्षत्र
सूर्य मन्त्र
चन्द्रमा मन्त्र
मंगल मन्त्र
बुध मन्त्र
बृहस्पति मन्त्र
शुक्र मन्त्र
शनि मन्त्र
राहु मन्त्र
केतु मन्त्र
मंगला मन्त्र
पिंगला मन्त्र
धान्या मन्त्र
भ्रामरी मन्त्र
भद्रिका मन्त्र
उल्का मन्त्र
सिद्धा मन्त्र
संकटा मन्त्र
गणेश मन्त्र
गणेशलाई प्रार्थना गर्ने मन्त्र
दियोलाई पूजा गर्ने मन्त्र
प्रदक्षिणा गर्ने मन्त्र
गणेश स्तुति श्लोक
ब्राह्मण गायत्री मन्त्र
ब्राह्मणी गायत्री मन्त्र
महालक्ष्मी मन्त्र
महा मृत्युंजय मन्त्र
शत्रु नाश गर्ने मन्त्र
बगलामुखी मन्त्र
पेट रोग निवारण मन्त्र
मुद्दामा विजय प्राप्त गर्ने मन्त्र
शरीरको रक्षा गर्ने मन्त्र
परिवारको रक्षा गर्ने मन्त्र
दुःख नाश गर्न देवी प्रार्थना
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
शत्रुको बुद्धिनाश गर्ने मन्त्र
समस्याबाट मुक्ति पाउने मन्त्र
पञ्चदेव स्तुति
नवग्रह प्रार्थना
स्तुति प्रार्थना
बेलपत्र चढाउने मन्त्र
तुलसीपत्र चढाउने मन्त्र
सुशील श्रीमती प्राप्त मन्त्र
शत्रु मोहित गर्ने मन्त्र
श्री प्राप्ति मन्त्र
रक्षाबन्धन
गाई प्रार्थना मन्त्र
ब्राह्मणलाई टिका लगाइदिने मन्त्र
टिका लगाइदिँदा भन्ने मन्त्र
चरेखु लगाउँदा भन्ने मन्त्र
मन्दिर परिक्रमा गर्दा भन्ने मन्त्र
क्षमा प्रार्थना
यज्ञ समापन मन्त्र
जनै लगाउँदा भन्ने मन्त्र
शरीरबाट जनै निकाल्दा भन्ने मन्त्र
कुशको औँठी लगाउँदा भन्ने मन्त्र
कलश पूजा गर्ने मन्त्र
कलश प्रार्थना
गणेश मन्त्र
पितृ स्मरण मन्त्र
षोडश मातृका